
पोखरा,
पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले सहारा यु.के, हङकङ,अष्ट्रेलिया लगाएत तमु धिँ यू.के का पदाधिकारीहरुलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । विद्यालयका अध्यक्ष विक्रम थकाली, प्र.अ. लोचना अधिकारी र पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामूहिक रुपमा नवनिर्वाचित सहारा यु.के.का अध्यक्ष शारदा गुरुङ, हङकङका अध्यक्ष सरोज गुरुङ (.खम) र अष्ट्रेलियाका अध्यक्ष सिद्दार्थ पौडेल सहितको टोलिलाई विद्यालयमा स्वागत गरेको थियो ।
सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्दार्थ पौडेलले विद्यालयको न्यानो आतिथ्यप्रति धन्यवाद व्यक्त गरे साथै फुटवलको माध्यमवाट विश्वमाझ परिचित सहारा क्लबको शाखाको जिम्मेवारीले आफूलाई अझ खेलक्षेत्रमा कामगर्ने प्रेरणा मिलेको बताए । सहारा क्लब अङकङका अध्यक्ष सरोज गुरुङले विद्यालयले विक्रम थकालीको नेतृत्व प्रगति गरेको देख्दा निकै खुशी व्यक्त गरे । तमु धीँ यू.के.का उपाध्यक्ष कमल गुरुङले आगमि दिनमा विद्यालयमा सहयोग गर्ने इच्छा रहेको बताइ र विद्यालयको वस्तु अवस्था आफ्नो कमिटिमा राख्ने प्रतिवद्दता व्यक्त गरे साथै तमु धीँ एक जातिय संस्था नभई सामाजिक संस्था भएको वताए । सोहि क्रममा विद्यालयका अध्यक्ष विक्रम थकाली मार्फत सहारा यु।के र सहारा क्लब पोखरासंग सम्वन्ध स्थापित भएको वताउँदै यस विद्यालयसंग पनि उहाँकै समन्वयमा जोडिएको वताए ।
त्यसैगरि सहारा यु।के।का नवनिर्वाचित अध्यक्ष शारदा गुरुङले विद्यालयमा दिवा छात्रावास सञ्चालन गरेकोमा वडालाई धन्यवाद व्यक्त गर्दै सहारा क्लब संगसंगै सहारा विद्यालय पनि जोडिएको हुँदा साथ र सहयोगमा आगमि दिनमा क्लवका साथसाथै विद्यालयमा पनि जोड्न पहल गर्ने धारणा राखे । गतवर्ष सहारा यु।के।ले विद्यालयमा रू ३ लाख वरावरको पुस्तकालय स्थापना गरेको थियो । पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विदेशमा वस्नुहुने नेपालीहरुले देशको माया गरेर विभिन्न कार्यक्रमहरु लिएर आउने अतिथीहरुलाई विद्यालयमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे त्यसैक्रममा नवनिर्वाचित तीनओटै क्लबका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै विद्यालयको अभिभावकिय संस्था स्थानीय तह भएको हुँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वडा सदैव साथमा रहेको बताए ।
कार्यक्रमका क्रममा कार्यक्रममा उपस्थित सहारा यु.के, तमु धीँ युके पदाधिकारीहरु शारदा गुरुङ, कृष्ण गुरुङ (कृष) ल्याप्टेन कुसाङ गुरुङ, महेश गुरुङ, क्याप्टेन पिताम्वर गुरुङ, हरि कुमार श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, वाचिस्पति रेग्मी तमु धीँ युकेका उपाध्यक्ष कमल गुरुङ, महेन्द्र गुरुङलगाएत पदाधिकारीहरुले नगद रू। ५५ हजार रुपैया विद्यालयलाई सहयोग प्रदान गरे भने सहारा हङकङका अध्यक्ष सरोज गुरुङ ९खम०ले विद्यालयलाई रु ५१ हजार रुपैया प्रदान गर्ने घोषणा गरे ।
कार्यक्रमको समापनको क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले विद्यालयको निमन्त्रणा स्विकारेर पाल्नुहुने अतिथीहरुलाई धन्यवाद दिए । साथै विद्यालयमा आफ्नो नेतृत्वको अवधिमा साथ र सहयोग प्रदान गर्ने विभिन्न दाताहरुलाई स्मरण गर्दै धन्यवाद दिदै नवनिर्वाचित तीनओटै क्लबका र तमु धीँ यु।केका पदाधिकारीहरुको सफल कार्यकालकको कामना गरे । विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सहारा यु।के, हङकङ, अष्ट्रेलियाका अध्यक्ष तथा पदाधिकारीहरु, सहारा क्लबका अध्यक्ष तथा पदाधिकारीहरु, तमु धीँ युकेका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, सल्लाहकारहरु, लगायतको उपस्थिति रहेको थियो ।





