समाचार

पल्सर स्पोटर््स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित  

काठमाडौं, भदौ १४, नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औं संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५/५ मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका… पुरा पढौ

नेलम्बो नेपालले पनि बाढी प्रभावितको लागि साँढे पाँच लाख सहयोग गर्यो

दीननाथ बराल,पोखरा, १४ भदौ, सामाजिक संस्था नेलम्बो नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेको छ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरा–४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को यस परिस्थितीमा उक्त सहयोग गरेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताउनु भयो । कठिन घडीमा नेपाल सरकारको राहत तथा उद्धार अभियानमा हातेमालो गर्ने निर्णयअनुसार संस्थाले प्रधानमन्त्री दैवी… पुरा पढौ

रेवान पोखराद्वारा ठूलाखेतमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना लाभान्वित (भिडियो सहित)

भदौ १४,पोखरा, रेवान पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर यसपटक पोखरा–२३ ठूलाखेतस्थित श्री सिद्ध बराह माविको प्राङ्गणमा सम्पन्न भएको छ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा आइतबार सम्पन्न उक्त स्वास्थ्य शिविरमा ७ सय ५० जनाले स्वास्थ्य लाभ गराएका छन् । https://www.youtube.com/watch?v=9au2OA6y6cw&t=11s शिविरमा प्रसुती तथा स्त्री रोग, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक, कान, घाँटी, प्रयोगशाला, ई.सि.जी., भिडियो एक्स–रे लगायतका सेवाहरु प्रदान गरिएको थियो । शिविर सफल पार्न पोखरा महानगरपालिका… पुरा पढौ

प्राकृतिक विपद्का प्रभावितलाई म्याजेस्टिक लेक फ्रन्ट होटलको एक लाख सहयोग

पोखरा, पोखरा महानगरपालिका–६, खहरे लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ। होटलका सञ्चालक युवा व्यवसायी सुनिलबहादुर भट्टराईले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्का घटनाबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै होटलले विपद् प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने… पुरा पढौ

सबैलाई समेटेर संघलाई अघि बढाउने बुद्धाचार्यको प्रतिबद्धता (भिडियो सहित)

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले सबै क्षेत्रका व्यवसायीलाई समेटेर संघलाई विधानअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताए। https://www.youtube.com/watch?v=1OLUx4DvG10&t=15s पत्रकारले यसअघिको निर्वाचनमा प्यानलमा रहेर प्रतिस्पर्धा गरेको व्यक्ति यसपटक एक्लै अध्यक्ष पदमा उम्मेदवार बन्नुको आधारबारे प्रश्न गरेका थिए। जवाफमा बुद्धाचार्यले समूहमा विभिन्न किसिमका व्यक्तिको भूमिका र प्रभाव… पुरा पढौ

सहारा क्लवको ‘समर हाइकिङ फर च्यारिटी’बाट ६ लाख बचत, बाढी प्रभावितलाई ५० हजार सहयोग

दीननाथ बराल, पोखरा, १३ भदौ, सामाजिक उत्तरदायित्व र खेलकुद विकासलाई सँगसँगै अघि बढाउँदै आएको सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर च्यारिटी’बाट ६ लाख रुपैयाँ बचत गर्न सफल भएको छ । क्लबले हाइकिङबाट बचत भएको रकम पोखरा–१७ दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान तथा फुटबल प्रशिक्षणमा खर्च गर्ने जनाएको छ । गत साउन ३० गते पोखरा महानगरपालिका–९, फल्चा (महेन्द्रपुल) देखि काहुँडाँडासम्म आयोजना गरिएको एकदिने हाइकिङबाट कुल १० लाख ३६ हजार ४… पुरा पढौ

‘आश्वासन होइन, परिणाम दिने नेतृत्व’( शोभा गौतम प्यानलको प्रतिबद्धता

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक अधिवेशनको अवसरमा शनिबार आयोजित उम्मेदवार परिचय कार्यक्रममा शोभा गौतम नेतृत्वको प्यानलबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले उद्योगी–व्यवसायीको हित, संस्थागत सुदृढीकरण र पोखराको आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष पदकी उम्मेदवार शोभा गौतमले आफूले संघमा अहिलेसम्म सम्हालेका हरेक पदलाई पदका रूपमा नभई सेवाको अवसरका रूपमा लिएको बताउँदै अब नेतृत्वको जिम्मेवारी पाए उद्योगी–व्यवसायीको हितमा परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले आश्वासनभन्दा परिणाम दिने… पुरा पढौ

सिटिजन फर्निचरको आयोजनामा पोखरामा पाल्पाको लाखे नाच देखाइने

पोखरा, १३ भदौ, पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा भदौ १४ गते (आइतबार) नाच देखाउने तयारी छ । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रुपमा उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । यो कार्यक्रम मनोरञ्जनात्मकभन्दा पनि सांस्कृतिक महत्वको रुपमा नियमित कार्यक्रमअन्तर्गत देखाउन लागिएको उनले प्रस्ट पारे । लाखे नाच हेर्न आउने दर्शकलाई भैरवस्थान मन्दिरको… पुरा पढौ

अनुभवसँग युवाको ऊर्जा जोडौँ, संघलाई नयाँ उचाइमा पु¥याऔँ सौगात थापा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक अधिवेशनमा उद्योग उपाध्यक्ष पदका उम्मेदवार सौगात थापाले अग्रजको अनुभवसँग युवाको उर्जा जोड्दै संघलाई नयाँ उचाईमा पुर्याउन आजको आवश्यकता रहेको उल्लेख गरेका छन् । शनिबार भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै शोभा गौतम नेतृत्वको प्यानलबाट उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थापाले युवा व्यवसायीको आवाजलाई संघको नेतृत्व र निर्णय प्रक्रियासम्म पु¥याउने आफ्नो मुख्य उद्देश्य रहेको बताए । अंशुभरा ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका थापाले बैगचा वेलनेस रिसोर्ट र पोखरा ट्रेडमलको व्यवस्थापनमा… पुरा पढौ

पोखराको पुरानो टुँडिखेलमा हुने तीज महोत्सव स्थगित, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख सहयोग गर्ने

पोखरा, १३ भदौ, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने गरी तयारी गरिएको ऐतिहासिक टुँडिखेल तीज महोत्सव–२०८३ स्थगित गरिएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजनामा भदौ २५ देखि ३१ गतेसम्म सञ्चालन गर्ने तय भएको महोत्सव यस वर्षका लागि स्थगित गरिएको हो। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल उद्धेश्यका साथ पोखराको ऐतिहासिक स्थल पुरानो टुँडिखेलमा आयोजना गर्न लागिएको महोत्सव तीन दिनअघि भोटेकोशी नदीमा आएको बाढीका कारण… पुरा पढौ

This will close in 20 seconds