पर्यटन

तेस्रो पर्वतीय खुला दौडको तयारीस्वरूप हाइकिङ सम्पन्न, रानीवनमा व्यवस्थित पैदलमार्ग निर्माण हुने (भिडियो सहित)

पोखरा ६, भदौं, तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको पूर्वतयारी तथा पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको ८ किलोमिटर हाइकिङ पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क ड्यामसाइडबाट सुरु भई रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’मा पुगेर समापन भएको थियो । https://www.youtube.com/watch?v=-uJ47NrIpk4&t=13s कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन विकास तथा… पुरा पढौ

दिगो पर्यटन विकासमा होटल संघको अग्रसरता

पोखरा, ५ भदौ, होटल संघ पोखरा नेपालको आयोजना तथा स्वीस कन्ट्याक्ट र युनाईटेड कम्युनिटी नेपालको प्राविधिक सहयोगमा शुक्रबार पोखरामा दिगो पर्यटन विकास सम्बन्धि एक कार्यक्रम सम्पन्न भएको छ । डेभलपिङ इन्क्लिुसिभ एण्ड ग्रिन अपरच्युनिटी ९डिगो० हस्पिटालिटी एक्स्चेञ्ज २०२६ नाम दिएर यो कार्यक्रम आयोजना गरिएको हो । दिगो पर्यटन विकासका लागि होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । होटल क्षेत्रमा पानीको उचित सदुपयोग, फोहोरको पुनः प्रयोग तथा दिगो व्यवस्थापन र उर्जाको… पुरा पढौ

पर्यटनको राजधानी पोखरा हुँदै प्रधानमन्त्री गाउँको अन्नपूर्ण इको भिलेजमा बास बस्दै, शनिबार मुस्ताङ जाने

दीननाथ बराल,पोखरा, ५ भदौ, पर्यटनको राजधानी पोखरा निजी भ्रमणमा आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बस्नुभएको छ। प्रधानमन्त्री शाह शुक्रबार दिउँसो श्रीमती सविना काफ्ले र छोरीसहित निजी गाडीमा सडकमार्ग हुँदै पोखरा आउनुभएको हो। पोखरा आइपुगेपछि प्रधानमन्त्री शाह स्थलमार्गबाटै अस्ताम पुग्नुभएको हो। ग्रामीण परिवेशमा रहेको इको भिलेजबाट मौसम खुलेका बेला अन्नपूर्ण हिमशृंखलासँगै पोखराको हेमजा बजार र आसपासका मनोरम दृश्य देख्न सकिन्छ। शान्त र प्राकृतिक वातावरणमा रहेको यो स्थानमा प्रधानमन्त्री शाहले पारिवारिक समय बिताउने बताइएको… पुरा पढौ

पर्यटन चालकका लागि पोखरामा २० घण्टे व्यावहारिक अंग्रेजी भाषा तालिम सुरु (भिडियो सहित) ,गण्डकी प्रदेशमा पर्यटनको अथाह सम्भावना छः मन्त्री रिमाल

दीननाथ बराल पोखरा, भदौ ४ पर्यटन क्षेत्रमा कार्यरत पर्यटक सवारी चालकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा २० घण्टे व्यावहारिक तथा सघन अंग्रेजी भाषा तालिम सुरु भएको छ । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको समन्वय तथा अमेरिकी दूतावास नेपालको सहयोगमा आज (बिहीबार) देखि तालिम सुरु भएको हो । https://www.youtube.com/watch?v=2wA1o3bnGYU तालिम भदौ ८ गतेसम्म पोखरास्थित होटल एलिगेन्समा सञ्चालन हुने भएको नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष रविप्रसाद आचार्यले बताउनु भयो । तालिममा १९… पुरा पढौ

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डलाई इम्बार्क कलेजको साथ,एक जना खेलाडीले १८ लाख सम्मको छात्रवृत्ति पाउने

काठमाडौं, भदौ ०४, नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन गईरहेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २३ औं संस्करण यही भदौ १८ गते काठमाडौंमा आयोजना हुँदैछ । इम्बार्क कलेज अवार्ड कार्यक्रममा'Higher Education Partner'को रुपमा जोडिएको हो ।'Higher Education Partner' बनेबापत मञ्चले छनौट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति ९अधिकतम १८ लाख सम्मको० प्रदान गर्नेछ । मञ्चको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने रिसर्च, तालिम तथा मेन्टरसिप… पुरा पढौ

पर्वतीय दौड प्रतियोगिताको तयारी स्वरूप शनिबार पोखरादेखि पुम्दीकोटसम्म हाईकिङ हुने

पोखरा ४, भदौं, तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता–२०८३ को तयारीस्वरूप आउदो शनिबार पोखरादेखि पुम्दीकोटसम्म हाईकिङ हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको गाउँ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा करिब ७ किलोमिटरको हाईकिङ हुन लागेको आयोजकले जनाएको छ । पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क (ड्यामसाइड) बाट शनिबार बिहान ७ः३० बजे सुरु हुने हाईकिङ रानीवन हुँदै पुम्दीकोटस्थित विशाल महादेवको मूर्तिसम्म पुगेर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’सम्म पुग्नेछ । पदयात्रामा पर्यटनकर्मी, संचारकर्मी, स्थानीयवासीकोे सहभागिता… पुरा पढौ

राइट टु प्रोटिन रनको पाँचौं संस्करण असोज ३ गते पोखरामा हुने करिब ४ हजार धावक सहभागी हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ४ भदौ, प्रोटिनयुक्त आहार, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना हुँदै आएको ‘राइट टु प्रोटिन रन–२०२६’ को पाँचौं संस्करण आगामी असोज ३ गते पोखरामा हुने भएको छ । प्रतियोगितामा करीब ४ हजार भन्दा बढी धावक सहभागिता गराउने लक्ष्य राखिएको आयोजक नेपाल दाना उद्योग संघले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मार्फत जानकारी गराएको हो । https://www.youtube.com/watch?v=kLyUL-MSOiA&t=122s प्रतियोगिता पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने भएको छ भने हाप म्याराथन सहित विभिन्न ८ वटा विधामा… पुरा पढौ

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको सदस्यमा मनोनयन

पोखरा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको आमन्त्रित सदस्यमा मनोनयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको २०८३ जेठ २४ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले आचार्यलाई आमन्त्रित सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले आचार्यलाई मनोनयन गरिएको पोखराक्लिकलाई जानकारी दिँदै महासंघलाई सशक्त रुपमा अघि बढाउने कार्यमा उनको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् । महासंघको सदस्यमा मनोनयन भएपछि… पुरा पढौ

पोखरा–१५ र हरियोखर्क अस्पतालबीच स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि सम्झौता (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २ भदौ, पोखरा महानगरपालिका वडा नं. १५ र आईएनएफ नेपालअन्तर्गत सञ्चालित हरियोखर्क अस्पतालबीच वडाबासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । पोखरा महानगरपालिकाका उप—प्रमुख मञ्जुदेवी गुरुङको उपस्थितिमा मंगलबार आयोजित एक समारोहबीच वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ र हरियोखर्क अस्पतालका निर्देशक, चिकित्सा सेवा विभागका डा.अरुणकुमार बुढाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । https://www.youtube.com/watch?v=UkW2bsrTwr0&t=12s समझदारी अनुसार वडा नं. १५ का नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, रोग रोकथाम… पुरा पढौ

पोखरा–काठमाडौं रुटमा साकुरा होलिडेजको अत्याधुनिक सेवा सहितको बस सेवा सुरु (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १ भदौ, पर्यटकीय राजधानी पोखरालाई काठमाडौंसँग जोड्ने उद्देश्यले साकुरा होलिडेज प्रालिले पोखरा–काठमाडौं रुटमा पर्यटक बस सेवा सञ्चालनमा ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आरामदायी, सुरक्षित र स्तरीय यातायात सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ पर्यटक बस सेवा सुरु गरेकोे कम्पनीले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=67I8SE3RxmE&t=36s पोखरा–काठमाडौं रुटमा सञ्चालनमा ल्याइएको बसमा आरामदायी लक्जरी सिट, वाइफाइ, टेलिभिजन लगायतका सुविधा उपलब्ध रहेको कम्पनीका सञ्चालक राजेन्द्रकुमार पौडेलले बताउनु भयो । नेपालको सडकको अवस्था र यात्रालाई सहज बनाउन आधुनिक प्रविधियुक्त सस्पेन्सन प्रणाली… पुरा पढौ