
पोखरा ,बैशाख २,
गण्डकी प्रदेशका नवनियुक्त कृषि ,भुमी ब्यबस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले पदभार ग्रहण गर्दै गण्डकी प्रदेशमा एघार जिल्लाका विभिन्न कृशकहरूलाइ पुरस्कृत गर्ने पहिलो निर्णय गरेका छन । बुधबार मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद पुनर्गठन गरे लगत्तै सपथ पस्चात मन्त्रालय पुगेर मन्त्री कार्कीले उक्त निर्णय गरेका हुन।
सो अबशरमा मन्त्री कार्कीले आफुले सबैका सुझाव समेटेर कार्य योजना निर्माण गर्ने र सोही मुताबिकका नीति तथा कार्यक्रम तयार गर्ने प्रतिबद्धता व्यक्त गरे। गण्डकी प्रदेशको कृषि क्षेत्रलाइ थप सबलिकरण सहित जनताको आय आर्जनलाइ मजबुत बनाउनु छ। कृषीमा थप ब्यबसायिकता र आधुनिकीकरण मार्फत जनजिबिकालाई मजबुत बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने भन्दै उनले अव्यवस्थित भुमिहिनहरूका समस्या समाधान गर्न प्रदेश सरकार मजबुत र प्रभाबकारी योजना सहित अघि बढ्ने उल्लेख गरे।
सहकारी क्षेत्र थप ब्यबस्थित र मर्यादित बनाउने आफ्नो संकल्प भएको भन्दै कृषि ,भुमी र सहकारी क्षेत्र आम जनताको जनजिबिकाको मुख्य आधार बनाउनेतर्फ सबैको ध्यान केन्द्रित गर्ने उल्लेख गरे। पदस्थापना कार्यक्रम केवल औपचारिकता मात्रै होइन यसले कृषकहरूलाइ पुरस्कृत गर्ने सुखद शुरुवात गरेको भन्दै बिगतका योजना र नीतिलाई थप सबलिकरण सहित कार्यान्वयनको निरन्तरता रहने उल्लेख गरे। मन्त्रालयका निमित्त सचिब बालकृष्ण अधिकारी सहितका कर्मचारीहरूले मन्त्री कार्किलाइ स्वागत गरेका थिए। पदस्थापन अघि मन्त्री कार्की सहित एमालेको तर्फ नियुक्त मन्त्रीहरूले पोखरा ७ स्थित पुष्पलाल पार्क र झपिन्द्र पार्कमा पुष्पलाल र सहिदको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली व्यक्त गरेका थिए।





