पोखराबाट नियमित अन्तरास्ट्रिय उडान गराउने बिषमा पोखराका पर्यटन व्यवसायी र यूएईका राजदूत बीच छलफल

-


     पोखरा क्लिक     
     भाद्र ९ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखराबाट नियमित अन्तरास्ट्रिय उडान गराउने बिषमया पोखराका पर्यटन व्यवसायी र यूएईका राजदूतबीच पोखरा–दुबई उडानबारे छलफल भएको छ ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाट्टा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेल तथा विशेष उपस्थितिका रूपमा नाटा केन्द्रीय अध्यक्ष भरतजंग पाण्डे लगायत पर्यटन व्यवसायीहरूको सहभागितामा यूएईका महामहिम राजदूतसँग पोखरा–दुबई नियमित उडानलाई सफल बनाउने विषयमा महत्वपूर्ण छलफल भएको छ।

पोखराबाट दुबईको यो नियमित उडान समग्र नेपाल, गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक र महत्वपूर्ण उपलब्धि भएको व्यवसायीहरूले बताएका छन्। यसलाई सफल र दीगो बनाउन सबै पक्षबाट आवश्यक पहल र सहकार्य गर्ने विषयमा छलफल भएको छ।
छलफलका क्रममा दुबई जाने कामदारका लागि लागू गरिएको एऋऋ प्रक्रियालाई तत्काल हटाउन सम्भव नभए पनि पर्यटक भिसामा दुबई जाने नेपाली यात्रुका लागि एऋऋ अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन महामहिम राजदूतसमक्ष विशेष अनुरोध गरिएको थियो। यस विषयमा महामहिम राजदूतबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

पोखरा–दुबई उडानलाई सफल बनाउन पर्यटन व्यवसायी, गण्डकी प्रदेश सरकार, स्थानीय सरकारलगायत सबै सम्बन्धित पक्षले आ–आफ्नो क्षेत्रबाट पूर्ण सहयोग र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रेष्ठले बताए । विश्वका २ सय ५० भन्दा बढी एयर कनेक्सन भएको फ्लाई दुबईसंग पोखरा जोडिनु पोखरा, गण्डकी प्रदेश सहित समग्र नेपालको लागि निकै खुसिको कुरा भएको श्रेष्ठले बताए ।



This will close in 20 seconds