चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्समा क्वाटर फाइनलका खेल सम्पन्न

-


     पोखरा क्लिक     
     चैत्र २६ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा रंगशालामा जारी चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स फुटबल प्रतियोगितामा क्वाटर फाइनल अन्तर्गतका खेलहरु सम्पन्न भएका छन । क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्स बीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरी हुँदा टाइब्रेकरमा २–१ गोल अन्तरले बौद्ध भेट्रान्सले लेकसाइडलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

उक्त खेलमा बौद्ध भेट्रान्सका रुपक बस्नेत म्यान अफ दी म्याच घोषित भए । दोस्रो क्वाटर फाइनलमा जोरपाटी भेट्रान्सले फ्रीडम फाइटर भेट्रान्सलाई १–० गोलले पाखा लगाउदै सेमी फाइनलको यात्रा तय गर्यो । उक्त खेलमा जोरपाटीका लागि निर्णायक गोल गर्ने खेलाडी गौतम लामा म्यान अफ दी म्याच घोषित भए । तेस्रो खेलमा एबीसी र हेटौडा भेट्रान्स बीच भएको खेल निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा एबीसीले हेटौडालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्यो । उक्त खेलमा एबीसीका गोल रक्षक सूर्य प्रसाद शर्मा म्यान अफ दी म्याच घोषित भए । अन्तिम खेल बगर भाइखलक र बानेश्वर फ्रेन्डसिप भेट्रान्स बीच निर्धारित समय गोल रहित बनेपछि टाइब्रेकरमा बगर भाइखलकले बानेश्वर फ्रेन्डसिपलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलको यात्रा सुरक्षित गर्यो ।उक्त खेलमा बगर भाइखलकका कृष्ण राइभाट म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितामा पहिलो सेमी फाइनल एबीसी र बौद्ध भेट्रान्स र दोस्रो खेल जोरपाटी भेट्रान्स र बगर भाइखलक बीच हुने आयोजक एबीसी क्लबका सचिव विजय घिमिरेले जानकारी दिएका छन् । दुईवटै सेमिफाइनलको बिजेता बिच शुक्रबार दिनको १ बजे फाइनल खेल सम्पन्न हुने सचिव घिमिरेले जानकारी दिए । फाइनल खेल हेर्नका लागि पोखराका सम्पूर्ण खेलप्रेमीहरुमा निमन्त्रणा समेत दिएका छन । प्रतियोगिताको विजेताले नगद एक लाख पच्पन्न हजार पाँच सय पच्पन्न सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले सतहत्तर हजार सात सय सतहत्तर सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक मनकाजी गुरुङले जानकारी दिए ।