राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा महानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा योगेन्द्र बहादुर केसी निर्वाचित

-


     पोखरा क्लिक     
     जेठ १६ गते २०८३ मा प्रकाशित


पोखरा, १६ जेठ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्र बहादुर केसी पाँच वर्षीय कार्यकालका लागि सभापति पदमा निर्वाचित भएका छन्। पोखरामा आज सम्पन्न अधिवेशनमा यातायात व्यवसायी केसीलाई रास्वपा पोखरा महानगरपालिकाको नेतृत्वका लागि नीर्बिरोध चयन गरिएको हो।

अधिवेशनमार्फत उपसभापति, सचिव, सहसचिव लगायतका पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरिएको छ। उपसभापतिमा संगिता गौतम, सचिवमा कमल वानिया, सहसचिवमा सरिता शर्मा रहेका छन्। अधिवेशनको उद्घाटन रास्वपा नेता तथा पर्यटन मन्त्री गनेश पौडेलले गर्दै पार्टीले जनताको हकहितमा काम गर्ने विश्वास व्यक्त गरे। साथै सांसद उत्तम पौडेलले सुकुम्बासी बस्ती व्यवस्थापन र त्यसको दीगो सञ्चालनमा जोड दिए । नयाँ कार्यसमितिले आगामी पाँच वर्षमा पोखरामा पार्टीको कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने र स्थानीय जनताको भलोका लागि पहल गर्ने बताएको रास्वपाले पोखराक्लिकलाई जनाएको छ।