पर्यटन

विरेठाँटी–घान्द्रुक सडक पुनः सुचारु

दीननाथ बराल, पोखरा, ३ असोज, कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएर एक महिनादेखि अवरुद्ध नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्ड पुनर्निर्माणपछि करिब एक महिना पछि पुनः सुचारु भएको छ । अन्नपूर्ण गाउँपालिका–८, विरेठाँटीमा सडकको मुख्य संरचना नै बाढीले बगाएपछि अवरुद्ध बनेको सडक स्थानीय तह, प्रदेश सरकार, नेपाली सेना, जलविद्युत् आयोजना, राजनीतिक दल, संघसंस्था तथा स्थानीयवासीको सहकार्यमा तीव्र गतिमा पुनर्निर्माण गरिएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । गत साउन २२ गते मोदीखोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित स्याउलीबजार आसपास तथा… पुरा पढौ

तेस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड

पोखरा ३, असोज, तेस्रो संस्कणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता २०८३ को इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सहकार्य गर्ने भएको छ । पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्वलाई मध्यनजर गर्दै कम्पनीले उक्त प्रतियोगितालाई भव्य रुपमा सफल पार्न यस बर्ष पनि सहकार्य गरेको प्रतियोगिता आयोजकले जनाएको छ । प्रतियोगितासँग सहकार्य गर्ने सम्बन्धमा युनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक दीननाथ बराल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा प्रदेश प्रमुख पौडेलले प्रतियोगितासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त… पुरा पढौ

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो अध्यक्ष श्रेष्ठ

लेखनाथ, ३ असोज, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलगायत सरोकारवालासँग संवाद नगरी ’बन्द कोठा’मा मात्र निर्णय गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले वर्तमान सरकारले जोसका साथ काम गर्न खोजे पनि अनुभवको कमीका कारण दिशा पहिल्याउन नसकेको बताए। ’सरकार संवादमा छैन, अरूलाई विश्वास गर्दैन,’ श्रेष्ठले भने, ’आफूहरूबीच मात्रै छलफल गरेर सबै काम पूरा हुन्छ, हामी सक्षम छौं, हामी विज्ञ छौं भन्ने मात्र छ। तर अर्थतन्त्रको… पुरा पढौ

पोखरामा सार्वजनिक भयो चाङ्गान नेभो क्यू०५, ५१ लाख ९९ हजार मूल्यमा बिक्री सुरु

दीननाथ बराल,पोखरा, २ असोज, चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक गरिएको छ। पोखरामा शुक्रबार साँझ आयोजित एक समारोहका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले नेभो क्यू०५ सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले पछिल्लो समय पोखरामा नयाँ–नयाँ विद्युतीय सवारी साधन सार्वजनिक हुनुका साथै बिक्री–वितरणसमेत विस्तार हुँदै जानुले पोखरा क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो। वातावरणमैत्री विद्युतीय सवारी साधनप्रति पोखरेलीको आकर्षण बढिरहेको उल्लेख गर्दै उहाँले नेभो क्यू०५ लाई पनि पोखरेली उपभोक्ताले… पुरा पढौ

तेस्रो पर्वतीय दौड प्रतियोगिताका लागि फाराम खुला

पोखरा, २ असोज, पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते आयोजना हुने पर्वतीय दौड प्रतियोगिता २०८३ मा सहभागी हुन चाहने धावकका लागि अनलाइन दर्ता फाराम खुला भएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले पोखरा क्लिक डटकममा गएर अनलाइनमार्फत फाराम भर्न सक्ने प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिनुभयो । प्रतियोगितामा विदेशी धावकसहित बढीमा ३ सय जनालाई मात्र सहभागी गराइने उहाँले बताउनुभयो । संयोजक बरालले अन्य दौड प्रतियोगिता भन्दा पुम्दी–भुम्दी पर्वतीय दौड केही फरक रहेको बताउनुभयो । ग्रामीण परिवेशमा रहेको पुम्दी–भुम्दी क्षेत्रका… पुरा पढौ

पोखरा–दुबई उडान दिगो बनाउन प्रदेश सरकार र निजी क्षेत्र एकजुट (भिडियो सहित) छुट र प्याकेज सार्वजनिक हुदै ..

दीननाथ बराल,पोखरा, २ असोज, पर्यटनको राजधानी पोखराबाट सुरु हुन लागेको पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (शुक्रबार) आफ्नै कार्यालयमा प्रदेशका जनप्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगी तथा निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएर उडानको प्रभावकारिता र दिगोपनाका विषयमा छलफल गर्दै कम्तीमा ६ महिनासम्म उडान नियमित हुने वातावरण बनाउन प्रदेशका सबै जिल्ला तथा अन्तरप्रदेशमा संयुक्त रूपमा प्रवद्र्धन अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो। https://www.youtube.com/watch?v=yUVGDPBgDaE&t=303s उहाँले उडानलाई दिगो… पुरा पढौ

पोखरामा जीडब्ल्युएमको नयाँ शोरुम,नयाँ विद्युतीय गाडी सार्वजनिक

पोखरा १, असोज, ग्रेट वाल मोटर (जीडब्ल्युएम) नेपालको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले पोखराको बुद्धचोकमा नयाँ तथा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुम सञ्चालनसँगै कम्पनीले जीडब्ल्युएमका दुई नयाँ विद्युतीय गाडी ‘ओरा ५’ र ‘हाभल जोलियन म्याक्स ईभी’ पनि पोखरा बजारमा सार्वजनिक गरेको हो । आज बिहीबार आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले उक्त शोरुमको औपचारिक उद्घाटन गर्दै पर्यटकीय राजधानी पोखरामा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जानु सकारात्मक भएको बताउनुभयो । यस्ता सवारीसाधनको विस्तारले पोखराको आकर्षण बढाउनुका… पुरा पढौ

पर्यटकीय गन्तव्य सराङकोटमा साढे २ करोडको लागतमा प्रहरी चौकीको नयाँ भवन

पोखरा, १ असोज, पर्यटकीय गन्तव्यका रूपमा तीव्र विकास भइरहेको पोखरा १८ को सराङकोटमा शान्ति सुरक्षा व्यवस्थापनका लागि नवनिर्मित प्रहरी चौकीको भवन सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–१८, चपाई चौतारामा निर्माण गरिएको प्रहरी चौकी सराङकोटको नयाँ भवनको विहिबार उद्घाटन गरिएको हो। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले एक कार्यक्रमबीच भवनको उद्घाटन गर्नुभयो। गण्डकी प्रदेश सरकारको स्वीकृत बजेटबाट २ करोड ४० लाख ४५ हजार ९ सय ८३ रुपैयाँ ६३ पैसा लागतमा भवन तथा अन्य भौतिक संरचना निर्माण… पुरा पढौ

पोखरा–दुबई उडान पहिलो फ्लाइटमै उत्साह, विश्वका २५० भन्दा बढी गन्तव्य जोडिने आशा

पोखरा, तीन वर्षभन्दा लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको ढोका खुल्ने भएको छ। संयुक्त अरब इमिरेट्स ९यूएई० को वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्दैछ। दैनिक उडानको तयारीमा रहेको फ्लाई दुबईले टिकट बुकिङ खुला गरेसँगै पोखराको पर्यटन क्षेत्रमा समेत उत्साह देखिएको छ। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार पहिलो उडान नै करिब भरिन लागेको छ भने त्यसपछिका उडानमा पनि यात्रुको सहभागिता उत्साहजनक हुने संकेत देखिएको छ। उनका… पुरा पढौ

असोज २४ गते हुने पर्वतीय दौडलाई सफल पार्न पुम्दी–भुम्दीवासी एकजुट, पुम्दी–भुम्दीको आर्थिक विकास पर्यटन र खेल पर्यटनबाटै सम्भव हुने वक्ताहरूको भनाइ

पोखरा, ३१ भदौ, पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाहरू एकजुट भएका छन् । पुम्दी–भुम्दीको पर्यटन, खेल पर्यटन तथा स्थानीय क्षेत्रको समग्र प्रवद्र्धनसँग जोडिएको प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग, स्वयंसेवक परिचालन, धावक सहभागिता, स्वास्थ्य सेवा, खानेपानी तथा बाटोमा स्वागत–सत्कारलगायतका व्यवस्थापनमा स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाहरूले व्यक्त गरेका छन् । उनीहरूले प्रतियोगिता एउटा सामान्य खेलकुद… पुरा पढौ

This will close in 20 seconds