पत्रकार माधव पनेरु ‘जगदम्बा उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट सम्मानित

-


     पोखरा क्लिक     
     मंसिर ८ गते २०८३ मा प्रकाशित


पोखरा, मंसिर ८

पत्रकार माधव प्रसाद पनेरु ‘जगदम्बा उत्कृष्ट पत्रकारिता पुरस्कार २०८३’ बाट सम्मानित भएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.द्वारा स्थापित तथा सञ्चालित उक्त पुरस्कार यातायात क्षेत्रको प्रवर्द्धन र सुधारका लागि सञ्चारकर्ममार्फत उत्कृष्ट योगदान पुर्‍याएको भन्दै पनेरुलाई प्रदान गरिएको हो ।

कम्पनीको आठौँ वार्षिकोत्सवको विशेष अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार अक्षयकोषका दाता तथा यातायात व्यवसायी धर्मराज अधिकारी र कम्पनीका अध्यक्ष ऐनकुमार साईले संयुक्त रूपमा पत्रकार पनेरुलाई सम्मान गरेका हुन् । विगत २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय पनेरुले यातायात क्षेत्रका साथै विभिन्न सामाजिक मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।