मनाङ र आयोजक सहारा क्लव बुधबार सेमिफाइनलमा भिड्ने, उज्वेकिस्तानको आबा फुटवल क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा, प्रशिक्षको भनाई (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन ५ गते २०८२ मा प्रकाशित



दीननाथ बराल,
पोखरा, ५ फागुन,

पाहुना टोली उज्वेकिस्तानको आबा फुटवल क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा यात्रा तय गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (मंगलबार) भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली आबा फुटवल क्लवले युवा खेलाडीले भरिएको प्लानिङ व्वाईज यूनाइटेडलाई १—० को झिनो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा यात्रा तय गरेको हो ।

आबा फुटवल क्लवको जितमा उमिदजोन करिलोभले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ५६ औं मिनेटबाट करिब ३५ यार्ड टाडाबाट प्रहार गरेको वलले जाली चुम्यो । आजको खेलमा म्यान अफ दी म्याच घोषित हुदै उमिदजोनले नगद १० हजार साथमा ट्रफी प्राप्त गर्नुभयो । उज्वेकिस्तानको आबा फुटवल क्लवले दोश्रो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लवसंग यही फागुन ७ गते प्रतिष्प्रर्धा गर्ने भएको आयोजक सहारा क्लवले पोखराक्लिकलाई जनाएको छ ।

पाएका केही अवसरलाई सदुपयोग गर्र्न नसके पछि प्लानिङ व्वाईज क्वाटरफाइनलबाटै यात्रा टुंगाउनु पर्यो । प्लानिङ व्वाईजका प्रशिक्षक पंकज शाहीले उज्वेकिस्तान जस्तो बलियो देश बिरुद्ध आफुहरुले उत्कृष्ट खेल प्रर्दशन गर्दा गर्दै पराजित हुन पुगेको बताउनु भयो । यता उज्वेकिस्तानको आबा फुटवल क्लवका प्रशिक्षक लिन्डे डेभिड हेन्डरसनले नेपालको चर्चीत क्लव बिरुद्ध आफुहरुले राम्रो प्रर्दशन गरेको बताउनु भयो । नेपालमा फुटवलको राम्रो विकास हुदै गएकोमा खुसि व्यक्त गर्दै उहाँले सेमिफाइनलमा थप उत्कृष्ट फुटवल प्रर्दशन गर्ने जनाउनु भयो । मंगलबारको खेलको शुभारम्भ हिमश्री फुड्स प्रालिका निर्देशन एवं माछापुच्छ«े बैंकका अध्यक्ष रोशन केसीले रेफ्रिलाई वल हस्तान्तरण गरी गर्नु भएको हो ।

यसैबिच, भोलि (बुधबार) सेमिफाइनल खेल हुने भएको छ । समुह एकबाट आयोजक सहारा क्लव बिरुद्ध पोखरेलीको प्रिय टिम मनाङ मस्र्याङदी क्लव बिच बुधबार दिउसो ३ः०० बजे पछि खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भएको हो । बुधबार हुने सेमिफाइनल खेलमा दर्शकको उल्लेखनिय सहभागिता हुने सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाले विश्वास व्यक्त गर्नुभयो ।