खेलकुद

यू१६ जुनियर ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ गुरूकुल र पोखरा एकेडेमी फाइनलमा

पोखरा , यू१६ छात्ररछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकेडेमी फाइनलमा प्रवेश गरेका छन् ।पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगती माविलाई र पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । सम्पन्न खेलमा गुरूकुलले प्रगती माविलाई १५–११ तथा पोखरा एकेडेमीले पोखरा लर्नसलाई १७–१४ गोल अन्तरले पराजित गरे । त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल ए टिम फाइनलमा स्थान बनाएको छ । सम्पन्न सेमीफाइनलमा पोखरा एकेडेमीलाई ३–० गोलले पराजित गरी… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडको आयव्यय सार्वजनिक

पोखरा, असार २८, “जाग्छ पोखरा, दौडाउँछ पोखरा“ भन्ने मूल नारासहित पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता २०८२÷८३ को आयव्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित तथा पोखरा महानगरपालिका–९ को विशेष सहकार्यमा गत चैत २८ गते सम्पन्न प्रतियोगिताबाट कुल ३ लाख ३२ हजार २ सय ५० रुपैयाँ आम्दानी भएको छ भने प्रतियोगिता सञ्चालनका लागि ३ लाख ९० हजार १ सय रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । यससँगै प्रतियोगितामा ५७ हजार ८ सय ५०… पुरा पढौ

पौडीकर्मीद्वारा डुबुल्की संचालन

भक्तपुर, पौडीलाईनै कर्मथलो बनाएका तथा पौडी खेलमा आफ्नो कौशलता प्रदर्शन गरिसकेका पौडीकर्मीहरुको पहलमा डुबुल्की नामक पौडी पोखरी संचालनमा आएको छ । भक्तपुरको थीमी नगरपालिकाको लोकन्थलीमा एक अन्तराष्ट्रिय स्तरको पौडी पोखरी आषाढ २७ गते बाट संचालनमा आएको हो । ४२ आना जग्गामा २५ मिटर लम्बाई, १५ मिटर चौडाई र ३ फिट ५ इन्च देखि ५ फिट ५ इन्च गहिराईको ६ लेनको अन्तराष्ट्रिय स्तरको एक र अर्को १५ मिटर लम्बाई र ६ मिटर चौडाईको साना बालबालिकाहरुका लागि एक गरि दुई पोखरी संचालन… पुरा पढौ

‘देश परिवेश’ लोकार्पण गाउँ–समाजको मौलिक जीवनचित्र बोकेको कृति

पोखरा, असार २८, कवि सावित्री आचार्यको दोस्रो गीति कविता संग्रह ‘देश परिवेश’ शनिबार पोखरामा लोकार्पण गरिएको छ। अलिमियाँ वाङ्मय प्रतिष्ठान र दीपशिखा साहित्य सङ्गमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूको उपस्थितिबीच ५९ वटा गीति कविता समेटिएको उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा दीपशिखा साहित्य सङ्गमका संस्थापक अध्यक्ष रामजी प्रसाद आचार्यले स्रष्टा परिचय प्रस्तुत गर्दै कवि सावित्री आचार्यको संघर्षपूर्ण जीवनयात्रा साहित्यिक योगदान तथा लेखन यात्राबारे प्रकाश पारे । उनले कठिन परिस्थितिका बाबजुद निरन्तर साहित्य साधनामा सक्रिय रहँदै नेपाली… पुरा पढौ

विश्वकप २०२६ उपाधि दौडमा चार महाशक्ति, सेमिफाइनलमा रोचक भिडन्त तय

पोखरा, फिफा विश्वकप २०२६ अब निर्णायक मोडमा पुगेको छ। क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम चार टोलीको टुंगो लागेको छ। साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इङ्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्व फुटबलका चार शक्तिशाली राष्ट्रबीचको रोमाञ्चक प्रतिस्पर्धा तय भएको हो । अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्‍यो । निर्धारित समयसम्म बराबरीमा रहेको खेलमा अतिरिक्त समयमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पारेको थियो। त्यसअघि इङ्ल्यान्डले पनि… पुरा पढौ

पोखरामा यू–१६ छात्र\छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता सुरु

पोखरा, पोखरामा यू–१६ छात्ररछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता–२०८३ सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशमा खेलकुदको विकास र खेलाडीको संरक्षणका लागि परिषद् प्रतिबद्ध रहेको बताए । उनले ह्याण्डबल खेलको विकासमा प्रदेश ह्याण्डबल संघले पुर्‍याएको योगदानको कदर गर्दै परिषद्ले संघलाई उत्कृष्ट खेल संघका रूपमा… पुरा पढौ

गण्डकीका ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोही ६ जनालाई प्रदेश सरकारको नगद सहित सम्मान (भिडियो सहित)

दीननाथ बराल,पोखरा, असार २६, गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका ६ जना पर्वतारोहीलाई नगदसहित सम्मान गरेको छ । पोखराको पौवा होटलमा आज (शुक्रबार) आयोजित ‘प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रम’ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल तथा मन्त्रालयका सचिव रोशन ज्ञवालीले जनही ४५ हजार रुपैयाँ, सम्मानपत्र, मायाको चिनो र दोसल्ला प्रदान गरी पर्वतारोहीहरूलाई सम्मान गर्नु भएको हो । https://www.youtube.com/watch?v=nd25H0mS-nA सम्मानित हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–१ का नाङसल छ्योटोन लामा, पर्वतको कुश्मा… पुरा पढौ

इजिप्टमाथि अर्जेन्टिनाको नाटकीय पुनरागमन, ३–२ को रोमाञ्चक जित

पोखरा, फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफमा इजिप्टले यासेर इब्राहिमको १५औँ मिनेटको गोलमार्फत १–० को अग्रता बनाएको थियो। दोस्रो हाफको ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि इजिप्ट २–० ले अघि बढ्यो। २–० ले पछि परेको अवस्थामा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अन्तर घटाए। त्यसको चार मिनेटपछि ८३औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले बराबरी गोल गरे। त्यसपछि अतिरिक्त समयमा… पुरा पढौ

स्पेन र बेल्जियमको जित, पोर्चुगल र अमेरिका पराजित

काठमाडौं, फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ का खेलमा स्पेन र बेल्जियमले प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। स्पेनले पोर्चुगललाई तथा बेल्जियमले सहआयोजक अमेरिका पराजित गर्दै उपाधि यात्रालाई निरन्तरता दिएका हुन्। अमेरिकाको सियाटलमा मंगलबार बिहान सम्पन्न खेलमा बेल्जियमले घरेलु टोली अमेरिकामाथि ४–१ को फराकिलो जित दर्ता गर्‍यो। बेल्जियमको शानदार जितमा चार्ल्स डे केटलेर नायक बने। उनले दुई गोल गर्दा हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे। खेलको नवौं मिनेटमै डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।… पुरा पढौ

पदयात्रा पर्यटन सुधारका लागि टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेल समक्ष आठबुँदे सुझाव पेश

पोखर, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले नेपालको पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान, सुरक्षित पर्यटनको प्रत्याभूति र दिगो पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) समक्ष आठबुँदे ध्यानाकर्षणपत्र पेश गरेको छ। टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेतृत्वले बुझाएको ध्यानाकर्षणपत्रमा पर्यटन नीति तथा कानुन सुधारदेखि पदमार्ग संरक्षण, अवैध ट्रेकिङ नियन्त्रण, नेपाल पर्यटन बोर्डमा संस्थागत सुधार, नयाँ पदमार्गको विकास, दोहोरो शुल्क अन्त्य, प्रशासनिक सरलीकरण तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धनसम्मका बिषयहरु समेटिएका छन्। टान गण्डकीले… पुरा पढौ