
पोखरा,
लायन्स क्लब अफ पोखरा सेतिगंगाले पोखरा ९ वसपार्कको सहारा बाल आधारभूत विद्यालयका ३४ जना विद्यार्थीहरुलाई जाडोमा न्यानो साथ कार्यक्रम अन्तरगत जुत्ता र मोजा प्रदान गरेको छ । एक कार्यक्रमका विच क्लबका एक पदाधिकारी की छोरी सरिष्मा शेरचनको जन्मदिनको पावन अवसरमा विद्यार्थीहरुलाई प्रदान गर्दा निकै खुशी भएको क्लबका अध्यक्ष सरस्वती गरुङले बताईन् ।
देशकै सुगम स्थान पोखरामा पनि अति कठिन परिवारका वालबालिकाहरु अध्ययन गर्ने गरेको र विद्यार्थीको अवस्था देख्दा भावुक भएको क्लबका उपाध्यक्ष सृजना हिराचनले बताइन् । साथै आगमी दिनमा पनि थप कार्यक्रम सहित विद्यालयमा आउने प्रतिवद्दता समेत व्यक्त गरिन । विद्यालयको परिवेशलाई जोडेर स्वागत मन्तव्य राखेकी विद्यालय प्रधानाध्यापक लोचना अधिकारीले सहयोगी क्लबलाई धन्यवाद व्यक्त गर्दै बालबालिकाहरुलाई जाडोमा न्यानो जुत्ता र मोजा प्रदान गर्दा विद्यार्थीहरु निकै खुशी भएको बताइन् ।
विद्यालय व्यवस्थपन समितिका अध्यक्ष विक्रम थकालीले जन्मदिनको उपलक्ष्यमा सरिषा शेरचनले समाज सेवा गर्ने मनोभावना राखि विद्यालयमा कार्यक्रम राखेकोमा खुशी व्यक्त गर्दै शेरचनलाई समाजसेवामा प्रेरित गर्ने अभिबावक र क्लबलाई धन्यवाद का साथ जन्मदिनको शुभकामना व्यक्त गरे।साथै विद्यालयमा पवित्र उद्देश्यका साथ सेवा गर्नेका लागी सदैव स्वागत गर्ने तत्पर रहेको वताए । क्लबका अध्यक्ष सरस्वती गुरुङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विद्यालयका अध्यक्ष विक्रम थकाली, प्रधानाध्यापक लोचना अधिकारी, शिक्षक प्रतिनिधी राजु कार्की सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापा, लायन्स क्लब सेतिगंगाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।




