शिक्षा

प्रतिभा माविमा गणित हाजिरीजवाफ

पोखरा, माघ १३, विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन यहाँस्थित प्रतिभा माविले मंगलबार गणित सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिताको प्रमुख अतिथि हिसान केन्द्रीय कार्यसमितिका सल्लाहकार बाबुराम पन्तले उद्घाटन गरेका थिए । प्राचार्य… पुरा पढौ

कुमदिनी होम्समा सरस्वती पूजा र महाआरती

पोखरा, सरस्वती पूजा (श्रीपञ्चमी) माघ शुक्ल पञ्चमीका दिन विद्या, बुद्धि, कला र संगीतकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने प्रमुख पर्व हो। यस दिनलाई वसन्त ऋतुको सुरुवात (वसन्त पञ्चमी) मानिन्छ। विद्यार्थी, कलाकार र शिक्षकहरूले कलम, कापी, वाद्ययन्त्र आदिको पूजा गर्छन् र बालबालिकालाई अक्षराम्भ (अक्षर चिन्न सुरु) गराउने चलन छ। यसै मान्यताअनुसार पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सरस्वती पूजा र आरती भव्यताका साथ सम्पन्न भएको छ । विगतमा जस्तै… पुरा पढौ

पोखरा महोत्सव सुरु, ५ घण्टासम्म र्याली, भविश्य निर्माणको लागि चुनावमा सहभागि हुन मन्त्री श्रेष्ठको अपिल (भिडियो सहित)

पोखरा, पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन । https://www.youtube.com/watch?v=d1LgQ_r1f9I महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवको स्थापना कालीन समयमा समेत आफुले सहयोग गरेको स्मरण गर्दै हाल उक्त महोत्सवले पोखराको ब्राण्ड नै बनेको जनाइन् । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ रहेको थियो । आफुले पोखरामा… पुरा पढौ

शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान

पोखरा, पुस २७, नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद् आइतवार पोखरामा सम्पन्न भएको छ । नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशस्त लगानी भएर पनि सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा दिन नसकेको अवस्थाप्रति शिक्षक महासङ्घले विशेष ध्यान दिनुपर्ने धारणा राखे । विद्यालयको प्रधानाध्यापकले असल नेतृत्व दिन सक्दा विद्यालयको गुणस्तर राम्रो हुने सोचले महानगरले प्रधानाध्यापकका लागि केही मात्रामा भए पनि प्रोत्साहन रकम प्रदान गरेको आचार्यले बताए । शिक्षा विकास तथा समन्वय एकाइ,… पुरा पढौ

विश्व ब्रेल दिवसका अवसरमा सस्वर ब्रेल पठन प्रतियोगिता

पोखरा, २० पुस, २१७ औं लुइ जयन्ती तथा विश्व ब्रेल दिवसको अवसरमा कास्की नेत्रहिन संघको आयोजनामा शनिबार पोखरामा दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीको बीचमा सस्वर ब्रेल पठन प्रतियोगिता गरिएको छ । पोखरास्थित अमरसिंह माध्यमिक विद्यालय र कुँडहर आधारभुत विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा १ देखि ६ र कक्षा ७ देखि ११ सम्म गरि दुई चरणमा ब्रेल सस्वर पठन प्रतियोगिता गरिएको थियो । कक्षा १ देखि ६ सम्मको प्रतियोगितामा अमरसिंह मा.वि. कक्षा ५ का गगन सिंह तामाङ र कक्षा ५ कै… पुरा पढौ

छोरेपाटन मा.विको ४७ औं वार्षिकोत्सव

पोखरा, १८ पुस, पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार सम्पन्न भयो । वार्षिकोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विद्यालयलाई समग्र पोखरा क्षेत्रकै गर्व लायक शैक्षिक संस्थाको संज्ञा दिर्दै त्यसको पुष्टी विद्यालय प्रति अभिभावकको विश्वास एवम् विद्यार्थी आकर्षणले दिएको बताए।प्रमुख आचार्यले पातले छागोका विषयमा विद्यालय र महानगर बीच भएको सहमति कार्यान्वयन हुने विश्वास दिलाउँदै उक्त सम्झौता विद्यालय हितमा भएको पनि स्पष्ट पारे। वडाध्यक्ष राधिका शाही योगीले छोरेपाटन नमूना शैक्षिक संस्था रहेका… पुरा पढौ

जानकी मावि व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद बास्तोला

पोखरा, १६ पुस, पोखरा महानगरपालिका–१७ स्थित महतगौडामा रहेको जानकी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको एक भेलाले बास्तोलालाई आगामी कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । वडा अध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष राधिका कुमारी शाही योगीको उपस्थितिमा गठन गरिएको नयाँ समितिमा सदस्यहरूमा सिता काफ्ले भण्डारी, देवीलाल शर्मा भण्डारी, मना श्रेष्ठ र नर्मदा केसी रहेका छन् । विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी प्रचलित व्यवस्थाअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको भेलाबाट तीन जना… पुरा पढौ

पोखरामा शनिबार नेवारी सांस्कृतिक उत्सव एवं ‘झोः भ्वयः’ हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १७ पुस नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी सांस्कृतिक उत्सव ‘झोः भ्वयः’ (नेवारी परम्परा भोज) को चौथो संस्करण यही पुस १९ गते (शनिबार) आयोजना हुने भएको छ । पोखरा ३ मा रहेको भीमसेनटोल स्थित नेवा छेंमा हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष संगीता बज्राचार्यले आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो । https://www.youtube.com/watch?v=4txRj-5bZ3s नेवार तथा गैरनेवार समुदायका १ हजार ५ सय जना भन्दा बढीको सहभागिता हुने गरी तयारी गरिएको… पुरा पढौ

ताल बाराही माविको वार्षिकोत्सव

पोखरा, पुष १५, पोखरा महानगर पालिका वडा नं–६ बैदाममा अवस्थित ताल बाराही माविको ६८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगर पालिका वडा नं–६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले शिक्षाको विकास विना केही पनि कल्पना गर्ने नसकिने बताए । समय सापेक्ष शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यार्थीहरूलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रधान गरी दक्ष, सक्षम र नैतिकवान् नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दायित्व रहेको सुनाए । अध्यक्ष भट्टराईले… पुरा पढौ

शिव शक्ति क्याम्पसका विद्यार्थीलाई रोजगारको ग्यारेन्टीः नवनिर्वाचित अध्यक्ष विशाल

पोखरा, शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित उनले आइतबार पदस्थापन समारोहमा उक्त कुरा दोहोर्‍याएका हुन् । कामना बैंकका पूर्व महाप्रबन्धक एवं पूर्व प्रदेश प्रमुखसमेत रहेका उनको बैंक वित्तीय संस्था, शिक्षा, सामाजिक एवं राजनीतिक क्षेत्रमा राम्रो पहुँच छ । उनले विद्यार्थीमाझ भने, ‘मैले सधैँ भन्दै आउने गरेको छु, यहाँहरुले उत्कृष्ट नतिजा हासिल गर्नुभयो भने बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, शैक्षिक… पुरा पढौ

This will close in 20 seconds