पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई सम्मान

-


     पोखरा क्लिक     
     पौष २ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरिएको छ । माध्यमिक शिक्षा परीक्षा ९(सइई) मा ४ जिपिए अङ्क प्राप्त गर्ने ६७ जना विद्यार्थीहरू र महानगर स्तरीय परीक्षा (कक्षा ८) मा ४ जिपिए अङ्क प्राप्त गर्ने १२ जना विद्यार्थीलाई सम्मान गरिएको महानगरले जनाएको छ ।

यस्तै कक्षा ८ को परीक्षामा विषयगत रूपमा औसत उपलब्धि हासिल गर्ने ३० जना र एसइई तर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मान गरिएको छ । कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा, एसइई तर्फ ४९ तथा सामुदायिक र संस्थागत विद्यालय तर्फ सबैभन्दा बढी जिपिए प्राप्त गर्ने १र१ विद्यालयहरू समेत सम्मानित भएका छन् ।

सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथी शिक्षाविद जर्ज जोनले सम्मान गर्नु भएको थियो । दिवसका अवसरमा बुधबार विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई पोखरा रत्न प्रदान गरिने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।