शिक्षा

कुमुदिनी होम्स माध्यमिक विद्यालयको ३९ औँ स्थापना दिवसमा सम्मान, पुरस्कार र सहयोग हस्तान्तरण

पोखरा ५, पुस, पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले १२ कक्षा सम्मका उत्कृष्ट १० मा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । शनिबार बिद्यालयको ३९ औं वार्षिकोत्सवमा विविध प्रतियोगिताका साथमा विभिन्न कार्यक्रम सहित १२ कक्षा सम्मका उत्कृष्ट १० मा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । विजयीलाई पुरस्कृत, दीर्घ सेवा गरेका शिक्षक, उत्कृष्ट कर्मचारी र गत वर्षको एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख १ हजार पुरस्कार अर्पण, विद्यालयलाई सहयोग लगायत विभिन्न जातजातिका कलासंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम गरेर ३९… पुरा पढौ

कुमुदिनी होम्सको वार्षिकोत्सबको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

४,पुष, पोखरा पोखरा महानगरपालिका वडा नं। ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिकोत्सबको पूर्व सन्ध्यामा पोखरा महानगरपालिका हेम्जामा अवस्थित मानवसेवा आश्रमलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरेको छ। उक्त सहयोग कार्यक्रममा विद्यालय संस्थापकहरू मिना पालिखे र रश्मि राजभण्डारी तथा शिक्षकहरू मन बहादुर भुजेल,सजनी माजु श्रेष्ठ र विद्यार्थीहरूले आश्रमका वयोवृद्ध मान बहादुर बुढा मगरलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै हरेक वर्ष विभिन्न शैक्षिक संस्था र आश्रमहरूलाई आर्थिक तथा भौतिक सामाग्री… पुरा पढौ

पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २ पुस, पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार २०२ रुपैया प्रदान गर्दै सम्मान अपर्ण गरेको हो । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह… पुरा पढौ

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई सम्मान

पोखरा, पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरिएको छ । माध्यमिक शिक्षा परीक्षा ९(सइई) मा ४ जिपिए अङ्क प्राप्त गर्ने ६७ जना विद्यार्थीहरू र महानगर स्तरीय परीक्षा (कक्षा ८) मा ४ जिपिए अङ्क प्राप्त गर्ने १२ जना विद्यार्थीलाई सम्मान गरिएको महानगरले जनाएको छ । यस्तै कक्षा ८ को परीक्षामा विषयगत रूपमा औसत उपलब्धि हासिल गर्ने ३० जना र एसइई तर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मान गरिएको छ । कक्षा… पुरा पढौ

मदरल्याण्ड साहित्य मेलामा ‘मामुछोरी’ लिटोको कथा

पोखरा, मंसिर २९, पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविमा दुुइदिनसम्म चलेको साहित्य मेलामा सोमबार दोश्रो दिन व्यासायिक सफलता र संघर्षका कथा सुनाइएका छन । उद्यमशिल बन्न निकै नै मेहनत गरेकी बिञ्जुल श्रेष्ठले ‘मामु–छोरी’ ब्राण्डको लिटो उत्पादनदेखि बजारीकरणसम्मको सफलता उक्त अवसरमा विद्यार्थीमाझ बाढिन । त्यसबाहेक पठनशैली र पुस्तक तथा लेखनबारे पोखराका अगुवा साहित्यकारद्वय तीर्थ श्रेष्ठ र सरुभक्तले पनि विद्यार्थीसँग अनुभव साटासाट गरे । विद्यालयले विद्यार्थीमा पठन र लेखनशैलीको विकास गर्नका लागि दोश्रो संस्करणको रुपमा यो पटक पनि साहित्य मेला आयोजना गरेको थियो ।… पुरा पढौ

अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम

पोखरा २८, मंसिर, अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । त्यस्तै एक्स–आर्मी स्कुलका कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गर्नु भयो । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी… पुरा पढौ

आइतबार पोखराको ड्यामसाइडमा चौथो संस्करणको विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने

पोखरा, २७ मंसिर, पोखराको ड्यामसाइड क्लबको आयोजनामा भोलि (आइतबार) पोखराको ड्यामसाइड स्थित माछापुच्छ«े प्रतिबिम्ब पार्कमा खुल्ला विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रमेश प्रसाद बरालले पोखराक्लिकलाई बताउनुभयो। प्रतियोगितामा विभिन्न बिद्यालयका करिब ४० जना प्रतियोगिहरु सहभागि हुने भएको उहाँले जनाउनु भयो । उक्त पार्कमा बिहान ११ बजेदेखि सुरु हुने प्रतियोगितामा करिब २ घण्टा जसो प्रतियोगीहरूले विभिन्न कलाकृतिमा चित्रहरू कोर्ने भएको अध्यक्ष बरालले जनाउनुभयो। त्यसैगरी कार्यक्रमका प्रमुख… पुरा पढौ

दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा तथा खेलकुद प्रतियोगिता सकियो

पोखरा, नेसनल प्याब्सन, कास्कीले आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता – २०८२ सकिएको छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको थियो। अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए भने… पुरा पढौ

पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने( भिडियो सहित)

दीननाथ बराल, पोखरा, २६ मंसिर, पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । आज (शु्क्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी मनाउने भएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=sTyZfB5xfXE स्थापना दिवसको अवसरमा पोखराका विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गरेका व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरिनेछ । यस वर्ष भाषा–साहित्य, कला–संगीत, शिक्षा, स्वास्थ्य, कृषि–उद्यम, सामाजिक सेवा, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, विज्ञान… पुरा पढौ

एन प्याब्सन कास्कीको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव शुरु

पोखरा, नेसनल प्याब्सन, कास्कीको आयोजनामा बुधबार देखि दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव– २०८२ शुरु भएको छ ।महोत्सव मंसिर २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु,… पुरा पढौ