शिक्षा

गुणस्तरीय शिक्षाले रित्याएका गाउँहरू पुनः भरिनेछन् ः मन्त्री बस्याल, स्याङजा कालीगण्डकीको शिक्षामा सुधार गर्न भारतका प्रशिक्षक शुक्ला कास्कीको लुम्लेमा

दीननाथ बराल,लुम्ले (कास्की),२२ असार, गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गाउँहरू रित्याउनुको प्रमुख कारण शिक्षा र स्वास्थ्यको कमजोर अवस्था भएको उल्लेख गर्दै, गुणस्तरीय शिक्षा मार्फत गाउँहरूलाई पुनः जीवन्त बनाउन सकिने धारणा व्यक्त गरेका छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कास्कीको कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा आयोजना गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रम दृष्टिकोण निर्माण सम्बन्धी पाँच दिने कार्यशालाको आज (आइतबार) समापन कार्यक्रममा बोल्दै मन्त्री बस्यालले ग्रामीण क्षेत्रको समृद्धिको मूल आधार शिक्षा प्रमुख रहेको दाबी गरेका हुन् । “गाउँमा गुणस्तरीय शिक्षा दिने वातावरण बनेमा… पुरा पढौ

एसईई पास भएका विद्यार्थीहरूलाई हिमालयन बोर्डिङले सम्मान गर्दै बिदाई गर्यो

पोखरा, पोखरा घारीपाटनमा रहेको हिमालयन बोर्डिङ स्कुलले यस बर्ष एसईई परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान तथा बिदाई गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका कार्यबहाक प्रमुख बद्रीनाथ सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज बराल लगायतले उत्कृष्ट नतिजा प्राप्त गरेका सबै विद्यार्थीहरूलाई सम्मान गरिएको बिद्यालयका प्रिन्सिपल डा.टेकनारायण पौडेलले बताउनु भयो । बिद्यालयका २ जना विद्यार्थीले फो जीपीए प्राप्त गर्नु भएको थियो। कार्यक्रमले सम्पूर्ण विद्यालय परिवारको परिश्रम, शिक्षण वातावरण र विद्यार्थीहरूको लगनशीलतालाई उच्च सम्मान दिएको उहाँले बताउनु भयो । कार्यक्रममा विद्यालय… पुरा पढौ

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

पोखरा, पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा– ८ फिर्के स्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थी सम्मान गरेको हो । विदाई कार्यक्रममा शुक्रबार प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले सिप र ज्ञान हाँसिल गरेका विद्यार्थीहरुको पहिलो रोजाई स्वदेश नै हुनुपर्ने बताए । देशमा दक्ष जनशक्तिको खाँचो रहेका बताएका उनले… पुरा पढौ

५३ बर्षमा बिद्यालयमा अध्ययन सुरु गर्नु भएको गोमा पराजुलीद्धारा ५० हजारको अक्षयकोष स्थापना

पोखरा, पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । पोखरा १७ तल्लो विरुवा निवासी उहाँले आप्mनो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवम् विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाको अक्षयकोषको स्थापना गर्नुभएको हो । गोमा फाउण्डेशनका अध्यक्ष समेत रहनु भएका उहाँले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेललाई सामुहिकरुपमा हस्तान्तरण… पुरा पढौ

सृजना मा.वि.मा विद्यार्थी सम्मान तथा बधाई ज्ञापन

पोखरा, पोखरा– ८, सृजनाचोक, शान्तिमार्ग स्थित सृजना सेकेण्डरी स्कूलले विद्यार्थी सम्मान तथा बधाई ज्ञापन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस्‌ईई) २०८१ मा सम्मिलित भई ४ जिपिए सहित उत्कृष्ट नतिजा प्राप्त गरेर विद्यालयको गरिमा उच्च सफल भएका सम्पूर्ण विद्यार्थीहरूका लागि बधाई तथा सम्मान कार्यक्रम गरी विद्यार्थीलाई सम्मान गरेको हो । विद्यालयका निर्देशक सीता पाण्डेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा एस्‌।ई। ई। उत्तीर्ण विद्यार्थीहरूका अभिभावक तथा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य डोलराज पाण्डे र सल्लाहकार… पुरा पढौ

कास्की मादी गाउँपालिकाको बजेट सार्वजनिक, तेस्रो सन्तान जन्माउनेलाई ५० हजार, २० बर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १५ हजार प्रोत्साहन

दीननाथ बराल,पोखरा, १७ असार, कास्कीको मादी गाउँपालिकाले अन्ततः एक साता ढिलो गरी आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ६० करोड ५० लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक राजनीतिक विवादका कारण स्थगित भएको गाउँसभा संचालन गर्ने सहमती पछि आज (मंगलबार) पालिका उपाध्यक्ष कल्पना गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। उक्त बजेट मध्य चालु प्रशासनिक खर्चतर्फ १४ करोड ३० लाख, वडाका लागि १९ करोड २० लाख र विभिन्न शाखातर्फ १८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको उनले जनाइन्… पुरा पढौ

एसईईमा कास्कीबाट १८ जना सामुदायिक बिद्यालयका बिद्यार्थी सहित ६४ जनाले फो जिपिए प्राप्त गरे, अम्मरसिंह र मदरल्याण्ड धेरै फो जिपिए ल्याउने बिद्यालय

दीननाथ बराल, पोखरा १४, असार, यस बर्षको एसईई परिक्षा (२०८२) बाट कास्कीका ८ वटा सामुदायिक बिद्यालयका १८ जना बिद्यार्थीले फो जिपिए ग्रेड प्राप्त गर्नु भएको छ । त्यसै गरी कास्कीका २१ वटा नीजि बिद्यालयका ४६ जनाले फो जिपिए ग्रेड प्राप्त गरेका हुन् । कास्कीमा यस बर्षको एसईईबाट ६४ जनाले फो जिपिए ग्रेड प्राप्त गर्नु भएको हो । सामुदायिक तर्फ पोखराको अम्मरसिंह नमुना माविबाट सबै भन्दा धेरै ५ जना र नीजि तर्फ भने पोखराको मदरल्याण्ड माविका ११ जनाले फो जिपिए ग्रेड… पुरा पढौ

भद्रकाली माविका ४ जनाले ल्याए फो जिपिए, ८६ विद्यार्थी उत्तीर्ण

पोखरा, असार १४, पोखरा–१३ स्थित भद्रकाली माध्यमिक विद्यालयका बिद्यार्थीहरुले यस बर्षको एसईई (२०८२) मा ४ जनाले फो जिपिए ल्याउनु भएको छ । सृष्टि अधिकारी, प्रेरना परियार, सिजन ढेवाजु र प्रिया मगरले फो जिपिए ल्याउनु भएको बिद्यालयले जनाएको छ । यस बर्षको एसईईमा १ सय जना बिद्यार्थीहरु सहभागि भएकोमा ८६ जना विद्यार्थी उत्तीर्ण हुनु भएको छ, जसमा २० जनाले ३.६० भन्दा माथि ल्याउनु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार… पुरा पढौ

हिमालयन बोर्डिङ स्कुलका दुई छात्राले फो जिपिए सहित उत्कृष्ट नतिजा ल्याए

पोखरा, शिक्षा केवल किताबी ज्ञान होइन, यो एक जीवनदर्शन हो — यही मूल मन्त्रका साथ अगाडि बढ्दै आएको हिमालयन बोर्डिङ स्कुल, पोखरा–१७, घारीपाटनले २०८२ सालको परीक्षामा दुई जना छात्राले उत्कृष्ट नतिजा ल्याउन सफल हुनु भएको छ । सोनिया गुरुङ र रोसिका न्यौपानेले यस बर्षको एसईईको परिक्षामा फो जिपीए ल्याउदै आफ्नो बिद्यालयलाई पनि देशकै उत्कृष्ट सूचीमा पार्न सफल भएको बिदालयका प्राचार्य डा. टेकनारायण पौडेलले बताउनु भयो । उहाँहरुले २०७९ मा कक्षा ८ को नतिजामा पनि ४ जि पि ए ल्याउन सफल… पुरा पढौ

पोखरा सहित कास्कीका कुन कुन बिद्यालयका कति बिद्यार्थीले प्राप्त गरे फो जिपिए !

पोखरा १३, असार, पोखराको मदरल्याण्ड स्कुलका ११ जना बिद्यार्थीहरुले यस बर्षको एसईई परिक्षामा फोजिपिए ल्याउनु भएको बिद्यालयका प्राचार्य नारायण बरालले बताउनु भयो । त्यसै गरी पोखराको फिस्टेल एकेडेमीका ४ जना बिद्यार्थीले फो जिपिए ल्याउन सफल भएको बिद्यालयका प्रिन्सिपल चिनु रानाभाटले बताउनु भयो । त्यसै गरी भद्रकालि माध्यामिक बिद्यालयबाट ४ जनाले फो जिपिए ल्याएको बिद्यालयले बताएको छ । सृष्टि अधिकारी, प्रेरना परियार, सिजन ढेवाजु र प्रिया मगरले फो जिपिए ल्याउनु भएको बिद्यालयका शोभाकान्त सिग्देलले बताउनु भयो । जनप्रिय माविका ४ विद्यार्थीले… पुरा पढौ