पर्यटन

बेगनासमा छैटौँ फिस फेस्टिभल सुरु, पर्यटन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा

पोखरा, पोखराको पर्यटकीय गन्तव्य बेगनास तालको पर्यटन प्रवर्द्धन, स्थानीय माछाको बजारीकरण तथा मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता आज (शुक्रबार) देखि सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल किनारमा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन गर्दै नगर प्रमुख आचार्यले पोखराका तालहरूको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउने महानगरको योजना रहेको बताउनुभयो । उहाँले पोखरा… पुरा पढौ

सिद्धि गौचनको १६ औं स्मृति दिवसमा थकाली सेवा समिति पुरस्कृत

पोखरा, १२ कार्तिक, समाजसेवी तथा महिला उद्यमी सिद्धि गौचनको १६ औं स्मृति दिवसमा थकाली सेवा समिति नदीपुर–३, पोखरालाई पुरस्कृत गरिएको छ । विभिन्न भू–भागमा रहेका थकाली समुदायको हकहित, संस्कृति संरक्षण र सामाजिक कल्याणका लागि थकालीहरू बीच सामूहिक भावना तथा सहकार्यको वातावरण सिर्जना गरी २०११ सालदेखि पोखरामा सक्रिय रहेको संस्थाले पु¥याएको अतुलनीय योगदानको कदर गर्दै उक्त पुरस्कार अर्पण गरिएको हो । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित पुरस्कार अर्पण समारोह बीच संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारी, बिम्बकवि रमेश श्रेष्ठ, गण्डकी प्रज्ञा–प्रतिष्ठानका… पुरा पढौ

पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य चयन

पोखरा, १२ कात्तिक, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य पोखरा पर्यटन परिषद् (पीटीसी) को कोषाध्यक्षमा चयन हुनुभएको छ। परिषद्को नयाँ कार्यसमितिलाई पूर्णता दिने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। परिषद्को हालै सम्पन्न २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट हरि भुजेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो। अधिवेशनपछि बाँकी पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा आचार्य कोषाध्यक्षमा चयन हुनुभएको हो। लामो समयदेखि पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सक्रिय आचार्यले यसअघि टान… पुरा पढौ

‘अर्नब’ चक्रवातको अप्रत्यक्ष प्रभावले कास्कीमा भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

पोखरा, ११ कात्तिक, बङ्गालको खाडीमा विकसित शक्तिशाली समुद्री आँधी ‘अर्नब’ चक्रवातको सम्भावित अप्रत्यक्ष प्रभावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबारदेखि शनिबारसम्म मौसम प्रतिकूल हुन सक्ने सम्भावना रहेकाले भारी वर्षा, हिमपात, बाढीपहिरो र हिमपहिरोको जोखिमबाट जोगिन प्रशासनले अनुरोध गरेको हो । मौसम विज्ञान विभागबाट प्राप्त मौसमी बुलेटिनका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार सूचना जारी गर्दै कात्तिक १२ देखि १४ गतेसम्म विशेष सावधानी अपनाउन आग्रह गरेको हो । प्रशासनका अनुसार उक्त अवधिमा… पुरा पढौ

पोखरामा हटएयर बेलुनको सिजन सुरु, दैनिक बिहान र बेलुका ४ वटा फ्लाइट हुँदै

दीननाथ बराल, पोखरा १०, कार्तिक, पोखरामा साहसिक पर्यटनको आकर्षणका रूपमा स्थापित हट एयर बेलुनको नयाँ सिजन सुरु भएको छ । वर्षायामका कारण रोकिएको व्यावसायिक उडान पुनः सञ्चालनमा आएसँगै पर्यटकको आकर्षण बढ्न थालेको हो । अहिले पोखरामा दैनिक बिहान र बेलुका गरी चारवटा उडान सञ्चालन हुँदै आएको वेलुन नेपालले पोखराक्लिकलाई जनाएको छ । यस वर्षको सेप्टेम्बरसम्म करिब ६ सय आन्तरिक तथा बाह्य पर्यटकले हट एयर बेलुनमा उडान गरेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले पोखराक्लिकलाई बताउनु भयो । गत वर्ष सेप्टेम्बरदेखि मेसम्मको… पुरा पढौ

दशैंसंगै पर्यटनमा छायो खुसि, पर्यटन व्यवसायीमा आशा

दीननाथ बराल, पोखरा, ९ कात्तिक, वडा दशैंसंंगै पर्यटनमा खुसियाली छाएको छ । यस वर्षको वडा दशैंको अवसरमा गत बर्षको तुलनामा पोखरा क्षेत्रमा कम पर्यटक आगमन भए पनि पर्यटन व्यवसायमा थप आशा पलाएको हो । यस वर्षको वर्षा, बाढीपहिरो र सडक अवरोधका कारण प्रभावित बनेको पोखराको पर्यटन बजारमा दसैंसँगै चहलपहल बढेसंगै हाल व्यवसायहिरुमा आशा पलाएको हो । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन कम रहे पनि दसैंको टीकापछि होटलमा पाहुनाको उपस्थिति बढ्न थालेसँगै पर्यटन व्यवसायीमा आशा पलाएको हो । विगतका वर्षमा दसैं… पुरा पढौ

पोखरा पर्यटन परिषद्का १० बुँदे माग, सभामुख अर्याललाई बुझाइयो ज्ञापनपत्र

पोखरा, ९ कात्तिक, पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनदेखि पुराना पदमार्गको संरक्षण, पर्यटनमैत्री नीति र कर प्रणालीमा सुधारसम्मका १० बुँदे माग अघि सारेको छ । पोखरा तथा गण्डकी प्रदेशको पर्यटन विकासलाई गति दिने उद्धेश्यले परिषद्का अध्यक्ष हरि भुजेल सहित परिषद्मा आबद्ध विभिन्न पर्यटनसम्बद्ध संस्थाका अध्यक्षहरूले सोमबार पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी पर्यटन क्षेत्रका समसामयिक समस्या र समाधानका उपायबारे छलफल गरेका हुन्। सो अवसरमा परिषद्ले पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकारको… पुरा पढौ

पोखराको दसैं महोत्सवमा रमाए विदेशी पर्यटक, कबडी खेलको रौनक भिडियो सहित

जया पौडेलपोखरा, नेपालको प्राकृतिक सुन्दरतामा रमाउन आउने विदेशी पर्यटकले पोखरामै नेपाली मौलिक संस्कृति र दसैं पर्वको अनुभव लिन पाएका छन्। कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको बाराहीघाटमा आयोजित दसैं पर्यटन तथा सांस्कृतिक महोत्सवमा विदेशी पर्यटकले निधारमा टीका र कानमा जमरा लगाएर नेपाली परम्परासँग साक्षात्कार गरेका हुन्। https://www.youtube.com/watch?v=Pmrm9evJpp0&t=19s महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा भएको महोत्सवले पोखराको पर्यटनलाई हिमाल, ताल, पदयात्रा र साहसिक गतिविधिमा मात्र सीमित नराखी नेपाली संस्कृति, चाडपर्व र परम्परासँग जोड्ने प्रयास गरेको छ। आफ्नो देशमा नेपाली संस्कृति र दसैंका… पुरा पढौ

पोखरामा भोलि हुने दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सवको तयारी पूरा

दीननाथ बराल, पोखरा, ७ कात्तिक, नेपालीको महान् पर्व बडादसैँको सांस्कृतिक रौनकलाई पर्यटनसँग जोड्दै पोखरामा भोलि ९आइतबार० ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३’ आयोजना हुँदैछ । पोखराको लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा हुने महोत्सवको अन्तिम तयारी पूरा भएको आयोजक महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ० ले जनाएको छ । गृहलक्ष्मी ग्यासको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा हुन लागेको महोत्सवले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्वलाई स्वदेशी तथा विदेशी पर्यटक माझ पु¥याउने लक्ष्य राखेको ओटेफकी अध्यक्ष ममता न्यौपानेले बताउनु… पुरा पढौ

दशैंको तेस्रो दिनदेखि पोखरामा चहलपहल बढ्न थाल्यो

पोखरा, ६, कार्तिक, नेपालीहरूको महान् पर्व बडादसैँको टीकाको तेस्रो दिनदेखि पोखरामा चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन घर गएका सर्वसाधारण फर्किन थालेसँगै आन्तरिक पर्यटकको आगमन बढेको र बजार क्षेत्रमा मानिसहरूको आवतजावत बाक्लिन थालेको व्यवसायीहरूले बताएका छन्। दसैँको बिदा मनाएर आफ्नो कर्मथलो फर्किने क्रम सुरु भएसँगै पोखराका मुख्य बजार तथा सडकमा चहलपहल बढ्न थालेको हो। महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, पालिखेचोक, पृथ्वीचोक, न्युरोड, पार्दी, बिरौटालगायतका क्षेत्रमा मानिसहरूको आवतजावत बढेको छ। बजारमा सर्वसाधारणको उपस्थिति बढ्दै गए पनि व्यापारिक गतिविधि भने अझै पूर्ण रूपमा लयमा… पुरा पढौ