‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक

-


     पोखरा क्लिक     
     भाद्र ९ गते २०८३ मा प्रकाशित


काठमाडौं,

सगरमाथाको साहस, चुनौती, जलवायु परिवर्तन र मानवीय संघर्षलाई समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्मल श्रेष्ठको निर्देशनमा बनेको ५० मिनेट लामो वृत्तचित्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रालाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ। वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित अन्य सहयात्रीहरू पनि देखिनेछन्।

दुई वर्षको अनुसन्धान तथा निर्माणपछि तयार भएको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिएको छ। सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले कथा लेखेका हुन् भने भूषण दाहालले आवाज दिएका छन्। निर्माण पक्षका अनुसार वृत्तचित्रको नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङमा हुनेछ। ‘वि विल राइज फाउण्डेसन’द्वारा निर्मित वृत्तचित्रले नेपालको पर्यटन प्रवर्द्धनसँगै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्य राखेको छ।



This will close in 20 seconds