शिक्षा

बिन्दा पाण्डेका पुस्तकमाथि पोखरामा परिचर्चा

पोखरा, २७ असार, लेखक तथा अभियान्ता डा विन्दा पाण्डेका पुस्तकहरुका बारेमा पोखरामा शनिबार परिचर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा पाण्डेका विभिन्न कृति र नेपाली राजनीतिमा महिलाको योगदानबारे बहस भएको हो । कार्यक्रममा विशेष गरी भुइँमान्छेको श्रम र पसिनाबाट निर्मित राजनीतिमा उनीहरुको उपेक्षा भएको विषयले प्राथमिकता पायो । परिचर्चामा बोल्दै पाण्डेले महिलालाई आधा आकाशको सपना देखाएर अधिकारबाट बञ्चित गरिएको बताइन् । अब लालपूर्जासहितको धर्तीमा महिलाको हिस्सेदारी खोज्नुपर्ने उनको तर्क थियो । ‘आधा आकाश आधा धर्ती भनिए पनि… पुरा पढौ

भद्रकालीको कविता प्रतियोगितामा सपना लामिछाने प्रथम

पोखरा, २७ असार, भद्रकाली माध्यमिक विद्यालयमा शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीबीच कविता प्रतियोगिता शुक्रवार सम्पन्न भयो । विद्यालयको वार्षिक क्यालेन्डरअनुसार अतिरिक्त क्रियाकलापअन्तर्गत प्रतियोगिता भएको हो । ‘देशप्रेम र राष्ट्रिय एकता’ शीर्षकमा १९ जना विद्यार्थीले आ(आफ्ना कविता प्रस्तुत गरेका थिए । प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै कक्षा ११ मानविकी मा अध्यनरत सपना लामिछानेले प्रथम स्थान हासिल गरिन् । यस्तै विपाशा खातीले द्वितीय र सम्झना गुरुङले तृतीय स्थान प्राप्त गरे । जेनिसा गुरुङले सान्त्वना पुरस्कार जित्न सफल भइन् । विजयी… पुरा पढौ

सीप र अवसर जोड्न पोखरामा रोजगार मेला (भिडियो सहित)

दीननाथ बराल, पोखरा १९, असार, बेरोजगार युवा र रोजगारदातालाई एउटै थलोमा जोड्ने उद्देश्यका साथ पोखरामा आज (शुक्रबार) भएको रोजगार मेला (जब फेयर) मा करिब ३ हजार युवा रोजगारको खोजिमा आउनु भएको छ । पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्सको संयुक्त आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा आयोजित मेलामा गण्डकी प्रदेशका करिब ३ हजार युवा बिद्यार्थीहरु नयाँ रोजगारको खोजिमा उक्त मेलामा सहभागि भएको ग्रोथ सेलर्सका संस्थापक अध्यक्ष मोहनराज ओझाले बताउनु भयो । https://www.youtube.com/watch?v=bOFLhLqnYrg&t=620s मेलामा सहभागी युवाले विभिन्न कर्पोरेट हाउस तथा व्यावसायिक… पुरा पढौ

बिहानै पोखरामा बिद्यार्थी बोक्ने ईभि हाईस दुर्घटनामा, विद्यार्थीको सकुशल उद्धार

पोखरा, असार १९, पोखराको मुस्ताङचोकमा आज बिहान विद्यालयको विद्यार्थी बोक्ने ईभि हाइस दुर्घटनामा परेको छ। उक्त गाडीमा सवार दुई विद्यार्थीको सकुशल उद्धार गरिएको छ । आज बिहान करिब ६ः२० बजे पोखरा–७, मुस्ताङचोकस्थित चार्जिङ स्टेसनमा ह्याप्पी बोर्डिङ स्कुलको ग १ ख ६६२२ नम्बरको हाइस अनियन्त्रित भई ठोक्किएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ। दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा गाडीमा रहेका सबै विद्यार्थीको सुरक्षित उद्धार गरिएको थियो। दुर्घटनामा मानवीय क्षति नभएको… पुरा पढौ

कक्षा १ मा भर्ना भएका करिब आधा विद्यार्थी एसईईसम्म पुग्दैनन्, विद्यालय शिक्षामा टिकाइ सबैभन्दा ठूलो चुनौती

पोखरा, असार १८, नेपालमा विद्यालय शिक्षाको सबैभन्दा ठूलो चुनौती विद्यार्थी भर्ना होइन, उनीहरूलाई विद्यालयमै टिकाइराख्नु बनेको छ। कक्षा १ मा भर्ना भएका करिब ९ लाख बालबालिकामध्ये करिब आधाले मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्मको यात्रा पूरा गर्ने तथ्य सार्वजनिक भएको छ। शिक्षा विज्ञहरूले यसलाई विद्यालय शिक्षाको गुणस्तर, नीति कार्यान्वयन र राज्यको लगानीमाथिको गम्भीर प्रश्नका रूपमा हेरेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार पोखरामा आयोजना गरेको शिक्षा क्षेत्रका समसामयिक विषयमा पत्रकारसँगको अन्तरक्रियामा सार्वजनिक गरिएको तथ्यांकअनुसार कक्षा १ मा ८… पुरा पढौ

काठमाडौं विश्वविद्यालयको बिआईटि कोर्ष अब पोखराको प्रतिभा बिजनेस स्कुलमा सञ्चालन हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १६ असार, काठमाडौं विश्वविद्यालयअन्तर्गत सञ्चालन हुँदै आएको सूचना प्रविधिमा स्नातक (बिआईटी) कोर्ष कार्यक्रम अब पोखराको प्रतिभा बिजनेस स्कुल मा सञ्चालन हुने भएको छ । विद्यालयले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आगामी शैक्षिक सत्रदेखि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराएको हो । https://www.youtube.com/watch?v=mXlLb4LRYWA&t=218s पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य रवि प्रसाद बराल ले सूचना प्रविधिसँगै उद्यमशीलता, नैतिकता र नेतृत्व विकासलाई जोडेर गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्य रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई केवल डिग्री हासिल गराउने नभई उद्योग,… पुरा पढौ

स्टेप वाई स्टेपमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, ४.० जीपीए प्राप्त विद्यार्थीलाई रु. ५० हजारसहित सम्मान

पोखरा, स्टेप वाई स्टेप माध्यमिक विद्यालय, मस्वार, पोखराले विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनका लागि भर्ना भएका कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई विशेष स्वागत कार्यक्रममार्फत औपचारिक रूपमा स्वागत गरेको छ। कार्यक्रममा शैक्षिक उत्कृष्टता, अनुशासन र सर्वाङ्गीण विकासलाई विद्यालयको प्रमुख प्राथमिकता रहेको सन्देश दिइएको थियो। सोही अवसरमा २०८२ सालको एसईई परीक्षामा ४.० जीपीए हासिल गरी विद्यालयको गौरव बढाउन सफल प्रतिभाशाली विद्यार्थी विल्सन न्यौपानेलाई नगद रु. ५० हजार सहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष… पुरा पढौ

एन प्याब्सनमा आवद्ध अंग्रेजी शिक्षकहरूलाई अध्ययन–अभ्यास विषयक तालिम

पोखरा, नेसनल प्याब्सन कास्कीको आयोजनामा आइतबार एक दिने तालिम सम्पन्न भएको छ । संगम बुक्स पब्लिकेशन, साधना बुक्स पब्लिकेशन तथा मनकामना बुक्स एन्ड स्टेशनरीको व्यवस्थापनमा शैक्षिक सामग्रीको प्रभावकारी उपयोगलाई थप व्यवस्थित बनाउने उद्देश्यले अंग्रेजी विषयका शिक्षकहरूका लागि एकदिने अध्ययन–अभ्यास ढाँचाका विषयमा तालिम दिइएको हो । तालिममा एन प्याब्सनमा आवद्ध विद्यालयका अंग्रेजी शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी शिक्षकहरूलाई अंग्रेजी शिक्षणका आधुनिक विधि, कक्षाकोठामा प्रभावकारी सिकाइ वातावरण निर्माण, अध्ययन–अभ्यासका नवीन उपाय तथा पाठ्यसामग्रीको सिर्जनात्मक प्रयोगका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।… पुरा पढौ

दीपशिखामा टेक एज युथ परियोजना सकियो

पोखरा , पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा विगत डेढ वर्षदेखि सञ्चालित टेक एज युथ परियोजनाको शनिवार समापन गरिएको छ । अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको दीपशिखा सामुदायिक पुस्तकालयले रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना सँंगको सम्झौता बमोजिम पिछडिएका, प्रविधिको पहँुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किसोरकिसोरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना युथहरुलाई तालिम दिएर समापन गरिएको थियो । पुस्तकालयको सभाहलमा… पुरा पढौ

शिक्षाको आवरणमाःसहकारी मोडलः टप्स बोर्डिङ स्कुलका अध्यक्ष थापा कसरी पुगे प्रहरीको फन्दामा !

दीननाथ बराल,पोखरा, ११ असार, शिक्षा सेवा र विश्वासको क्षेत्र मानिन्छ । तर पछिल्ला वर्षहरूमा सहकारी शैलीमा सदस्य विस्तार गर्दै लगानीकर्ताबाट ठूलो रकम संकलन गर्ने र पछि विवादमा तानिने प्रवृत्ति शिक्षा क्षेत्रमा समेत देखिन थालेको छ । पोखरामा यतिबेला यस्तै एउटा घटनाले धेरैलाई सचेत गराएको छ । पोखराको रामघाटस्थित टप्स एजुकेसन फाउण्डेसन प्रा.लि. (टप्स सेकेण्डरी बोर्डिङ स्कुल) का अध्यक्ष बलबहादुर थापा विगत एक सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । विद्यालयको शेयर उपलब्ध गराउने आश्वासनमा विभिन्न व्यक्तिबाट रकम लिएको तर… पुरा पढौ