
दीननाथ बराल,
पोखरा १३, कार्तिक,
देशमा आर्थिक मन्दिरले समस्या भएको अबस्थामा ८० प्रतिशत बैंकिङ फाइनान्समै इभिको गाडी खरिद गर्न सकिने भएको छ ।
शुन्दर नगरी पोखरामा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारका आधिकारिक वितरक, सि.जी. मोटर्सकों पोखराका लागि आधिकारिक विक्रेता टि.टि. ग्लोबलले धनतेरसको अवसर पारेर धनतेरम इ.भि. कार्निभल आयोजना गरेको हो जहाँ विभिन्न सुविधा उपलब्ध गराएको छ ।

आज (मंगलबार) बिहानै देखि पोखराको न्युरोडमा रहेको सीटी स्क्वायर बैौइवेट एण्ड रेष्टुरेन्टमा उक्त कार्निभल सुरु भएको टि टि ग्लोबल प्रा लि का संचालक (निर्देशक) प्रमेश पराजुलीले पोखराक्लिकलाई बताउनु भयो । उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अन्य अतिथिको सहभागितामा उक्त कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
यसै सम्बन्धि भिडियो सामाग्रि ।
इच्छुक ग्राहकहरुले धनतेरस इ.भि. कार्निभलमा रिडारा, दायुन, नेटा एक्स, नेटा मि, र अबतार ११ को खरिदमा विशेष अफरहरुको लाभ उठाउन निर्देशक पराजुलीले बताउनु भयो । इक्छुक ग्राहकहरुले उक्त कार्निभल मार्फत गाडीको खरिदमा आकर्षक एक्सचेन्ज बोनस, आकर्षक नगद छुट, १ वर्षको निशुल्क बिमा, चालु आर्थिक वर्षको निशुल्क कर, ६.६ किलोवाटको फास्ट चार्जर र स्पेर टायर निशुल्क प्राप्त गर्न सक्नुहुने कम्पनीले जनाएको छ ।
एकै ठाउँ बाट ग्राहकहरुले सि जी मोटर्सका प्यासेन्जर गाडीहरुको टेष्ट ड्राईभ गरी गाडीको वारेमा बुझन र अनुभब गर्न पाउनु हुने भएको निर्देशक पराजुलीले बताउनुभयो । साथै ग्राहकहरुको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सम्पूर्ण सुबिधाहरु दिनका लागिएको उहाँले जनाउनु भयो । ८० प्रतिशतसम्म बैंकिङ फाइनान्सको व्यबस्था गरिएको कम्पनीले जनाएको छ । पहिलो चरणमा नेपाल एसबीआई बैंकले यसमा फाइनान्स गर्ने भएको हो ।
विभिन्न गाडीहरुको मुल्य भने ३१ लख देखि १ करोड ६० लाख मुल्य बराबरको रहेको निर्देशक पराजुलीले बताउनु भयो । ग्राहकहरुको चहाना अनुसारका सिटिकार, एसयूभि, पिकअफ लगायतका गाडीहरु उपलब्ध भएको कम्पनीले दाबी गरेको छ । साथै पहिलो पटक पोखरामा दायुन गाडीको विशेष समारोह बिच अनावरण समेत गरिएको थियो ।





