पोखरामा शनिबार नेवारी सांस्कृतिक उत्सव एवं ‘झोः भ्वयः’ हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष १७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १७ पुस

नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी सांस्कृतिक उत्सव ‘झोः भ्वयः’ (नेवारी परम्परा भोज) को चौथो संस्करण यही पुस १९ गते (शनिबार) आयोजना हुने भएको छ । पोखरा ३ मा रहेको भीमसेनटोल स्थित नेवा छेंमा हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष संगीता बज्राचार्यले आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो ।

नेवार तथा गैरनेवार समुदायका १ हजार ५ सय जना भन्दा बढीको सहभागिता हुने गरी तयारी गरिएको उहाँले जनाउनु भयो । हालसम्म १ हजार २ सय जनाले कार्यक्रममा सहभागिता जनाउने पक्का भएको उहाँले जनाउनु भयो । नेवारी समुदायको संस्कार, संस्कृति र खानपानको संरक्षण तथा प्रवद्र्दन गर्ने उद्देश्यले तीन–तीन वर्षमा एकपटक झ्व भ्वय आयोजना गर्दै आएको बताउदै उहाँले २०७२ सालदेखि उक्त कार्यक्रमलाई सुरु गरिएको बताइन्छ । सांस्कृतिक मूल्य र परम्परागत खानपान युवापुस्तासम्म पुरÞ्याउने लक्ष्य समेत राखिको अध्यक्ष बज्राचार्यले बताउनु भयो । नेवारी समुदायका लागि सांस्कृतिक पहिचान मात्र नभई जाडो महिनामा अनिवार्य भोजको धार्मिक–सांस्कृतिक परम्परा समेत जोडिएको उहाँले बताउनु भयो ।

“हाम्रो फुड कल्चर, संस्कार र प्रचलन नयाँ पुस्ताले प्रत्यक्ष अनुभूति गर्न पाओस् भनेर कार्यक्रमलाई अझ प्रभावकारी बनाएका छौँ,”– अध्यक्ष बज्राचार्यले भन्नुयो । शनिबार हुने उक्त झ्व भ्वयमा १ हजार ५ सय भन्दा बढी सहभागीलाई परम्परागत ढंगले स्वागत र भोज गराउने भएको छ । नेवार तथा गैरनेवार सबैका लागि खुला रहने कार्यक्रममा वासा सगुनबाट स्वागत गर्दै नेवारी पक्वानका सुकेला, ग्रेभीयुक्त, झोलिला परिकार क्रमशः खुवाइने भएको अध्यक्ष बज्राचार्यले बताउनु भयो ।

भोजसँगै निरन्तर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने संयोजक सोनी ढेवाजुले बताउनुभयो । नेवारी गीत–संगीतमा विगत महिनाहरुमा चर्चामा रहनु भएको निसा देशार, रामभत्त जोजिजू, इतु जोजिजू लगायत कलाकारहरूले प्रस्तुती हुने भएको छ ।नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले झ्व भ्वय कार्यक्रमले नेवारी भाषा, संस्कार र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो । उक्त कार्यक्रम नयाँ पुस्ताका लागि नेवारी संस्कृतिको जीवन्त बिद्यालय जस्तै रहेको उहाँको आशाय थियो ।त्यस्तै विशेष सहयोगीका रुपमा पोखरा महानगरपालिका–९ को कार्यालय रहेको महासचिव किरण बिजुक्छेले बताउनु भयो । उक्त भोजमा सहभागि हुनको लागि प्रति व्यक्ति ८ सय ५० रुपैयाको शुल्क निर्धारण गरिएको छ । कार्यक्रमको मुख्य प्रायोजन फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर गैह्रापाटनले गर्ने भएको छ ।