समाचार

पोखरामा महावीर पुनले आज पनि पुस्तक बिक्री गर्दैः महानगरको ध्यानाकर्षण

दीननाथ बराल,पोखरा, २७ फागुन, प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्र का संस्थापक महावीर पुन आज पनि पोखराका विभिन्न चोकमा स्वयं उपस्थित भएर आफ्नो आत्मकथात्मक पुस्तक बिक्री गर्दै छन्। पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बिहान १० बजेदेखि चिप्लेढुंगा क्षेत्रमा, दिउँसो १ बजे सभागृह चोक र बेलुका ४ बजेपछि बिरौटा चोकमा पुस्तक बिक्री गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन्। उनले मतगणनाको काम अझै जारी रहेकाले फुर्सदको समयमा पुस्तक बिक्री गर्दै आएको र संकलित रकम वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन तथा आविष्कार केन्द्रका गतिविधिका… पुरा पढौ

प्रधानमन्त्री कप प्रदेश स्तरिय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता विहिबारदेखि पोखरामा हुने

दीननाथ बराल, पोखरा, २६ फागुन, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली छनोट गर्ने उद्देश्यले पिएम कप गण्डकी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता बिहीबारदेखि पोखरामा सुरु हुने भएको छ । गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगिता फागुन २८ देखि चैत ३ गतेसम्म पोखरा रंगशाला क्रिकेट मैदान र लेखनाथस्थित इडन हेभेन क्रिकेट मैदानमा सञ्चालन हुने संघले पोखराक्लिकलाई जनाएको छ । प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वत गरी गण्डकी प्रदेशका ६ जिल्लाका टोली बीच… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा गैरिवाङ–आङ्वाङ जोड्ने झोलुङ्गे पुलको शिलान्यास

कास्की, २६ फागुन, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ अन्तर्गत गैरिवाङ र आङ्वाङ गाउँ जोड्ने झोलुङ्गे पुलको औपचारिक शिलान्यास गरिएको छ। आज (मंगलबार) आयोजित एक कार्यक्रमका बीच अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले पूजा–पाठ गरी उक्त पुल तथा सडक निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो। स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा परियोजनाले क्षेत्रको आवतजावत तथा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । करिब २ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको उक्त झोलुङ्गे पुल आगामी जेठ १५ गतेभित्र सम्पन्न गर्ने… पुरा पढौ

कास्कीको रूपा गाउँपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, बुधबार कृषि जैविक प्रर्दशनी हुने

दीननाथ बराल, पोखरा, २६ फागुन, कास्कीको रूपा गाउँपालिकामा आज (मंगलबार) देखि खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । पालिकाको स्थापना दिवसको अवसरमा राष्ट्रिय खेल भलिबलको विकास तथा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रूपा गाउँपालिका–६ भिरचोक उक्त प्रतियोगिता सुरु भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रतियोगिताले स्थानीय स्तरमा खेल प्रतिभा पहिचान गर्न र राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले “रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान” भन्ने… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा अमेरिकाको ह्युमन रिभोलुसनको सहयोग

पोखरा, २६ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको । फोटो पत्रकार अक्षयकोष’ मा अमेरिकाको ह्युमन रिभोलुसनले आर्थिक सहयोग गरेको छ । अमेरिकाको च्यारिटी संस्था ह्युमन रिभोलुसनका संस्थापक जीवन बरालले अक्षयकोषमा नगद १५ हजार १३७ रुपैयाँ सहयोग गरेका हुन् । बरालले अमेरिकाबाट सिधैं एनपिजेए कास्कीकोखातामा उक्त रकम जम्मा गरिदिएका हुन् । पोखरा निवासी बरालले अमेरिकामा सञ्चालन गरेको ह्युमन रिभोलुसनले विभिन्न च्यारिटी कार्यक्रम गर्दै आएको छ । आफ्नो संस्था परोपकारी कार्यमा लागेकाले फोटो पत्रकार अक्षयकोषमा पनि सहयोग गरेको संस्थापक… पुरा पढौ

कास्कीमा रास्वपा, नेकपा र राप्रपाका उम्मेदवार भन्दा दलमा बढी मत, काँगेंस र एमालेको दल भन्दा उम्मेदवारको बढी मत

दीननाथ बराल, पोखरा २५, फागुन, कास्कीमा रास्वपा, नेकपा र राप्रपाका उम्मेदवारले भन्दा दलमा बढी मत आएको छ भने काँगेंस र एमालेको दल भन्दा उम्मेदवारको पक्षमा बढी मत आएको छ । कास्की क्षेत्र नम्बर १, २ र ३ मा अघिल्लो पटकका प्रमुख राजनीतिक दलहरू एमाले र काँगेंसले यसपालीको प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनबाट पाएको मत विवरणले धेरै ठाउँमा समानुपातिकतर्फ भन्दा प्रत्यक्ष बढी मत आएको देखाएको छ । कास्कीका तीन वटै क्षेत्रमा अधिकांश दलहरूका लागि समानुपातिक मत प्रत्यक्ष भन्दा बढी देखिएको… पुरा पढौ

आन्दोलनका क्रममा फरार रहेका कैदी पोखरामा पक्राउ

पोखरा, २५ फागुन, कास्की कारागारबाट फरार रहेका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । डाँकाचोरी मुद्दामा सजाय भुक्तान गरिरहेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाचोक निवासी सूर्यबहादुर घर्ति क्षेत्री गत २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार भएका थिए । फरार भएपछि उनको खोजतलास भइरहेको अवस्थामा आज दिउँसो करिब १२ः४५ बजे नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका… पुरा पढौ

सांसद महाविर पुनलाई पोखरामा पुस्तक बिक्री गर्न भ्याई नभ्याई (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २५ फागुन, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधिसभा सदस्य महाविर पुनलाई आज (सोमबार) पोखरामा आफ्नो जीवनीमा आधारित पुस्तक बिक्री गर्न भ्याई नभ्याई भएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउने अभियान अन्तर्गत पुनले सोमबार पोखराका विभिन्न क्षेत्रमा पुस्तक बिक्री गर्नु भएको हो । https://www.youtube.com/watch?v=-B46S6cnMFc पोखराको अमरसिंहचोक, पृथ्वीचोक लगायतका स्थानमा पुगेर उहाँले दिन भरीजसो पुस्तक बिक्रि गर्न भ्याई नभ्याई भएको थियो । स्वयं पुस्तक बिक्री गर्नुका साथै पाठकलाई हस्ताक्षर गरेर पुस्तक हस्तान्तरण गरी फोटो समेत खिचाउनु भएको… पुरा पढौ

कास्कीमा समानुपातिक तर्फ पनि रास्वपाको बहुमत कास्कीका ५७ पार्टीको मतपरिणाम, सबै भन्दा थोरै मितेरी पार्टी नेपालको ३ मत

दीननाथ बराल,पोखरा,२४ फागुन, देशै भरी रास्वापाको वर्चश्व कायम गर्दा त्यसको प्रभाव कास्की क्षेत्रमा पनि पर्यो । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक तर्फको मत परिणाम सार्वजनिक हुदाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याउन सफल भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको मत परिणामअनुसार रास्वपाले करिब ६० प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थानमा आउन सफल भएको हो । निर्वाचन कार्यालयका अनुसार कास्कीका तीन निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ कुल १ लाख ९१ हजार ४२५ मत खसेको थियो ।… पुरा पढौ

अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध स् मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकीकृत सेवा कार्यालय कास्कीले आयोजना गरेको कार्यक्रम उनले यस्तो बताएका हुन । “च्ष्नजतक, व्गकतष्अभ, ब्अतष्यल ायच बिि ध्यmभल बलम न्ष्चकि” तथा राष्ट्रिय नारा “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” का साथ आयोजित कार्यक्रममा महिला सशक्तीकरण, समानता र न्याय सुनिश्चित गर्ने विषयमा विशेष छलफल… पुरा पढौ