शिक्षा

पोखरामा शनिबार नेवारी सांस्कृतिक उत्सव एवं ‘झोः भ्वयः’ हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १७ पुस नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी सांस्कृतिक उत्सव ‘झोः भ्वयः’ (नेवारी परम्परा भोज) को चौथो संस्करण यही पुस १९ गते (शनिबार) आयोजना हुने भएको छ । पोखरा ३ मा रहेको भीमसेनटोल स्थित नेवा छेंमा हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष संगीता बज्राचार्यले आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो । https://www.youtube.com/watch?v=4txRj-5bZ3s नेवार तथा गैरनेवार समुदायका १ हजार ५ सय जना भन्दा बढीको सहभागिता हुने गरी तयारी गरिएको… पुरा पढौ

ताल बाराही माविको वार्षिकोत्सव

पोखरा, पुष १५, पोखरा महानगर पालिका वडा नं–६ बैदाममा अवस्थित ताल बाराही माविको ६८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगर पालिका वडा नं–६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले शिक्षाको विकास विना केही पनि कल्पना गर्ने नसकिने बताए । समय सापेक्ष शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यार्थीहरूलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रधान गरी दक्ष, सक्षम र नैतिकवान् नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दायित्व रहेको सुनाए । अध्यक्ष भट्टराईले… पुरा पढौ

शिव शक्ति क्याम्पसका विद्यार्थीलाई रोजगारको ग्यारेन्टीः नवनिर्वाचित अध्यक्ष विशाल

पोखरा, शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित उनले आइतबार पदस्थापन समारोहमा उक्त कुरा दोहोर्‍याएका हुन् । कामना बैंकका पूर्व महाप्रबन्धक एवं पूर्व प्रदेश प्रमुखसमेत रहेका उनको बैंक वित्तीय संस्था, शिक्षा, सामाजिक एवं राजनीतिक क्षेत्रमा राम्रो पहुँच छ । उनले विद्यार्थीमाझ भने, ‘मैले सधैँ भन्दै आउने गरेको छु, यहाँहरुले उत्कृष्ट नतिजा हासिल गर्नुभयो भने बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, शैक्षिक… पुरा पढौ

प्रतिभा माविमा ‘फूड फेस्टिबल’

पोखरा, पुस १२, विद्यार्थीमा खाना पकाउने र पस्किने सीप विकास गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए । खाना, संगीत र खेललाई एकैठाउँमा प्रस्तुत गर्नेगरि आयोजित उक्त फेस्टिबलको नेपाल पर्यटन बोर्ड गण्डकीका बरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछानेले उद्घाटन गरेका थिए । प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त फेस्टिबलमा विद्यार्थीले विभिन्न स्वादका… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापना, केसी परिवारद्वारा ३ करोड बढी लगानीमा कीर्ति पुस्तकालय भवन निर्माण

पोखरा, कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, समाजसेवी, शिक्षा सेवी सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ। पोखरा महानगर पालिका वडा नं. १४ काजी पोखरी स्थित कालिका बहुमुखी क्याम्पसको हाता भित्र केसीको अर्ध कदको सालिक अनावरण गरिएको हो । क्याम्पसको ३४ औँ वार्षिकोत्सव, भवन उद्घाटन सालिक अनावरण एवम् पुरस्कार वितरण कार्यक्रममा केसीको सालिक अनावरण गरिएको हो । क्याम्पस हात भित्र निर्माण गरिएको अर्ध कदको सालिकको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका… पुरा पढौ

कुमुदिनीमा “चाईनिज कल्चर एक्सपेरियन्स डे” सम्पन्न

पोखरा, ११ पुस, पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज “चाईनिज कल्चर एक्सपेरियन्स डे ” सम्पन्न भएको छ । कुमुदिनी होम्स सहित पोखराका ८ वटा विद्यालयमा चाईनिज भाषा सिकाउँदै आएका ८ जना चाईनिज भोलेन्टियर शिक्षकहरुले चिनियाँ संस्कृति, भाषाको आरम्भका अक्षर लेखनका तरिका, कागज काटेर विभिन्न आकार प्रकारका वस्तु बनाउने, चपस्टिक खेल लगायतका विषयहरुमा सहभागीलाई प्रयोगात्मक प्रदर्शन गराए । कार्यक्रममा सहभागी चाईनिज भाषा पढाउने पोखरा कुमुदिनीसहित ८ विद्यालयका प्रिन्सिपल, विद्यार्थी, काठमाडौंबाट आएका सेन्टर फर ल्याङग्वेज एजुकेशन… पुरा पढौ

पोखरा कलेज अफ म्यानेज्मेण्टको ‘स्मार्ट एग्रोप्नरशिप एजुकेशन एण्ड टे«निङ्ग’ सम्पन्न

पुष ९,पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्नरशिप एजुकेशन एण्ड टे«निङ्ग’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पाँच दिन सम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे चर्चा भएको थियो । तालिमको छैठौं दिन सोमबार कार्यक्रममा सहभागि ३० विद्यार्थीहरुले आ–आफ्नों कृषि व्यवसायिक योजना प्रस्तुत गरे । तालिममा बिबिए, बिसीआइएसमा सातौं र आठौं सेमेष्टर पढ्दै गरेका तथा पछिल्लो पाँच वर्षका पास आउट विद्यार्थीले सहभागिता जनाएका हुन् । ति… पुरा पढौ

भद्रकाली माविलाई सत्य युवा क्लव बि १३ को सहयोग

पोखरा, ७ पुस, पोखरा महानगरपालिका–१३ स्थित भद्रकाली माध्यमिक विद्यालयलाई सत्य युवा क्लव बि १३ले आइतवार भौतिक तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत समितिले आइतबार विद्यालयलाई एक लाख ५३ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेको हो । विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच समितिले ५ सिटे सोफा सेट १ थान, प्लास्टिकका कुर्सी ७० थान, मेटलका कुर्सी १० थान तथा अफिस टेबल र कुर्सी १÷१ थान प्रदान गरेको छ । उक्त सामग्रीहरू समितिका अध्यक्ष हितमान गुरुङ, उपाध्यक्ष… पुरा पढौ

पोखरा महानगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा विजेतालाई नगद पुरस्कार (भिडियो सहित) ४ सय ४ पदकका लागि ३ हजार ३ सय बिद्यार्थी प्रतिष्प्रर्धा गर्ने

पोखरा ७ पौष, पोखरामा यही पुष ९ गते देखि संचालन हुने पोखरा महानगर स्तरिय १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा विजेता हुने खेलाडी तथा टिमलार्ई नगद पुरस्कार प्रदान गरिने भएको छ । यही पुष ११ गतेसम्म पोखरा रंगशालमाा संचालन हुने प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद पुरस्कारको व्यबस्था गरिएको आयोजक पोखरा महानगर खेलकुद विकास समितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो । यस अघि राष्ट्रपति रनिङ शिल्डमा मेडल तथा प्रमाण पत्र मात्र प्रदान गरिदै… पुरा पढौ

लायन्स क्लब अफ पोखरा सेतिगंगाको सहारामा जाडोमा न्यानो साथ कार्यक्रम

पोखरा, लायन्स क्लब अफ पोखरा सेतिगंगाले पोखरा ९ वसपार्कको सहारा बाल आधारभूत विद्यालयका ३४ जना विद्यार्थीहरुलाई जाडोमा न्यानो साथ कार्यक्रम अन्तरगत जुत्ता र मोजा प्रदान गरेको छ । एक कार्यक्रमका विच क्लबका एक पदाधिकारी की छोरी सरिष्मा शेरचनको जन्मदिनको पावन अवसरमा विद्यार्थीहरुलाई प्रदान गर्दा निकै खुशी भएको क्लबका अध्यक्ष सरस्वती गरुङले बताईन् । देशकै सुगम स्थान पोखरामा पनि अति कठिन परिवारका वालबालिकाहरु अध्ययन गर्ने गरेको र विद्यार्थीको अवस्था देख्दा भावुक भएको क्लबका उपाध्यक्ष सृजना हिराचनले बताइन् । साथै आगमी दिनमा… पुरा पढौ