शिक्षा

बाल अधिकार संरक्षणमा सृजनशील बालविकास कार्यक्रमको भूमिका प्रशंसनीय

पोखरा, भदौ ३०, पोखरा महानगरपालिका–१५, दुईगेसाँघुस्थित सृजनशील बालविकास कार्यक्रमको पाँचौँ सामाजिक लेखाजोखा तथा परीक्षण र चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा संस्थाले बालबालिकाको अधिकार संरक्षण, शिक्षा, विकास तथा समुदायमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ। संस्थाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको आर्थिक तथा सामाजिक पारदर्शिता, विगतका गतिविधि, उपलब्धि, चुनौती र आगामी कार्यदिशाका विषयमा सरोकारवालाबीच व्यापक छलफल गरिएको थियो। सामाजिक परीक्षणका क्रममा संस्थाले आर्थिक… पुरा पढौ

तीजमा सुनसान पोखरा ः घरघरमै सीमित भयो पर्व, मेला–महोत्सव रोकिँदा करोडौँको कारोबार प्रभावित

दीननाथ बराल, पोखरा २९, भदौं, विगतका वर्षहरूमा हरितालिका तीज नजिकिँदै गर्दा रातो पहिरनमा सजिएका महिलाको चहलपहल, तीज गीतका भाकासँगै गुञ्जिने सांस्कृतिक कार्यक्रम र मेला–महोत्सवले भरिभराउ हुने पोखरा यस वर्ष भने सुनसानजस्तै भएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि शोकमा रहेको मुलुकप्रति ऐक्यबद्धता जनाउँदै पोखराका प्रमुख तीज महोत्सव तथा सामूहिक कार्यक्रम स्थगित गरिएपछि यस वर्षको तीजको रौनक बजारमा देखिएन । पोखरामा विगत २७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको लामाचौर तीज महोत्सवसहित… पुरा पढौ

कास्कीका २५ बालगृह भोटेकोशी बाढी प्रभावित १७० जना बालबालिकाको संरक्षण गर्न तयार (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २८ भदौ, भोटेकोशी सहित रसुवा, नुवाकोट, गोर्खा, धादिङ लगायत जिल्लामा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका तथा जोखिममा परेका बालबालिकाको दीर्घकालीन संरक्षणका लागि कास्कीका बालगृहहरू अघि सरेका छन्। कास्कीमा सञ्चालित २५ वटा बालगृहले राज्यले आवश्यक प्रक्रिया पूरा गरी जिम्मेवारी दिएमा तत्काल तथा आकस्मिक व्यवस्थापनसहित १७० जना बालबालिकालाई दीर्घकालीन संरक्षण गर्न सकिने बालगृह सञ्जाल कास्कीले जनाएको छ । https://www.youtube.com/watch?v=ROkuPelZ2JQ&t=7s आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा राज्यले अनुमति दिएमा बाढी प्रभावित बालबालिकालाई आफ्नो क्षमता र स्रोतअनुसार संरक्षण दिन आफूहरू तयार… पुरा पढौ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

पोखरा , पछिल्लो समय देशभर देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीले सांकेतिक विरोध प्रदर्शन गरेको छ। ग्यास अभावका कारण सर्वसाधारणसँगै विद्यार्थीको दैनिक जीवन समेत प्रभावित भइरहेको भन्दै कमिटीले क्याम्पसको मुख्य गेट अगाडि दाउरा बालेर खिर पकाएको हो। पकाइएको खिर विद्यार्थीहरूलाई वितरणसमेत गरिएको थियो। ग्यासको अभावले खाना पकाउनेदेखि दैनिक जीवनयापनसम्म समस्या सिर्जना भइरहेका बेला सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीले जनाएको छ। तीज पर्वको अवसरलाई समेत जोडेर गरिएको… पुरा पढौ

जिल्ला शिक्षा समिति कास्कीद्वारा कलेजका संचालकहरूसग छलफल

पोखरा ,भदौ २६, जिल्ला शिक्षा समिति कास्कीले जिल्लामा संचालित निजि तथा सार्बजनिक कलेजका संचालकहरू संग छलफल तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो । प्रमुख पौडेलले विद्यमान शिक्षा नीति र नियमावली बमोजिम उच्च शिक्षा प्रदायक शिक्षालयहरू संचालित नभएको गुनासो प्राप्त भएपछि छलफल आयोजना गरिएको उल्लेख्य गर्दै संचालकहरूका समस्या र समाधानको हेतुले अगाडी बढ्न आग्रह गर्नुभयो । प्रमुख पौडेलले विधि र नियमको बर्खिलापमा कोहि… पुरा पढौ

तालबाराही स्कुलमा क्षेत्रलाल प्रतिष्ठानको पुरस्कार

पोखरा, तालबाराही मावि लेकसाईडमा कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले पुरस्कार वितरण गरेको छ । १९ सेक्सनबाट आन्तरिक परीक्षामा उत्तीर्ण ५७ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरेको कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा भएको प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्रालाई पुरस्कार वितरण कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतिष्ठानले प्रशंसा योग्य काम गरेको बताए । सुवेदीले भविष्यमा होटल संघले पनि शिक्षा क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउँदै न्यूकास कन्सर्न प्रालिले शिक्षा क्षेत्रमा दिएको योगदान स्मरण योग्य… पुरा पढौ

कुमुदिनी होम्सद्वारा बाढी पीडितलाई राहत

पोखरा, पोखरा महानगरपालिका वडा नं।४ मा रहेको कुमुदिनी माध्यमिक विद्यालयले भदौ १० मा आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्नका लागि प्याब्सन कास्कीका अध्यक्षलाई हस्तान्तरण गरेको हो । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको तर्फबाट आर्थिक रकम जुटाइएको हो । विद्यार्थीहरुबाट ५१ हजार ४ सय ७५ रुपियाँ सङ्कलन भएको छ ।… पुरा पढौ

बाढी प्रभावितको लागि सगरमाथा माविको ५ लाख सहयोग

कास्की, भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पोखराको सगरमाथा माध्यमिक विद्यालयले ५ लाख सहयोग गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय स्वयंको संयुक्त पहलमा रु ५ लाख १ हजार ५ सय ५५ रुपैयाँ हिसान कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरिएको बिद्यालयले जनाएको छ । प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितीको सामना गरेका नागरिकको पीडामा साथ दिन विद्यालय परिवारले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि प्रगति माविको ७ लाख सहयोग

पोखरा, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा–१६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले सात लाख एक सय ३१ रुपैयाँ सहयोग गरेको छ। विद्यालय परिवार, शिक्षक, कर्मचारी तथा विद्यार्थीको सहभागितामा संकलन गरिएको उक्त रकम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विद्यालयका सूचना अधिकारी जयराम पौडेलका अनुसार राहत अभियानअन्तर्गत विद्यार्थीबाट एक लाख ९१ हजार १६६ रुपैयाँ संकलन भएको थियो। शिक्षक तथा कर्मचारीबाट दुई लाख ७३… पुरा पढौ

रसुवा बाढीपीडितका लागि सोसल पब्लिक स्कुलको तीन लाख ८५ हजार सहयोग

पोखरा, विपद्मा परेका नागरिकको सहयोगका लागि पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलले तीन लाख ८५ हजार २४३ रुपैयाँ राहत रकम संकलन गरी हस्तान्तरण गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि विद्यालयले राहत संकलन अभियान सञ्चालन गरेको थियो। विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको योगदानसँगै विद्यालयको आफ्नै स्रोतबाट रकम जुटाइएको विद्यालयका प्रिन्सिपल सिद्धार्थ शर्माले जानकारी दिनुभयो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)… पुरा पढौ

This will close in 20 seconds