पर्यटन

भारतीय सहित विदेशी पर्यटक पोखरा ३० को देउरालीखोलामा हुने रोपाई महोत्सवमा सहभागि हुने तयारी

पोखरा, १०,असार, पोखरा महानगरपालिका–३० स्थित देउरालीखोलामा आइतबार आयोजना हुने २१औँ असारे रोपाइँ महोत्सव–२०८३ मा भारतीयसहित विभिन्न देशका विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने भएको छ। कृषि, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे संस्कृति प्रत्यक्ष अनुभव गराउने तयारी गरिएको आयोजकले जनाएको छ। https://www.youtube.com/watch?v=2mPAfzWxchM&t=634s पोखरा पर्यटन परिषद्ले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका संयोजक तथा परिषद्का महासचिव जीवनराज सापकोटाले यस वर्ष महोत्सवलाई अन्तर्राष्ट्रिय स्तरमा आकर्षक बनाउने गरी तयारी गरिएको जानकारी दिए। उनका अनुसार… पुरा पढौ

रूपा गाउँपालिकाको बजेट १४ प्रतिशतले बढ्यो, ५५ करोड ३८ लाखको बजेट, नीति तथा कार्यक्रम एकै दिन सार्वजनिक (भिडियो)

दीननाथ बराल,पोखरा, ९ असार, कास्कीको रूपा गाउँपालिकाको आउँदो आर्थिक बर्ष ०८३÷०८४ का लागि बजेट बढेको छ । गाउँपालिकाको २० औँ गाउँसभामा उपाध्यक्ष लालसुब्बा गुरुङले आज (मंगलबार) पालिकामा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै चालु आ.व.को तुलनामा १४ प्रतिशतले बृद्धि भएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=WC0jOgs4u_M&t=31s रुपा गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ ४१ करोड ८२ लाख ३० हजार रुपैयाँ र पुँजीगततर्फ १३ करोड ५५… पुरा पढौ

जाउँ है पोखरा अभियान सम्पन्न

पोखरा, ९ असार सौराहपछि भैरहवा र पाल्पामा छलफल र अन्तरक्रिया गरी यसवर्षको तीन दिने जाउँ है पोखरा अभियान हालै सम्पन्न भएको छ । भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले पोखरा जस्तै भैरहवाले पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउँदै पर्यटनमा नकारात्मक भन्दा सकारात्मक कुरालाई सबैले प्रवद्र्धन गर्नुपर्ने भनाई राखे । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जाउँ है पोखरा अभियान संचालनसँगै तीन प्रतिशतबाट अहिले पोखरा आउने आन्तरिक पर्यटकको हिस्सा ५० प्रतिशत पुगेको जानकारी दिए । जाउँ… पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको बजेट ६५ करोड १२ लाख,कृषि, पर्यटन र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

दीननाथ बराल पोखरा, ८ असार कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको उन्नाइसौं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्दै आउदो बर्षको लागि उक्त बजेट सार्वजनिक गर्नु भएको हो । प्रस्तावित बजेटमध्ये १८ करोड १४ लाख ९० हजार रुपैयाँ अर्थात् २७.८७ प्रतिशत पूँजीगततर्फ र ४६ करोड ९७ लाख ६१ हजार रुपैयाँ अर्थात् ७२.१३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको उहाँले जनाउनु भयो । चालु खर्चको हिस्सा… पुरा पढौ

पोखराका विभिन्न स्थानमा योग शिविर सहित मनाईयो योग दिवस, योग र आरोग्य पर्यटनको सम्भावना छः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल,पोखरा, ७ असार, पर्यटनको राजधानि पोखरामा अन्तर्राष्ट्रिय योग दिवस आज (आइतबार) योग शिविर सहित विभिन्न स्थानमा कार्यक्रम गरी मनाइएको छ । आइतबार पोखरा रंगशाला, फेवाताल किनार, पोखराका पर्यटकीय गन्तव्यहरुमा योग शिविर सहित विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । भारतीय राजदूतावास र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा रंगशालामा आइबतार बृहत योग शिविर आयोजना भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल तथा भारतका विभिन्न उच्चपदस्थ व्यक्तित्व, खेलकुदकर्मी, योग साधक तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको… पुरा पढौ

सौराहबाट जाउँ है पोखरा अभियान सुरु

चितवन, ६ असार, यसबर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे । तीन दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने छन् । होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सहआयोजना तथा प्रबर्द्धनमा यो अभियान संचालन गरिएको हो । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै २५ बर्ष अघि यो अभियान सुरु गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी… पुरा पढौ

पोखराको बजेट १४ प्रतिशतले घट्यो, आउदो बर्षका लागि ७ अर्ब १५ करोड ,पर्यटन, पूर्वाधार, शिक्षा र डिजिटलमा प्राथमिकता

दीननाथ बराल.पोखरा, ५ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १४ प्रतिशत (१ अर्ब १९ करोड ८७ लाख) ले कम हो। उपमेयर मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार पोखरामा बजेट प्रस्तुत गर्दै चालु खर्च ५५.१५ प्रतिशत र पूँजीगत खर्च ४४.८५ प्रतिशत विनियोजन गरिएको बताउनु भएको छ । आउँदो बर्षको लागि बजेट वक्तव्य सार्वजनिक गर्दै उहाँले संघीय सरकारबाट कुल ३ अर्ब १८… पुरा पढौ

पोखरामा पार्किङ, धार्मिक पर्यटकका लागि विश्राम गृह (रेस्ट हाउस) तथा पर्यटन सूचना केन्द्र स्थापना गर्न सुझाव

पोखरा, पछिल्लो समय विशेषगरी भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेपछि पोखरामा पार्किङ, धार्मिक पर्यटकका लागि विश्राम गृह (रेस्ट हाउस) तथा पर्यटन सूचना केन्द्र स्थापना गर्न सुझाव दिइएको छ । पोखराको पर्यटन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाबीच हालै भएको छलफल कार्यक्रममा पोखराका पर्यटन व्यवसायी र विभिन्न संघ संस्थाले पोखरामा पार्किङ, धार्मिक पर्यटकका लागि विश्राम गृह (रेस्ट हाउस) तथा पर्यटन सूचना केन्द्र स्थापना गर्न सुझाव दिएका हुन् । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी… पुरा पढौ

खानेपानीको आपुर्ति सहज बनाउन होटल व्यवसायीको माग, दैनिक बोरिङको पानी किन्नुपर्ने व्यवसायीको गुनासो

पोखरा, पोखराको लेकसाइड क्षेत्रमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज(शुक्रबार) नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यानाकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार अझै व्यवसायीहरुले कबिर ६५ प्रतिशत जसो पानी बोरिङ र अन्य नीजि क्षेत्रसंग खरिद गर्न बाध्य हुनु परेको छ । आफुहरुले मुस्किलले करिब ३५ प्रतिशत जसो मात्र संस्थानको पानी उपलब्ध… पुरा पढौ

पोखरा महानगरले ल्यायो नयाँ नीति तथा कार्यक्रम पूर्ण पाठसहित

दीननाथ बराल,पोखरा, ४ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि पर्यटन, पूर्वाधार, सुशासन, हरित विकास र डिजिटल सेवामा केन्द्रित महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ । महानगरको १९ औँ नगरसभामा आज (बिहीबार) वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख धनराज आचार्यले महानगरले पोखरा रिङरोड निर्माण प्रक्रिया सुरु गर्ने, आधुनिक बसपार्क निर्माण गर्ने लगायतका योजना सार्वजनिक गर्नु भएको हो । सभागृह निर्माण थाल्ने, पातलेछाँगोमा सिसा पुल सञ्चालनमा ल्याउने तथा फिर्केखोलालाई नयाँ पर्यटकीय करिडोरका रूपमा विकास गर्ने, हरित विद्यालय विकास,… पुरा पढौ