शिक्षा

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

पोखरा, पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसै क्रममा आज (सोमवार) मञ्चको आयोजनामा माध्यमिक तह (९—१२) स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । शिक्षकहरू दिपेन्द्र थापा मगर र दिपक के. सी. निर्णायक रहनुभएको प्रतियोगितामा कक्षा ११ विज्ञान संकायका सन्दिप अधिकारी प्रथम , कक्षा ११ विज्ञान संकायकै सलिना खत्री द्वितीय , कक्षा १२ विज्ञान संकायका अर्जुन विश्वकर्मा तृतीय र कक्षा ११ विज्ञान संकायकी नम्रता अधिकारी… पुरा पढौ

सहारा विद्यालयमा सहारा युके, हङकङ , अष्ट्रेलिया र तमु धीँ युकेको टोलिलाई बधाई तथा स्वागत

पोखरा, पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले सहारा यु.के, हङकङ,अष्ट्रेलिया लगाएत तमु धिँ यू.के का पदाधिकारीहरुलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । विद्यालयका अध्यक्ष विक्रम थकाली, प्र.अ. लोचना अधिकारी र पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामूहिक रुपमा नवनिर्वाचित सहारा यु.के.का अध्यक्ष शारदा गुरुङ, हङकङका अध्यक्ष सरोज गुरुङ (.खम) र अष्ट्रेलियाका अध्यक्ष सिद्दार्थ पौडेल सहितको टोलिलाई विद्यालयमा स्वागत गरेको थियो । सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्दार्थ पौडेलले विद्यालयको न्यानो… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टको दीक्षान्त समारोह सम्पन्न ः विद्यार्थीहरुको उज्वल भविष्यको कामना

फाल्गुण ९,पोखरा पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेन्टको दीक्षान्त समारोह–२०८२ शनिबार पोखरामा सम्पन्न भएको छ । बिबिए तर्फ ५८ र बिसिआईएस तर्फ ७ जना गरी कुल ६५ दीक्षित विद्यार्थीहरूलाई उक्त समारोहमा प्रमाणपत्र वितरण गरियो । दीक्षित विद्यार्थीमध्ये ९ जना उत्कृष्ट अंक प्राप्त गर्दै डिन्स लिस्टमा पर्न सफल भएका थिए । विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्राध्यापक डा. ज्ञानेश्वर शर्मा, कलेज सञ्चालक समितिका पूर्व अध्यक्ष प्रोफेसर डा. टंकनाथ शर्मा, कलेज सञ्चालकहरू सुरेश प्रकाश चटौत, समिर शर्मा लगायतले… पुरा पढौ

निर्वाचनमा सक्रिय रुपमा सहभागि हुन प्रधानमन्त्री कार्कीको आह्वान,

दीननाथ बराल पोखरा, ८ फागुन प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र सुदृढीकरण तथा सुशासनको लागि यही फागुन २१ हुने निर्वाचनमा सबै जना सक्रिय रुपमा सहभागि हुन आव्हान गर्नु भयो । पोखरा विश्वविद्यालय को २१ औँ दीक्षान्त समारोहलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै विश्वविद्यालयकी कुलपति समेत रहनु् भएको प्रधानमन्त्री कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निर्वाचन अत्यन्त महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै निर्वाचनमा सबै सक्रिय रुपमा सहभागि हुन आह्वान गर्नु भएको हो । प्रधानमन्त्री कार्कीले युवा पुस्तालाई भविष्यका राजनेता, नीति–निर्माता… पुरा पढौ

कुमुदिनी होम्समा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ

पोखरा, ८,फागुन पोखरा महानगपालिका वडा नं।४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिकाअनुसार शुक्रवार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । हरेक वर्ष विद्यालयले वार्षिक कार्यतालिकामा नै समावेश गरेर विद्यार्थीहरूमा सामान्य ज्ञानको दायरा फराकिलो होस् र विद्यालय र विद्यार्थीहरू बिचमा आपसी भाइचाराको सम्बन्ध बढोस् भन्ने मूल उद्देश्य राखेर पोखरामा रहेका विभिन्न विद्यालयहरू बिच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । चौँथो संस्करणको प्रतियोगितामा आयोजक कुमदिनी होम्सका सक्षम गैह्रे, रिवाज लामिछाने र… पुरा पढौ

पर्यटन व्यवसायी जितु गुरुङ परिवारद्वारा कृष्ण प्रमोद प्रा.वि.मा डेढ लाखको अक्षयकोष, कम्प्युटर हस्तान्तरण

दीननाथ बराल,पोखरा, ८, फागुन, लमजुङको दोर्दी गाउँपालिका–३ स्थित मञ्जाङ लामागाउँमा रहेको कृष्ण प्रमोद प्रा.वि. लाई पोखराका पर्यटन व्यवसायी तथा वरपिपल रिसोर्टका सञ्चालक अमरजङ गुरुङ (जितु) परिवारले डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुका साथै दुई थान कम्प्युटर, एक थान प्रिन्टर, खेल पोशाक हस्तान्तरण गर्नुभएको छ । विद्यालयको ५० औँ स्वर्ण जयन्ती तथा अभिभावक दिवसको अवसर पारेर गुरुङ र उहाँकी धर्मपत्नी शिला गुरुङले स्वर्गीय बुबा–आमाको स्मृतिमा रु. १ लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा… पुरा पढौ

कुमुदिनीमा जेनेरेटिभ एआई शिक्षण कार्यशाला

पोखरा, ७ फागुन पोखराको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज (बिहीवार) विद्यालयका शिक्षकहरूका लागि जेनेरेटिभ एआई शिक्षणबारे एक दिने कार्यशाला गरिएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले कार्यशालाका लागि आउनु भएका दुई जना विज्ञलाई स्वागत गर्दै आधुनिक प्रविधिको विकाससँगै शिक्षकहरू पनि प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पालिखेले अबको शिक्षा परम्परागत तरिकाले मात्र सम्भव नभएको बताउनुभयो। “हामी त्यस्तो युगमा छौँ जहाँ विद्यार्थीहरू सूचना प्रविधिसँग निकै नजिक छन्। यदि शिक्षकले समयअनुसार आफूलाई अपडेट गरेनन् भने उनीहरू विद्यार्थीभन्दा पछि पर्ने डर हुन्छ… पुरा पढौ

नेसनल प्याव्सनको गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर

पोखरा, गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङ चयन भएका छन् । बुधवार पोखरामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले यस अघि गण्डकी प्रदेश सचिव रहेका तनहुँका गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहानको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कास्कीका चेतनारायण भण्डारी,सचिवमा तनहुँका बालचन्द्र घिमिरे,कोषाध्यक्षमा नवलपूरका शिव गुरुङलाई चयन गरेको छ । यसै गरी सदस्यहरुमा तनहुँका तारा भट्टराई, बागलुङ्गका गण्ोश मल्ल,कास्कीका प्रेम भण्डारी र भोजराज अधिकारी… पुरा पढौ

पोखरामा मापसे गरेर स्कुल बस चलाउने पुनः ५ जना चालक पक्राउ

पोखरा, ५ फागुन, जिल्ला प्रहरी कार्यालय, कास्कीले मादक पदार्थ सेवन ९मापसे० गरी स्कुल बस चलाउने पाँच जना चालकलाई पुनः नियन्त्रणमा लिएको छ। सोमबार अनुगमनका क्रममा पाँच चालक कारबाहीमा परेका भोलिपल्ट पुनः थप पाँच जना फरक बिद्यालयका बस चालक मापसे गरेको अवस्थामा भेटिएपछि कारबाही गरिएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ। पोखराका विभिन्न स्थानबाट स्कुल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको जनगुनासो आएपछि आज ९मंगलबार० बिहान करिब ४ बजे ट्राफिक प्रहरीसहित संयुक्त चेकिङ टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा पाँच… पुरा पढौ

पोखराका केही विद्यालय बस चालक नै मापसेमा परे, पोखरा महानगरको चासो

दीननाथ बराल, पोखरा, ४ फागुन, पोखराका केही विद्यालय बस चालकहरू नै मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गरेका छन् । ट्राफिक प्रहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको चेकिङमा पोखराका केही स्कुल बसका चालकहरुले नै मापसे गरेर बस संचालन गरेको पुष्टि भएको हो । स्कुल बस चालकहरूले मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी साधन चलाउने गरेको गुनासो व्यापक आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले चेकिङ गर्ने अभियान सुरु गरेको हो । आज (सोमबार) बिहान करिब ९ः३० बजे जिल्ला प्रहरी… पुरा पढौ

This will close in 20 seconds