पोखरामा फार्मेसी सञ्चालिका लागुऔषध सहित पक्राउ

-


     पोखरा क्लिक     
     कार्तिक ७ गते २०८३ मा प्रकाशित


पोखरा, ७ कात्तिक,

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित एक फार्मेसीकी सञ्चालिका प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेकी छन्। प्रहरीले कालिकाचोकस्थित जलधारे फार्मेसीकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई चार प्रकारका लागुऔषधसहित पक्राउ गरेको हो। उनको साथबाट कोडिन कोडिपका ६ हजार ४०० चक्की, प्रेगाबालिनका ४५० चक्की, लोराजेपामका १५० चक्की र क्लोर्डियाजेपोक्साइडका १६० चक्की बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत कात्तिक ५ गते साँझ करिब ७ बजे कालिकाचोक क्षेत्रमा लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले फार्मेसी सञ्चालिका ढुङ्गानालाई जाँच गरेको थियो। सोही क्रममा उनको साथबाट उक्त परिमाणमा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकी ढुङ्गानामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका सूचना अधिकारी वीरेन्द्रसिंह पासवानले उक्त घटनाबारे जानकारी दिँदै लागुऔषध बरामद भएपछि फार्मेसी सञ्चालिकालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो।



This will close in 20 seconds