खेलकुद

दशौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीका २२ आर्चरी खेलाडी छनोट

पोखरा १९, कार्तिक, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने आर्चरी खेलाडीको टुङ्गो लागेको छ । गण्डकी प्रदेश आर्चरी संघले सञ्चालन गरेको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ पुरुष र १० महिला गरी २२ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको संघका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले पोखराक्लिकलाई बताउनु भयो । दुई दिनसम्म चलेको छनोट प्रतिस्पर्धामा प्रदेशका चार जिल्लाका ३४ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । मुस्ताङ, म्याग्दी, बागलुङ र कास्कीका खेलाडीबीच भएको प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित… पुरा पढौ

प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, दोस्रो दिन १७ खेल सम्पन्न

पोखरा, गण्डकी प्रदेश टेनिस संघको आयोजनामा सञ्चालित प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन बिहीबार १७ खेल सम्पन्न भएका छन् । ट्रयाङ्कुलिटी स्पाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत यू–१० ब्वाइज सिंगल्सको उपाधि सोनाम छिरिङ घलेले जितेका छन् । बिहीबार सम्पन्न फाइनलमा उनले आयान पन्तलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । अन्य उमेर समूहका इभेन्टमा क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन् । यू–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक र अभिषेक विक सेमिफाइनलमा प्रवेश गरेका छन् । सुरेन्द्रले… पुरा पढौ

अभिषेकले अस्ट्रेलियन ओपन २०२७ को छनोट खेल्ने

काठमाडौं, नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया÷प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन् । चीनको छेन्दुमा नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुने प्रतियोगितामा अभिषेकले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभिषेकले अस्ट्रेलियन ओपन खेल्ने आफ्नो लामो समयदेखिको सपना पूरा हुन लागेको बताए । ‘अस्ट्रेलियन ओपन खेल्ने सपना थियो । यो अवसर पाउँदा निकै खुसी छु । प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु,’ उनले भने । एसिया÷प्यासिफिक क्षेत्रका… पुरा पढौ

एसिसी यू–१९ एसिया कप खेल्न नेपाली टोलीलाई पोखराबाट बिदाइ (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १६ कात्तिक, ओमानमा आयोजना हुने एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागि हुन लागेको नेपाली राष्ट्रिय टोलीलाई पोखरामा एक समारोहबीच सोमबार बिदाइ गरिएको छ । आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म ओमानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्दै आएको उल्लेख गर्दै युवा खेलाडीहरूले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै सोमबार बिदाई गर्नु भएको हो । https://www.youtube.com/watch?v=fZn8VqePue4&t=34s बिदाइ कार्यक्रममा नगर प्रमुख… पुरा पढौ

आदर्श युवा क्लबको अध्यक्षमा हमाल

लेखनाथ, पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिकस्थित आदर्श युवा क्लबको अध्यक्षमा विष्णु हमाल सर्वसम्मत चयन भएका छन् । क्लबको २९ औं साधारणसभा तथा १४ औँ अधिवेशन अन्तर्गत आइतवार नयाँ नेतृत्व चयनका क्रममा उनी अध्यक्षमा चयन भएका हुन् । यसैगरी समितिको उपाध्यक्षमा सन्तोष गुरुङ सचिवमा ओमप्रसाद कुमाल कोषाध्यक्षमा कृष्ण कुमाल सहसचिवमा राजीव भण्डारी चयन भएका छन् । सदस्यहरूमा भीषण गुरुङ ,राहुल गुरुङ, बेलप्रसाद गुरुङ, सञ्जय कुमाल, सुवास गुरुङ र जीवन तामाङ चयन भएका छन्। कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको निर्वाचन… पुरा पढौ

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे सदस्य–सचिव मेहतासहितको टोलीद्वारा स्थलगत जानकारी

कर्णाली, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई गति दिने उद्देश्यसहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतासहितको टोलीले प्रतियोगिता तयारीका विषयमा जानकारी लिएको छ। टोलीले प्रतियोगिता सञ्चालनका लागि भइरहेका तयारी, खेल पूर्वाधारको अवस्था तथा आवश्यक व्यवस्थापनका विषयमा जानकारी लिँदै तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ। उक्त अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, राष्ट्रिय खेलकुद परिषद्की सदस्य मोनालिसा खम्बू तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दलगायतको उपस्थिति रहेको थियो। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने… पुरा पढौ

एनपीएलमा आज जनकपुर र पोखरा बीच भिडन्त, दुवै टोली जितको खोजीमा

काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार (आज) एक खेल हुँदैछ। आजको खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा मिश्रित प्रदर्शन गरिरहेका दुवै टोली आजको खेल जित्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्। जनकपुर बोल्ट्सले प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग पराजय बेहोरेको थियो। तर, दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै टोलीले पुनरागमन गरेको थियो। दुई खेल खेलेको जनकपुर एक जित र… पुरा पढौ

प्रथम किङ्स कप राष्ट्रिय भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि हुने

दीननाथ बराल, पोखरा १४, कार्तिक, पोखराको युनाइटेड किङ्स क्लबको आयोजनामा सञ्चालन हुने प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को मिति सरेको छ । यसअघि आगामी मङ्सिर १ गतेदेखि ६ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आयोजना गर्ने तय भएको प्रतियोगिता अब मङ्सिर ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको क्लबका सचिव अशोक थापाले पोखराक्लिकलाई जानकारी दिनुभयो । भारतमा नोभेम्बर १५ देखि २२ (कार्तिक २९ देखि मंसिर ६ गते ) सम्म आयोजना हुने काभा पुरुष भलिबल लिगमा नेपाली राष्ट्रिय भलिबल… पुरा पढौ

युनाइटेड क्लबद्वारा शुभकामना आदानप्रदान सम्पन्न, आगामी २३ गते देउसीभैलो कार्यक्रम आयोजना गरिने

पोखरा, युनाइटेड क्लब पोखराले नेपालीहरूको मौलिक चाडपर्व विजया दशमी, दीपावली, छठ तथा नेपाल संवत्को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेश गुरुङले विपद्को समयमा क्लबले पु¥याएको योगदानको स्मरण गरे । विगतमा वडा कार्यालयमा क्षति पुग्दा युनाइटेड क्लबले कम्प्युटर सहयोग गरेर कार्यालयको दैनिक कामकाज सुचारु गर्न ठूलो मद्दत गरेको उल्लेख गर्दै उनले क्लबका गतिविधिलाई निरन्तरता दिन वडा कार्यालयबाट यस पटक रु। १ लाख विनियोजन गरिएको… पुरा पढौ

गण्डकी पदक विवादः निर्णयको सक्कल कागजात झिकाउन अदालतको आदेश

दीननाथ बराल,पोखरा, १३ कात्तिक, गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको ‘प्रदेश खेलकुद पदक’ विवादमा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिवलाई स्पष्टीकरण सोधिएको विरुद्ध परेको रिटमा अदालतले सक्कल कागजात झिकाउन आदेश दिएको छ । साथै, सो सम्बन्धमा अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे दुबै पक्षलाई आगामी मंसिर २ गते छलफलका लागि बोलाएको हो । सदस्य सचिव श्रीधर शर्माले उच्च अदालत पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री समेतलाई प्रत्यर्थी बनाई दायर गरेको उत्प्रेषण परमादेश समेत रिटमा शुक्रबार न्यायाधीश हरिप्रसाद पौडेल र ध्रुवकुमार पियाको संयुक्त इजलासले… पुरा पढौ