
पोखरा ,मंसिर ९,
जिल्ला समन्वय समिति कास्कीले जलविद्युत क्षेत्रका समस्या र सरोकारका बिषयमा बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले हाइड्रोपावरहरू नेपालको जलविद्युत बिकास र जलस्रोतको उच्चतम उपयोगमा महत्वपूर्ण भएको भन्दै बाताबरण संरक्षणमुखी उपयोग निति अबलम्बन गर्न आग्रह गर्नुभयो ।
जिल्लामा संचालन हुने जुन सुकै बिकास आयोजना पनि बाताबरण र जनमुखी हुनुपर्ने भन्दै प्रमुख पौडेलले आयोजनाहरूको दीर्घकालीन स्थायित्व र पूर्ण प्रतिफलका लागि सरोकारवालाहरू बिद्यमान नियम ,कानुन र संबैधानिक ब्यबस्थाप्रती पूर्ण उत्तरदायी र जिम्मेवार हुनुको विकल्प नरहेको उल्लेख गर्नुभयो । एक आयोजना संचालन र सम्पन्न गर्दा त्यसले प्राकृतिक स्रोत साधन र जनजिबनमा पार्ने प्रतिकुल अबस्थाबारे केही जलविद्युत उत्पादन गर्ने कम्पनीहरू सम्झौता बमोजिम संचालन नभएको ,बाताबरणिय प्रभाव मुल्यांकन नगरेको , सो को पूर्ण पालनामा अग्रसर नभएको ,स्वीकृती बिना रूख कटान हुने गरेको ,बाताबरण संरक्षण योजनाको कार्यान्वयनमा चुनौती देखिएको सहित अन्य लापरबाहीबारे जनगुनासो आएको र त्यस खालका गुनासा तत्काल न्यूनीकरण सहित निराकरण गर्न अनुरोध गर्नुभयो । कानुनी दायरा र दायित्वमा देखिएका कमजोरी नसच्चिए कानुनतः कारबाही अगाडी बढाउन राज्यका निकाय थप गम्भीर बन्न आग्रह गर्दै पौडेलले कतिपय राज्यका सरोकारवाला नियामक निकाय बिद्युत नियमन आगोग समेत निष्क्रिय देखिएको तर्फ संकेत गर्दै प्रमुख पौडेलले अनिवार्य रूपले नियमित अनुगमन र सुपरिवेक्षण गर्न जोड दिनुभयो। पौडेलले जलविद्युत क्षेत्रमा देखिएका नितिगत त्रुटि र कमजोरी सच्याउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह समेत थप प्रभाबकारी ढङ्गले कार्य गर्नुपर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा गण्डकी प्रदेश सरकार उर्जा जलस्रोत मन्त्रालयका इन्जिनियर जीवन श्रेष्ठले जलविद्युत सम्बन्धि संबैधानिक ब्यबस्था, आयोजना वर्गीकरणका आधार र मापदण्ड ,जल बिकास गुरुयोजना ,बाताबरणिय प्रभाव मुल्यांकन सहित बिबिध पक्षहरूको सन्दर्भमा प्रकाश पार्नुभएको थियो । जलविद्युत क्षेत्रका ब्यबसायिहरूले सो बिसयमा भएका नितिगत र कानुनी त्रुटिका बारेमा जानकारी गराएका थिए। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको जिसस कास्कीका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो। कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिं गुरुङ , जिल्ला समन्वय समिति कास्कीका उप( प्रमुख सरिता कुमाल,जि।स।स।का सदस्यहरू , कास्कीका स्थानीय तहका प्रमुख,उप प्रमुख एबम कार्यकारी अधिकृतहरू ,जिल्लामा संचालित जलविद्युत आयोजनाका संचालक ,सरोकारवाला सरकारी निकायहरू नेपाल विद्युत प्राधिकरण ,जलस्रोत कार्यालय ,भुमी ब्यबस्था कार्यालय ,जिल्ला बन कार्यालय ,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,वृक्ष सुधार तथा भु सुपरिबेक्षण कार्यालय सहित गैरसरकारी संस्थाहरू, नागरिक समाज ,उपभोक्ताका प्रतिनिधि र सन्चारकर्मीहरूको उपस्थिति रहेको थियो।






