खेलकुद

रात्रिदौडको अनलाइन फारम खुला

पर्यटकीय राजधानी पोखरामा पहिलोपटक आयोजना हुने रात्रिकालीन दौड प्रतियोगिता (नाइटरन) का लागि बिहीवारदेखि अनलाइन फर्म खुला गरिएको छ । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा”उद्घोषका पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते शनिबार हुने प्रतियोगिताका लागि फर्म भर्न पोखरा क्लिकको अनलाइन पोर्टमा क्लिक गर्नुपर्ने छ । प्रतियोगितामा निश्चित संख्या पुगेपछि फारम बन्द गरिने र १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रतियोगितामा सहभागी नगराइने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । आयोजकले सहभागी खेलाडीको बीमा गर्ने… पुरा पढौ

पोखरा पत्रकारिता सम्मानबाट गुरुङ र सहारा क्लब सम्मान हुने, स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट अकिञ्चन र गिरीलाई पुरस्कृत गरिने

पोखरा,१२ चैत, नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । चैत १६ गते महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर कास्की शाखामा स्थापित पोखरा पत्रकारिता सम्मान र स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो । शाखाले बर्सेनि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार र संस्था गरी आलापालो रुपमा पोखरा पत्रकारिता सम्मान प्रदान गर्दै आएकोमा सम्मान छनौट समितिको सिफारिसमा वर्ष २०८१ बाट बरिष्ठ पत्रकार राजबहादुर गुरुङ र २०८२ बाट… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलको उद्घाटन खेलमा सुक्ला गण्डकी नगरपालिकाको विजय सुरुवात

पोखरा, ११ चैत्र, माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे«को केन्द्र–वडा न।४,लाहाचोकमा बुधवार देखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । उद्घाटनको पहिलो खेल सुक्ला गण्डकी नगरपालिका तनहुँ र माछापुच्छ्रे गाउँपालिका निलो बिच भएको खेलमा निरन्तर तिन सेटले पछि पर्दै सुक्ला गण्डकीले विजय सुरुवात गरेको छ । आयोजकको खेल तालिका अनुसार दोस्रो खेल अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका वडा न।२३ बिच थियो तर आयोजकले तोकेको निर्धारित समयमा वडा… पुरा पढौ

दुई साता नहुँदै पुनः पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, डिजेल–मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि

काठमाडौं, दुई साता समेत नबित्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज (बुधबार) साँझ सूचना जारी गर्दै आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको हो । नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ। निगमले भौगोलिक आधारमा तीन वर्ग छुट्याउँदै पेट्रोलको मूल्य पहिलो वर्गमा १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा… पुरा पढौ

लामो प्रतिक्षापछि फुटबलर सावित्रा भण्डारी (साम्बा)को घुँडाको सफल शल्यक्रिया, सबैप्रति आभार व्यक्त

काठमाडौं, लामो समयदेखि चोटका कारण मैदान बाहिर रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को अन्ततः घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै न्युजिल्यान्डको अकल्यान्डमा बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट सफलतापूर्वक शल्यक्रिया गरिएको बताएकी हुन्। खाडी क्षेत्रमा हालको असहज परिस्थितिका कारण कतारस्थित एस्पेटार पुग्न समस्या भएपछि त्यहीँको सल्लाहअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञमार्फत शल्यक्रिया गरिएको उनले उल्लेख गरेकी छन्। अब उनको पुनर्स्थापना (रिह्याब) प्रक्रिया डाक्टरकै निगरानीमा सुरु हुने जनाइएको छ। अवस्था सामान्य भएपछि… पुरा पढौ

कास्कीमा पनि राष्ट्रिय आर्थिक गणना हुँदै सही तथ्याङ्क दिन नागरिकलाई आग्रह

दीननाथ बराल,पोखरा १०, चैत, कास्कीमा पनि “राष्ट्रिय आर्थिक गणना २०८२” सञ्चालन हुने भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङक समन्वय कार्यालय कास्कीको आयोजनामा कास्कीमा पनि वैशाख २ गतेदेखि आर्थिक गणना हुने भएको मंगलबार पोखरामा आयोजित छफल कार्यक्रममा जानकारी गराइएको हो । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सञ्चालन हुने यो गणना आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशभर सञ्चालन हुनेछ। जिल्ला आर्थिक गणना अधिकारी नन्दलाल सापकोटा ले आर्थिक गतिविधिको यथार्थ चित्र प्रस्तुत गर्न यो गणना अत्यन्त महत्वपूर्ण रहेको… पुरा पढौ

पोखरा-सिमरा हवाई सेवा सुचारु गर्न जोड

वीरगंज, ९ चैत, नेपालको आर्थिक नगरी वीरगंजबाट यसबर्षको जाउँ है पोखरा अभियान सुरु भएको छ । होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो कार्यक्रम सुरु भएको हो । आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्धेश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुने छ । आन्तरिक पर्यटन प्रबर्द्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता अनुरुप २५ बर्षअघि यो अभियान सुरु गरिएको थियो । अभियान अन्तर्गत विराटनगर, इलाम र हेटौंडालाई… पुरा पढौ

रात्रिकालीन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता

‎पोखरा, १० चैत, नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे । ‎‎पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायी चौबिसै घण्टा व्यवसाय सञ्चालनको अवस्थामा रहेको सन्दर्भमा रात्रिकालीन दौडले व्यवसायीलाई प्रवद्र्धन गर्ने बताए । उनले प्रतियोगिता सफल पार्न आफ्नो वडाले विशेष भूमिका निर्वाह गर्ने… पुरा पढौ

आरुषको स्मृतिमा विपन्न बालबालिकालाई सहयोग

पोखरा, १० चैत, स्वर्गीय आरुष सुवेदीको ४५औं दिनको पुण्य तिथिको स्मृतिमा पोखरामा रहेका विपन्न तथा असहाय बालबालिकाहरूलाई खेलकुद सामग्री, शैक्षिक सामग्री (स्टेशनरी) र खाद्य सामग्री वितरण गरिएको छ। १० वर्षको कलिलो उमेरमा उपचारका क्रममा गत माघ २५ गते निधन भएका सुवेदीको स्मृतिमा उनको परिवारद्वारा स्थापित आरुष स्मृति सहयोग फाउण्डेसन मार्फत सो सहयोग हस्तान्तरण गरिएको हो। आरुषकी आमा सपना रेग्मी सुवेदीका अनुसार छोराको सम्झनामा समाजमा रहेका विपन्न, असहाय र बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रमको आयोजना… पुरा पढौ

बुधबारदेखि माछापुच्छ्रे गाउँपालिकामा सुरु हुने अध्यक्ष कप भलिबल प्रतियोगिताको तयारी पूरा (भिडियो सहित) प्रतियोगितामा महिला तर्फ ८ र पुरुष तर्फ १६ टिम सभागि हुने

दीननाथ बराल, पोखरा, कास्कीको माछापुच्छ«्रे गाउँपालिका–४, लाहाचोकमा यही चैत ११ गते (बुधबार) देखि चौथो संस्करणको माछापुच्छ्रे« गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ । माछापुच्छ«्रे« गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ«े गाउँपालिका वडा नं–४,लाहाकोको व्यवस्थापन उक्त प्रतियोगिता चैत १४ गतेसम्म संम्म संचालन हुने भएको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=De1kAEYVOd4 प्रतियोगितामा हालसम्म महिला तर्फ ८ र पुरुष तर्फ १६ टिमको सहभागिता रहेको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले… पुरा पढौ