शिक्षा

कुमुदिनी होम्समा दीक्षान्त समारोह सम्पन्न

पोखरा २१,चैत्र पोखरा महानगरपालिका वडा नं। ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार एक कार्यक्रमका बिच मन्टेश्वरी तर्फको प्रि(टु का विद्यार्थीहरू अभिभावकहरूको उपस्थितिमा दिक्षित भएका छन् ।विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्टेश्वरी इन्चार्ज अमृता आलेले स्वागत् मन्तव्य राख्नुभएको थियो। सत्रौँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पालिखेले हरेक वर्ष मन्टेश्वरी तहको पढाइ सकेर कक्षा एकको प्रवेशलाई विशेष कार्यक्रमको आयोजना गरेरै यसरी विद्यार्थीलाई दिक्षित गराइँदै आएको कुरा व्यक्त गर्नुभयो ।यो अब कुमुदिनीको संस्कार… पुरा पढौ

गण्डकीमा एसईई २०८२ मा ४३ हजार बढी विद्यार्थी सहभागी, सबै भन्दा धेरै कास्कीमा

पोखरा, यही चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्। त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा… पुरा पढौ

विविध कार्यक्रमबीच सहारा बाल आधारभूत विद्यालयको २९औँ वार्षिकोत्सव सम्पन्न

पोखरा, पोखरा महानगरपालिका–९ मा रहेको सहारा बाल आधारभूत विद्यालयले आफ्नो २९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त समारोहले शैक्षिक उपलब्धि, सामाजिक सहकार्य र विद्यार्थीको प्रतिभालाई एकैसाथ उजागर गरेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं। ९ का अध्यक्ष दिपेन्द्र मर्सानीको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लोचना कुमारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो। वार्षिकोत्सवकै अवसरमा विद्यालयको ऐतिहासिक पृष्ठभूमि समेटिएको… पुरा पढौ

ज्योति विकास बैङ्कद्वारा कालिका माविलाई कम्प्युटर

पोखरा, चैत ६, पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ । बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मालाई कम्प्युटर हस्तान्तरण गरे । सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका श्रेष्ठले बैङ्कले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र आफ्नै ठाउँको विद्यालयलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि… पुरा पढौ

कुमुदिनी होम्समा पुस्तक चर्चा

पोखरा, पोखरा महानगरपालिका वडा नं ४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा पाइला फाउण्डेसन नेपालसँगको सहकार्यमा बिहीवार एक कार्यक्रमका बिच विद्यार्थीहरूले विभिन्न पुस्तकहरूमाथि परिचर्चा गरेका छन् । विद्यालय संस्थापक मिना पालिखेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आधारभूत तह अन्तर्गत कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूमध्ये जम्मा १७ जना विद्यार्थीहरूले आफूले पढेका विभिन्न विधाका पुस्तकहरूमा आफ्ना अभिभावकहरूको उपस्थितिमा आ(आफ्ना अवधारणा प्रस्तुत गरेका थिए। कार्यक्रमका बारेमा विद्यालयका सह प्राचार्य मुकेश कुमार अधिकारीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अभिभावकहरूका तर्फबाट प्रविण महाजन ,… पुरा पढौ

एनटिएचएमसिमा ‘ग्लोबल मनी वीक २०२६’ अन्तर्गत राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज आयोजना हुने

पोखरा ४ चैत, युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडामा रहेको एनटिएचएमसिमा राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता आयोजना हुने भएको छ । यही चैत ६ र ७ गते सञ्चालन हुने उक्त कार्यक्रम नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज ९ल्त्ज्ःऋ० को पहलमा विभिन्न वित्तीय संस्थासँगको सहकार्यमा आयोजना गर्न लागिएको हो। विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी वीक २०२६’ मार्च १६ देखि २२ सम्म सञ्चालन हुँदैछ। यस वर्ष “स्मार्ट मनी… पुरा पढौ

महावीर पुनले पोखरामा ९ घण्टामा पुस्तक बिक्रीबाटै ८ लाखभन्दा बढी आम्दानी

दीननाथ बराल,पोखरा, २७ फागुन, प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पोखरामा एकै दिन ९ घण्टामा पुस्तक बिक्री गरेर करिब ८ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। बुधबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न स्थानमा स्वयं उपस्थित भएर उनले कुल १ हजार ४०८ प्रति पुस्तक बिक्री गरेका हुन्। https://www.youtube.com/watch?v=-B46S6cnMFc पुनले आफ्नो जीवनकथामा आधारित आत्मकथात्मक पुस्तक बिक्री गर्दै आएका छन्। विद्यार्थीका लागि पुस्तकको मूल्य ५०० रुपैयाँ र अन्यका लागि ७५० रुपैयाँ तोकिएको छ। सोही दिनको बिक्रीबाट लाखौँ… पुरा पढौ

सांसद महाविर पुनलाई पोखरामा पुस्तक बिक्री गर्न भ्याई नभ्याई (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २५ फागुन, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधिसभा सदस्य महाविर पुनलाई आज (सोमबार) पोखरामा आफ्नो जीवनीमा आधारित पुस्तक बिक्री गर्न भ्याई नभ्याई भएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउने अभियान अन्तर्गत पुनले सोमबार पोखराका विभिन्न क्षेत्रमा पुस्तक बिक्री गर्नु भएको हो । https://www.youtube.com/watch?v=-B46S6cnMFc पोखराको अमरसिंहचोक, पृथ्वीचोक लगायतका स्थानमा पुगेर उहाँले दिन भरीजसो पुस्तक बिक्रि गर्न भ्याई नभ्याई भएको थियो । स्वयं पुस्तक बिक्री गर्नुका साथै पाठकलाई हस्ताक्षर गरेर पुस्तक हस्तान्तरण गरी फोटो समेत खिचाउनु भएको… पुरा पढौ

पश्चिमाञ्चल माविमा फूड फेस्टिवल

पोखरा, फागुन १७, पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा फूड फेस्टिवल आयोजना गरिएको छ । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीमा प्रयोगात्मक ज्ञान दिलाउनका लागि विद्यालयमा फूड फेस्टिवल आयोजना गरिएको हो । कार्यक्रमको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रयोगात्मक अभ्यास गराउनका लागि फूड फेस्टिवल आयोजना गरेको उनले बताए । ‘विद्यार्थीले सैद्धान्तिक ज्ञान त कक्षाकोठामा पाएका थिए । तर उनीहरुलाई प्रयोगात्मक ज्ञानको पनि आवश्यकता थियो । त्यही ज्ञान हासिल गराउनका लागि यो अभ्यास गराएका हौं,’… पुरा पढौ

नेशनल क्रियशनमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

पोखरा, पोखरा–८ स्थित नेशनल क्रियशन एकेडेमीमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालबहादुर थापा, प्राचार्य ज्ञानेन्द्र थापा, प्रशासक विक्रम थापालगायतले पुरस्कार प्रदान गरेका थिए । प्रशासक थापाका अनुसार कार्यक्रममा सबै कक्षाका एक सय ५० बढी विद्यार्थी पुरस्कृत भए ।सोही अवसरमा विद्यालयले आय‍ोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीलाईसमेत पुरस्कार प्रदान गरिएको क्रियाकलाप… पुरा पढौ