विजयपुरमा सोफा घरको शाखा विस्तार

-


     पोखरा क्लिक     
     असाेज ५ गते २०८३ मा प्रकाशित


लेखनाथ, ५ असोज,

पोखरा महानगरपालिका–२६, विजयपुरमा सोफा घरको शाखा विस्तार गरिएको छ। शाखाको उद्घघाटन सोमबार लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले रिबन काटेर गरेकी हुन् । सोफा घरमा ग्राहकको अर्डरअनुसारका आधुनिक डिजाइनका सोफा तथा फर्निचरका दराज सेट, किचेन टेबललगायत विभिन्न सामग्री उपलब्ध हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष अधिकारीले ठूलो लगानीमा स्थापना भएको सोफा घरले समयको मागअनुसार अनलाइन तथा घरदैलो सेवा उपलब्ध गराउनु सकारात्मक रहेको बताइन्। उनले बजार व्यवस्थापन, सुशासन र सुरक्षालगायतका विषयमा लेखनाथ उद्योग वाणिज्य संघको साथ रहने उल्लेख गर्दै निजी क्षेत्रको उत्थानमा संघले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मानव जीवनका विभिन्न चरणमा घर, होटल, मन्दिर, बैठक कोठा, विद्यालय तथा कलेजको सजावटदेखि विवाह, व्रतबन्ध र पूजाआजासम्म सोफा तथा फर्निचर आवश्यक पर्ने भएकाले सर्वसुलभ मूल्यमा सामग्री उपलब्ध गराउनुका साथै होम सर्भिसको व्यवस्था गरेकोमा उनले सोफा घरलाई धन्यवाद दिइन्। साथै उनले सफल उद्यमी बन्न शुभकामना व्यक्त गरिन्। सोफा घरका प्रोप्राइटर भुवन अधिकारीले काठमाडौंको सीतापाइलास्थित उद्योगबाट सामग्री उत्पादन गरी देशका विभिन्न स्थानमा शाखा विस्तार गरिएको बताए। काठमाडौं, बुटवलपछि पोखराको विजयपुरमा शाखा विस्तार गर्न पाउँदा स्थानीयको साथ र सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको उनले बताए ।

फर्मको व्यवस्थापन तथा बजारीकरणमा केही कमी–कमजोरी भए सुधार गर्ने अवसर दिन पनि अधिकारीले आग्रह गरे । उनका अनुसार सोफा सेट रु. १२ हजारदेखि १ लाखसम्म, दराज रु. १३ हजारदेखि ६५ हजारसम्म, बेड रु. १० हजारदेखि ८५ हजारसम्म र डाइनिङ टेबल रु. १५ हजारदेखि ६५ हजारसम्म मूल्यमा उपलब्ध छन्। ग्राहकका लागि निःशुल्क ढुवानीको व्यवस्था गर्नुका साथै अनलाइनमार्फत समेत अर्डर गर्न सकिने उनले जानकारी दिए । कार्यक्रममा फर्मका अर्का प्रोप्राइटर उत्तम अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन लेखनाथ उद्योग वाणिज्य संघका सदस्य रविन सुनारले गरेका थिए ।