पर्यटन

पोखरा क्षेत्रका शिवालय मन्दिरमा तेस्रो सोमबार भक्तजनको बिहानैदेखि घुइँचो

दीननाथ बराल, पोखरा, साउन महिनाको तेस्रो सोमबार आज पर्यटकीय नगरी पोखराका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि दर्शनार्थी भक्तजनको उल्लेखनीय भिडभाड भएको छ । भगवान् शिवको विशेष आराधनाको दिन मानिने सोमबारका अवसरमा पोखराको केदारेश्वर महादेव मन्दिर, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति, पशुपतिनाथ मन्दिर, विन्ध्यवासिनी परिसरका शिवालय तथा अन्य शिव मन्दिरमा भक्तजनले पूजा–आराधना तथा जलाभिषेक गर्नु भएको छ । https://www.youtube.com/watch?v=0mb5MSQV2k8&t=604s बिहानैदेखि पोखरा महानगरका विभिन्न क्षेत्रसहित आसपासका जिल्लाबाट आएका श्रद्धालुहरू मन्दिर पुगेर जल चढाउने तथा पूजा आज गर्ने गर्नु भएको छ । वृद्धवृद्धा, महिला, युवा… पुरा पढौ

मानव सेवा आश्रमको महायज्ञबाट ३ करोड ४ लाख ५९ हजार बचत, १ करोड ४४ लाख उठ्न बाँकी, विना संचार माध्यम तर प्रचार प्रसारमै भयो १९ लाख खर्च !

दीननाथ बराल,पोखरा, १८ साउन, मानव सेवा आश्रम हेम्जा शाखाले गत वैशाखमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३ बाट ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपैयाँ बचत भएको छ। तर, महायज्ञका क्रममा घोषणा गरिएका व्यक्तिगत, संस्थागत तथा स्थानीय तहका प्रतिबद्धतामध्ये अझै १ करोड ४४ लाख ४० हजार ८ सय ५४ रुपैयाँ उठ्न बाँकी रहेको आश्रमले सोमबार पोखराको साइमन पार्टी प्यालेसमा आयोजना गरेको पत्रकार सम्मेलनमा आय व्यय सार्वजनिक गरेको हो । गत वैशाख १९ देखि २६ गतेसम्म सम्पन्न महायज्ञको… पुरा पढौ

पर्यटन प्रबद्र्धन केन्द्रित भई काम गर्ने बोर्डको योजना छः सदस्य पोखरेल, चलिय पोखरालाई थप प्रभावकारी बनाउन होटल संघको माग

पोखरा, १८ साउन, नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् । होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले पूर्वाधार विकासको पक्षलाई भन्दा प्रबद्र्धनमा नै बोर्डको ध्यान रहेको प्रष्ट पारे । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको जानकारी पनि उनले दिए । बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै उनले यसबाट… पुरा पढौ

पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउन पूर्वाधार, हवाई पहुँच र प्राकृतिक सम्पदाको संरक्षणमा सरकार केन्द्रित हुन्छः मन्त्री पौडेल

दीननाथ बराल, पोखरा १७, साउन, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले जल सम्पदा, ताल–तलैया, प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सरकार योजनाबद्ध रूपमा अघि बढेको बताउनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पोखरा महानगरपालिकाबीच पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले पोखराको समग्र पर्यटन विकासका लागि सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तार… पुरा पढौ

सोमबारदेखि पोखरा–काठमाडौं रुटमा जगदम्बाको अत्याधुनिक बस सेवा सञ्चालन, भाडादर २१ सय, शौचालय र मिनीबार सहितका सेवा

दीननाथ बरालपोखरा, साउन १७ यातायात क्षेत्रमा अत्याधुनिक बस सेवा भित्राउदै आएको पोखरा जगदम्बा ट्राभल्सले भोलि(सोमबार) देखि पुनः थप परिस्कृति अत्याधुनिक बस सेवा संचालन गर्ने भएको छ । पोखरा–काठमाडौं सडक यात्रालाई थप सुरक्षित, आरामदायी र सुविधासम्पन्न बनाउने उद्देश्यसहित पोखरा जगदम्बा ट्राभल्सले सोमबारदेखि अत्याधुनिक भीआईपी लक्जरी बस सेवा सञ्चालनमा ल्याउने भएको कम्पनीले जनाएको छ । पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले यात्रुको सुविधा र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रियस्तरका सुविधायुक्त बस सञ्चालनमा ल्याइएको जानकारी दिए। उहाँका अनुसार यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनु मात्र नभई… पुरा पढौ

बर पीपल रिसोर्ट सातौं वर्षमाः आथित्यतामा अब्बल, सय जनालाई रोजगारी सामाजिक क्षेत्रमा सहयोग, ग्राहकलाई अगस्टभरि १५ प्रतिशतसम्म छुट

पोखरा, पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा छोटो समयमै अब्बल बनेको बर पीपल रिसोर्ट सातौं वर्षमा प्रवेश गरेको छ । पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडको स्ट्रिट नं. २८, मनिमार्गमा करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको बर पीपल रिसोर्ट पाँचतारे स्तरको रिसोर्ट हो । सञ्चालनमा आउनेबित्तिकै सुरु भएको कोरोना कहरलाईसमेत जितेर पाहुनालाई आकर्षित गरेको बर पीपल छैठौं वर्ष पूरा गर्दै सातौं वषर्् प्रवेश गरेको हो । रिसोर्ट सञ्चालनमा आएको केही समयमै भौतिक संरचनाको शैली र आथित्यताले निकै लोकप्रिय बन्न सफल भएको थियो ।… पुरा पढौ

नेपालमै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित वेलनेस ब्राण्ड बन्यो ट्रन्क्यूलिटी स्पा

पोखरा, नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै ट्रन्क्यूलिटी स्पा नेपालकै पहिलो तथा एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्राण्ड बनेको कम्पनीले जनाएको छ । यो प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्रदान गरिएको हो। यूआरएस युकेएएस र आईएएफ बाट मान्यता प्राप्त विश्वव्यापी प्रमाणीकरण निकाय हो। प्रमाणपत्रले कम्पनीले प्रदान गर्दै आएका सम्पूर्ण वेलनेस तथा ब्युटी सेवामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली… पुरा पढौ

सरकार र नेपाल चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता, बिहीबारबाट देशभर अस्पतालका नियमित सेवा पुनः सुचारु हुने

दीननाथ बराल,पोखरा, साउन १३, सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। सहमतिसँगै बिहीबारदेखि देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा आकस्मिकसहित सबै नियमित स्वास्थ्य सेवा पुनः सुचारु हुने भएको संघले पोखराक्लिकलाई जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज (बुधबार) स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँगै गृह, कानुन तथा उद्योग मन्त्रालयका उच्च अधिकारी र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको गहन छलफलपछि पाँच बुँदे सहमति भएको जनाएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गर्दै… पुरा पढौ

जनगुनासो पछि बैदामको फ्रेस जुस सेन्टरमा अनुगमन, ५० हजार रुपैयाँ जरिवाना

दीननाथ बराल, पोखरा, साउन १२, पर्यटनको राजधानि पोखरामा संचालनमा रहेको एक जुस पसललार्ई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी व्यवसाय सञ्चालन गरेकोले पोखरा महानगरपालिका–६, बैदामस्थित फ्रेस जुस सेन्टरलाई ५० हजार जरीवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनु भयो । उक्त पसलबाट जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको जनगुनासोका आधारमा आज (मंगलबार) कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा पसलमा अत्यधिक… पुरा पढौ

पर्यटकमैत्री क्यू आर सेवा शुभारम्भ ः पोखरामा पर्यटन सुरक्षा र व्यवस्थापनलाई प्रविधिसँग जोड्ने अभियान

दीननाथ बराल, पोखरा, ११ साउन, पर्यटनको राजधानि पोखरामा पर्यटकमैत्री क्यू आर सेवा शुभारम्भ भएको छ । पोखरा पर्यटन परिषद् र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा विभिन्न पर्यटन संवद्ध संघ संस्थाको सहकार्यमा उक्त अभियान सुरु भएको प्रदेश प्रहरीले जनाएको छ । पोखरामा पर्यटन सुरक्षा र व्यवस्थापनलाई प्रविधिसँग जोड्ने अभियान सोमबारबाट सुरु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले बताउनु भयो । यसै क्रममा डिआइजी जिसीले पर्यटकमैत्री क्यू आर सेवा स्क्यान गरी पर्यटकमैत्री सूचना प्रणालीको औपचारिक… पुरा पढौ

This will close in 20 seconds