एन प्याब्सनमा आवद्ध अंग्रेजी शिक्षकहरूलाई अध्ययन–अभ्यास विषयक तालिम

-


     पोखरा क्लिक     
     असार १४ गते २०८३ मा प्रकाशित


पोखरा,

नेसनल प्याब्सन कास्कीको आयोजनामा आइतबार एक दिने तालिम सम्पन्न भएको छ । संगम बुक्स पब्लिकेशन, साधना बुक्स पब्लिकेशन तथा मनकामना बुक्स एन्ड स्टेशनरीको व्यवस्थापनमा शैक्षिक सामग्रीको प्रभावकारी उपयोगलाई थप व्यवस्थित बनाउने उद्देश्यले अंग्रेजी विषयका शिक्षकहरूका लागि एकदिने अध्ययन–अभ्यास ढाँचाका विषयमा तालिम दिइएको हो ।

तालिममा एन प्याब्सनमा आवद्ध विद्यालयका अंग्रेजी शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी शिक्षकहरूलाई अंग्रेजी शिक्षणका आधुनिक विधि, कक्षाकोठामा प्रभावकारी सिकाइ वातावरण निर्माण, अध्ययन–अभ्यासका नवीन उपाय तथा पाठ्यसामग्रीको सिर्जनात्मक प्रयोगका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका प्रमुख प्रशिक्षक प्रो.जिवलाल सापकोटा (पिएचडी) ले शिक्षणलाई विद्यार्थी–केन्द्रित, व्यवहारिक र उपलब्धिमूलक बनाउन अध्ययन–अभ्यासको निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै शिक्षकको व्यावसायिक क्षमता विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने बताए।सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्ना विद्यालयमा व्यवहारमा उतार्दै विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। संगम÷साधना बुक्स पब्लिकेशनका सञ्चालक तथा मनकामना बुक्स एन्ड स्टेशनरीका प्रोपाइपटर ऋषिराम शर्मा भण्डारीले यस्ता अध्ययन–अभ्यासमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न संस्थासँग समन्वय गर्ने बताए ।

कार्यक्रममा अध्यक्षता गरेका एन प्याब्सन कास्कीका कोषाध्यक्ष राजु केसीले शिक्षकहरूको सक्रिय सहभागिताप्रति धन्यवाद ज्ञापन गर्दै गुणस्तरीय शिक्षा प्रवद्र्धन, प्रभावकारी शिक्षण र पुस्तक संस्कृतिको विकासका लागि आगामी दिनमा पनि यस्ता व्यावसायिक विकास कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो।