खेलकुद

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० संशोधन सिफारिस समितिमा प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्मा मनोनीत

पोखरा, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई समयानुकूल, व्यवस्थित र सबै क्षेत्रका खेलाडीका लागि समान अवसर सिर्जना गर्ने गरी सञ्चालन गर्न नेपाल सरकारले निर्देशिका संशोधन प्रक्रिया अघि बढाएको छ। त्यसका लागि गठन गरिएको सात सदस्यीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० संशोधन सिफारिस समितिमा प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्मा मनोनीत भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको समितिमा गण्डकी र कोशी प्रदेशका प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सहित राष्ट्रिय… पुरा पढौ

तेश्रो रेवान कप पोखरा भेट्रान्स टेनिस भदौको चौंथो साता

भदौ १६,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेस्रो संस्करणको पोखरा भेटरान्स सिङ्गल तथा डवल्स टेनिस प्रतियोगिता हुने भएको छ । आगामी भाद्र १९ देखि २३ गते सम्म पोखरा रंगशालाभित्रको टेनिस कम्प्लेक्समा उक्त प्रतियोगिता हुन लागेको हो । रेवान पोखराले खेलकुदका माध्यमबाट यहाँको खेल पर्यटन प्रवद्र्धन, स्वस्थ्य नागरिक उत्पादन तथा आपसी भाइचारा सम्बन्ध प्रगाढ पार्ने उद्येश्यका साथ विगतमा दुई वटा संस्करण सम्पन्न गरिसकेको छ । पाँच दिने प्रतियोगितामा सिंगल तथा डवल्सतर्फ प्रथम, द्वितिय हुने खेलाडीहरुलाई… पुरा पढौ

बैठक भत्ता सहयोग गर्दै जिल्ला खेलकुद विकास समिति कास्कीबाट राहत कोषमा एक लाख सहयोग

पोखरा, जिल्ला खेलकुद विकास समिति कास्कीले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ । समितिका अध्यक्ष मिलन गुरुङ सहितको टोलीले आव (मंगलबार) कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई राहत रकम जम्मा गरिएको भौचर हस्तान्तरण गरेको हो । समितिका अध्यक्ष गुरुङका अनुसार पदाधिकारी तथा सदस्यहरूबीचको सहमतिअनुसार समितिको एक वर्षको सम्पूर्ण बैठकबाट प्राप्त हुने बैठक भत्ता रकम राहतका लागि सहयोग गर्ने निर्णय गरिएको हो। सोही निर्णयअनुसार बैठक भत्ताबाट प्राप्त रकमलाई बाढी प्रभावितको सहयोगमा… पुरा पढौ

आदर्श युवा क्लबद्वारा रसुवा बाढी पीडितलाई चार लाख सहयोग

लेखनाथ, १६ भदौ, गत भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले चार लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको छ। क्लबले आफूले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्येबाट उक्त राशि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मंगलबार आयोजित राहत रकम घोषणा कार्यक्रममा क्लबका अध्यक्ष पदम गुरुङले वडा सदस्य निर्मला पौडेलको रोहबरमा सहयोग रकम घोषणा गरेका थिए । क्लबले विगतमा तीजका अवसरमा दर खुवाउने कार्यक्रम गर्दै आए… पुरा पढौ

युनाईटेड क्लब पोखरा द्वारा रसुवा बाढी प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष मार्फत १ लाख सहयोग

पोखरा, युनाईटेड क्लब पोखराले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक लाख सहयोग गरेको छ । सरकारले आर्थिक सहयोग संकलन गर्न एकद्वार प्रणाली मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा क्लवले नगद एक लाख सहयोग गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रकम संकलन पश्चात क्लबका अध्यक्ष लोक बहादुर थापा सहितको पदाधिकारीको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ समक्ष जानकारी गराएका छन । सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले युनाईटेड… पुरा पढौ

बाढी प्रभावितको उद्धार तथा राहतका लागि गण्डकी रेन्वो ट्राउट फार्मद्वारा ५ लाख १६ हजार रुपैयाँ सहयोग

दीननाथ बराल,पोखरा, भदौ १५, रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार तथा राहतका लागि कास्की माछापुच्छ्रे गाउँपालिका–सार्दीखोलामा रहेको गण्डकी रेन्वो ट्राउट फार्म एवं सञ्चालकद्वय अमृत गुरुङ र लक्षिन गुरुङले ५ लाख २० हजार ५०५ रुपैयाँ सहयोग गरेका छन्। फार्मले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ५ लाख ५ हजार रुपैयाँ तथा फार्ममा कार्यरत कर्मचारीहरूले १५ हजार ५०५ रुपैयाँ गरी कुल ५ लाख १६ हजार ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। भदौ १० गते… पुरा पढौ

लामाचौर तीज महोत्सव स्थगित, राहत कोषमा १ लाख ११ हजार १ सय ११ सहयोग

दीननाथ बराल,पोखरा, १५ भदौ, नव आदर्श सामुदायिक विकास समाज लामाचौरले आफ्नो २८औँ संस्करणको लामाचौर तीज महोत्सव २०८३ तथा लामाचौर कप खुला पुरुष भलिबल र अन्तरमावि छात्रा भलिबल प्रतियोगितालाई स्थगित गरेको छ । देश विनाशकारी बाढीबाट प्रभावित भएका बेला आफुहरुले बर्षेनी गर्दै आएको उक्त महोत्सव सहितका विभिन्न कार्यक्रम स्थगित गरिएको समाजका अध्यक्ष ई.दिनेश भण्डारीले पोखराक्लिकलाई बताउनु भयो । भाद्र १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, धादिङ, नुवाकोटलगायत देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि मुलुक शोकमा रहेको… पुरा पढौ

बाढी प्रभावितको उद्धार तथा राहतका लागि सहारा क्लब पोखराद्वारा १ लाख ५० हजार ६ सय ४२ सहयोग

दीननाथ बराल,पोखरा, १५ भदौ, भोटेकोशी तथा रसुवा क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार तथा राहतका लागि सहारा क्लब पोखराले १ लाख ५० हजार ६ सय ४२ सहयोग गरेको छ। क्लबले आफ्नो तर्फबाट ५० हजार तथा क्लबका पदाधिकारी, सदस्य र क्लब परिवारबाट संकलित १ लाख ६ सय ४२ गरी कुल १ लाख ५० हजार ६ सय ४२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार देशमा प्राकृतिक विपत्ति आइपरेका बेला… पुरा पढौ

पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम, गोर्खा एडिसन पनि सार्वजनिक

पोखरा, १५, भदौं, विश्वकै पूरानो ब्राण्ड रोयल इन्फिल्डले पोखराको नयाँबजारमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशमा आफ्नो बजार उपस्थिति थप विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको शोरुमको सोमबार एक कार्यक्रमबीच अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले औपचारिक उद्घाटन गर्नुभयो। पोखरा क्षेत्रको आधिकारिक बिक्रेता क्लासिक ड्राइभले सञ्चालनमा ल्याएको नयाँ शोरुममार्फत पोखरा तथा आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीलाई रोयल इन्फिल्डको विशिष्ट मोटरसाइकलिङ अनुभव अझ नजिकबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ। नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि हो। नयाँ शोरुमको नेतृत्व अटो व्यवसायी… पुरा पढौ

पल्सर स्पोटर््स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित  

काठमाडौं, भदौ १४, नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औं संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५/५ मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका… पुरा पढौ