शिक्षा

निजी विद्यालयहरुले सामाजिक सुरक्षाकोषमा आबद्ध नगरे आन्दोलन गर्ने चेतावनी

पोखरा, निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु)ले निजी विद्यालयलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन चेतावनी दिएका छन्। प्याब्सन तथा एनप्याब्सनसँग राखिएकामा मागहरु पूरा नभए आगामी शैक्षिक सत्रदेखि आन्दोलन गर्ने प्याब्सुले शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा जानकारी गराउदै उक्त कोषमा आबद्ध नगरे आउदो नयाँ शैक्षिक सत्र देखि आन्दोलन गर्ने चेतावनी दिएको हो। समितिका अध्यक्ष शिवलाल उपाध्यायले देशभर रहेका निजी विद्यालय मध्ये १० प्रतिशत विद्यालय मात्र सामाजिक सुरक्षाकोषमा आवद्ध भएको दाबी गर्दै अन्यले त्यसमा कुनै वास्ता… पुरा पढौ

अक्सफोर्डको वार्षिकोत्सवमा विद्यार्थीले दिए टिकटक सम्बन्धि सचेतना

पोखरा, १२ फागुन, विद्यालयमा विशेष नाटक प्रस्तुत भयो । टिकटकको वढि प्रयोगले छोराछोरी र अभिभावकलाई परेको असर चित्रण गरिएको थियो । परिवारमा परेको असरले समाज पनि अछुतो भएन । अभिभावकको सपना बोकेका बाबुनानीको जीवन समेत बर्बादा भएको विषयलाई टिकटकले परिवार सँगै समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावित भएको विषयलाई पोखरा–१३ स्थित अक्सफोर्ड स्कूलका १३ जना विद्यार्थीले हालै नाटक मार्फत चित्रण गरेका हुन् । विशेष गरी टिकटकमा छोटो, आकर्षक र रमाइलो भिडियो सामग्रीले सबैलाई आफ्नो रमाइलो सँगै आम्दानीको मोहमा डुवाएको थियो ।… पुरा पढौ

सहारा आधारभूत बिद्यालयमा प्राथमिक उपचारकक्ष उद्घाटन, बिद्यालयल मनायो बार्षिकोत्सव

पोखरा, पोखरा ९, वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले विद्यालयको २८औं वार्षिकोत्व, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न गरेको छ । पोखरा मनपा वडा नं ९ ले सो विद्यालयमा स्थापना गरेको प्राथमिक उपचार कक्षको समुद्घाटन गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थइन् भने कक्षा ८ कि छात्रा मेनुका तामाङले स्वागत मन्तव्य राखेकी थिइन्… पुरा पढौ

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाईयो, अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड

पोखरा, प्राविधिक धारको नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ रजत जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । पोखरा १४ छिनेडाँडामा रहेको उक्त कलेजको २५ औं बर्ष गाँठमा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको कलेजले जनाएको छ । हालै कलेजमा आयोजितस मूल समारोहमा २५ औं वर्षसम्म निरन्तर कलेजको सफल व्यवस्थापनको नेतृत्वमा रहेर काम गरेका अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड प्रदान गरिएको छ । त्यसै गरी कलेजको स्थापनाकालदेखि हालसम्म निरन्तर क्रियाशिल रहेका बोर्ड सदस्य कर्म… पुरा पढौ

बेसलाइन एकेडेमी स्कूलको २७ औं वार्षिकोत्सव

पोखरा, ११ फागुन, पोखरा महानगरपालिका वडा नं १३ स्थित बेसलाइन एकेडेमी स्कूलको २७ औ वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भयो । विसं २०५४ सालमा स्थापना भएको स्कूलको वार्षिकोत्सव गण्डकी प्रदेशका उपसभामुख मिनाकुमारी थापाले उद्घाटन गरिन् । शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले बाबु नानीहरुसँग अभिभावक वढि भन्दावढि घुलमिल हुनुपर्नेमा जोड दिए । बेसलाइन एकेडेमीका निर्देशक शोभालक्ष्मी पौडेलले विद्यालयको गतिविधि वारे जानकारी दिइन् । बेसलाइन एकेडेमीका प्रवन्ध निर्देशक षडानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा छोराको सम्झनामा जसले आफ्नो सवै सम्पत्ति प्रतिष्ठानमा सुम्पीए..

पोखरा, ११ फागुन, वुवा मलाई वोर्डिङ पढाउनु भएको भए । ममि वुवालाई किन विदेश पठाउनु प¥यो अव आराम गर्नु भन्नु । वुवा जस्ले शत्रु व्यवहार गर्छन नि उसको घर पटक पटक जानुपर्छ । प्रेम गरे पनि बुवाको आज्ञा लिएर मात्र विवाह गर्ने हो । म छु नि ममि वुवा। वुवालाई व्यवहार गर्न गाह्रो भयो होला मलाई हप्ताको ५ सय भए पुग्छ नि ममि । ममि म तपाईहरुलाई सेवा गर्ने केटी सँग नै विवाह गर्छु के । यी हरफ पढ्दा जो… पुरा पढौ

पोखरामा निलडाम हुने गरी बिद्यार्थी कुट्ने शिक्षक निष्कासन

दीननाथ बराल,पोखरा १०, फागुन, पोखरामा निल डाम हुने गरी बिद्यार्थी कुट्ने एक शिक्षक निष्कासन हुनु भएको छ । पोखराको जरेवरमा रहेको गण्डकी एकेडेमी कास्कीका गणित शिक्षक विपिन कार्कीले बिद्यालयका कक्षा ६ मा अध्ययन गर्ने एक छात्रलाई शारीरमा निलडाम हुने गरी कुटपिट गरे पछि बिद्यालयले उहाँलाई निष्कासन गरेको बिद्यालय श्रोतले जनाएको छ । केही दिन अघि शिक्षक कार्कीले बिद्यार्थी माथि कुटपिट गरे पछि पिडितका आफन्तले बिद्यालयमा उजुरी गर्दै प्रहरी समक्ष उक्त घटना पुगे पछि प्रहरीकै समन्वयमा घटनाको बिषयमा हाल टुंगाइएको बिद्यालयले… पुरा पढौ

फोहोर संकलन दौडमा तीनहजार युवा

पोखरा, फागुन १०, पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोकस्थित प्रतिभा माविमा भेला भएका तीनहजार बढी युवालाई सहभागि गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको थियो । मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको दौडको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । दौड उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्ता दौडले… पुरा पढौ

भद्रकाली माविमा सभाहल तथा पुस्तकालय निर्माण हुने

पोखरा, ८ फागुन, पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा सभाहल र पुस्तकालय निर्माणका लागि प्रतिनिधि सभाका सासंद शिव नेपालीले वुधवार शिलान्यास गरे । संघिय सरकारवाट स्वीकृत एक करोड रकमबाट सभाहल निर्माण गर्न लागिएको हो । सासंद तथा भद्रकली माविका भूपू विद्यार्थी शिवले कक्षा ४ सम्म अध्ययन गरेको विद्यालयमा समन्वय गरी बजेट पार्न सफल भएकोका खुशी व्यक्त गरे । भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकवहादुर कार्कीले स्कूलको विगत देखी वर्तमान सम्मको चर्चा गरे । विद्यालयका प्रधानाध्यापक यदुराज… पुरा पढौ

पिइए इन्जिनियरिङ तथा आईटी क्वीजमा मदरल्याण्ड मावि उत्कृष्ट

पोखरा, फागुन ४, पिइए एशोसिएसन प्रालिले आयोजना गरेको इन्जिनियरिङ तथा आईटी क्वीजमा पोखराको मदरल्याण्ड माविले एकलौटी नतिजा हात पारेको छ । हालै भएको प्रतियोगितामा मदरल्याण्ड मावि गण्डकी प्रदेशमा उत्कृष्ट ठहरिएको छ भने क्वीजको अन्तिम चरणको प्रतिश्पर्धाका लागि मदरल्याण्ड माविका मात्रै पाँचवटा समूह छानिएका छन् । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार गण्डकी प्रदेशस्तरको छनोटमा विभिन्न विद्यालयका १ सय ३७ वटा टिमले प्रतिश्पर्धा गरेका थिए । ती मध्ये अन्तिम आठवटा टिम प्रदेशबाट छानिएकोमा पाँचवटा टिम मदरल्याण्ड माविको रहेको उनले बताए… पुरा पढौ