
लेखनाथ,
क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० खेलाडीलाई बेल्ट वितरण कार्यक्रम भण्डारढिक रङ्गशालामा सम्पन्न भएको छ । बेल्ट वितरण कार्यक्रम अन्तर्गत एलो बेल्ट प्राप्त गर्ने २८ जना,ओरेन्ज बेल्ट प्राप्त गर्ने १२ जना, ग्रीन बेल्ट प्राप्त गर्ने १२ जना, ब्राउन बेल्ट प्राप्त गर्ने १० र ब्लु बेल्ट ८ जना गरी ७० खेलाडीलाई बेल्ट वितरण गरिएको हो ।
खेलाडीहरुलाई बेल्ट वितरण गर्दै सफल उद्योगी कर्माचार्य ग्रुपका सञ्चालक लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका विक्रम कर्माचार्यले असल चरित्र निर्माणमा खेलले महत्वपूर्ण भूमिका खेल्ने वताए ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, ् क्योकुशिन कान कराँते कास्कीका जिल्ला अध्यक्ष ब्रान्च चिफ लक्ष्मण कँुवर, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, क्योकुशिन कान कराँते लेखनाथ डोजोका सल्लाहकार टुका पुन , भण्डारढिक टोल विकास अध्यक्ष अरुण गुरुङ, अभिभावक दिनेश शर्मा लगायतले बेल्ट वितरण गरेका थिए । क्योकुशिन कान कराँते लेखनाथ डोजोका प्रमुख शुवास खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
((




