
कास्की,
भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले पोखराको सगरमाथा माध्यमिक विद्यालयले ५ लाख सहयोग गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय स्वयंको संयुक्त पहलमा रु ५ लाख १ हजार ५ सय ५५ रुपैयाँ हिसान कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरिएको बिद्यालयले जनाएको छ ।
प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितीको सामना गरेका नागरिकको पीडामा साथ दिन विद्यालय परिवारले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको विद्यालयका प्रिन्सिपल धनबहादुर थापाले जानकारी दिनुभयो । विद्यार्थीहरूमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र विपद्का बेला एकअर्कालाई सहयोग गर्ने संस्कार विकास गर्ने उद्देश्यले पनि यस अभियानलाई अघि बढाइएको विद्यालयले जनाएको छ।




