समाचार

पोखरा–काठमाडौं रुटमा साकुरा होलिडेजको अत्याधुनिक सेवा सहितको बस सेवा सुरु (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १ भदौ, पर्यटकीय राजधानी पोखरालाई काठमाडौंसँग जोड्ने उद्देश्यले साकुरा होलिडेज प्रालिले पोखरा–काठमाडौं रुटमा पर्यटक बस सेवा सञ्चालनमा ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आरामदायी, सुरक्षित र स्तरीय यातायात सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ पर्यटक बस सेवा सुरु गरेकोे कम्पनीले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=67I8SE3RxmE&t=36s पोखरा–काठमाडौं रुटमा सञ्चालनमा ल्याइएको बसमा आरामदायी लक्जरी सिट, वाइफाइ, टेलिभिजन लगायतका सुविधा उपलब्ध रहेको कम्पनीका सञ्चालक राजेन्द्रकुमार पौडेलले बताउनु भयो । नेपालको सडकको अवस्था र यात्रालाई सहज बनाउन आधुनिक प्रविधियुक्त सस्पेन्सन प्रणाली… पुरा पढौ

पोखरा–२२ का २ सय परिवारलाई पहिलो चरणमा इन्डक्सन चुल्हो वितरण (भिडियो सहित),गाउँका सबै घर धुरीलाई चुल्हो वितरण हुने

दीननाथ बराल, पोखरा, १ भदौ, हाल देश भर खाना पकाउने ग्यास अभाव भएको अबस्थामा पोखरा महानगरपालिका वडा नं. २२ (पुम्दी–भुम्दी) का २ सय परिवारलाई बिद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिएको छ । बजारमा ग्यास अभाव हुन थाले पछि वडाबासीलाई त्यसको विकल्पका रूपमा पोखरा २२ वडा कार्यालयले विद्युतीय (इण्डक्सन) चुल्हो वितरण गर्ने अभियान आज सोमबारदेखि सुरु गरेको हो । https://www.youtube.com/watch?v=o0ADYbe71Fg वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा सोमबार पहिलो चरणमा २ सय वटा मात्र चुल्हो वितरण गरिएको… पुरा पढौ

फेसबुकबाट घोषणा गर्दै पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनसहित चार जना प्रत्यासी बिच प्रतिष्प्रर्धा हुने

पोखरा, ३१ साउन पोखरा उद्योग वाणिज्य संघको आगामी ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ। भदौ २० र २१ गते हुने महाधिवेशनमा अध्यक्ष पदका लागि यसअघि तीन जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्। पछिल्लो समय युवा व्यवसायी अर्जुन पोखरेलले पनि सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै अध्यक्षका आकांक्षीको संख्या चार पुगेको छ। पोखरेलले फेसबुक स्टाटसमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै निजी क्षेत्रका मुद्दालाई खरो रूपमा उठाउने र व्यवसायीका समस्या समाधानका लागि निडर… पुरा पढौ

लागू औषध सहित पोखरामा ६ जना युवा पक्राउ

दीननाथ बराल, पोखरा ३१, साउन, पोखरामा लागू औषध बिक्री–वितरण गरेको आरोपमा प्रहरीले ६ जना युवालाई लागू औषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१ सिम्पानीबाट ६ जना युवालाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) विरेन्द्र कुमार पासवानले बताउनु भयो । पक्राउ पर्नेमा धादिङ गंगा जमुना गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–१ कस्केरी बस्ने २१ वर्षीय लुकाश तामाङ, सोही स्थानका २२ वर्षीय सुवास तामाङ, पर्वत मोदी गाउँपालिका–८ चित्रे घर… पुरा पढौ

‘जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै

पोखरा, भदौ २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’को प्रचारप्रसारले गति लिएको छ । चलचित्रको ‘जुनी जाला’ बोलको गीतले युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको खुशीयालीसँगै निर्माण टिमले दर्शकमाझ चलचित्रबारे थप जानकारी गराउन थालेको हो। पोखराबाट सञ्चालित रोधिं टिभीको चौथो वार्षिक उत्सवका अवसरमा आइतबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा ‘पेन्सन पट्टा’को निर्माण टिम तथा कलाकारहरूको उल्लेख्य उपस्थिति रहयो । कार्यक्रममा चलचित्रको प्रदर्शन मिति, कथावस्तु, कलाकार तथा गीतसंगीतका विषयमा जानकारी गराइएको छ । चलचित्रको टिमले ‘जुनी जाला’ गीतले छोटो… पुरा पढौ

रसिला र प्रिन्सद्वारा पुष्पलाल स्मृती ब्याडमिन्टनको उपाधी रक्षा

काठमाडौं, एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियता तर्फको उपाधी रक्षा गर्न सफल भएका छन् ।पुरुष तर्फ एपिएफका प्रिन्स दाहाल र एपिएफकै क्षितिज खनाल विच भएको खेलमा प्रिन्सले जित हात पारे । प्रिन्सले २१–१५, २१–७ को जित हात पारेका हुन् । यसका साथै प्रिन्सले लिगमा हारेको बदला समेत लिएका छन् । प्रिन्सले ४८ हजार ५ सय मेडल। प्रमाण पत्र र ट्रफी प्राप्त गरे भने उपबिजयी क्षितिजले… पुरा पढौ

नेपाल–रुस फोटो प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा, ३० साउन, नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखरामा “नेपालको पर्यटनमा रुसको भूमिका” विषयक फोटो प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रुसी कूटनीतिक नियोगका प्रतिनिधि, गण्डकी प्रदेशसभा, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी, प्राज्ञिक क्षेत्र तथा नेपाल–रुस मैत्रीसम्बन्धी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सात दशक लामो नेपाल–रुस मैत्री सम्बन्धको समीक्षा गर्दै पर्यटन, संस्कृति, शिक्षा, अनुसन्धान तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे छलफल गरिएको थियो ।… पुरा पढौ

पोखरामा लाखेनाच संरक्षणको प्रयास

पोखरा, साउन ३१, पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास भएको छ । मालेपाटन तायाःमचा नाच समिति पोखरा–५ ले नेवारी समुदायको अनुपम संस्कृति लाखेनाच संरक्षणको प्रयास गरेको हो । नेवाःखल कास्कीको संरक्षणमा लाखेनाच संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र पुस्तान्तरणको प्रयास स्वरुप शनिबार पोखरा–५ मालेपाटनस्थित वाराही माविको खेल मैदानमा तेस्रो संस्करणको लाखेनाच प्रदर्शन सम्पन्न भएको छ । पोखरामा लाखेनाच लोपोन्मुख अवस्थामा पुगेपछि नया पुस्तामा लाखेनाचप्रति आकर्षण जगाउन तीन वर्षअघि शुरु भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रुपमा भएको हो । जहाँ एउटै मञ्चमा… पुरा पढौ

पल्सर पिपल्स च्वाइस अवार्डमा पाँच खेलाडी, भोटिङमा

काठमाडौँ, साउन ३१, नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। यस विधामा यस वर्ष भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्स ९एमएमए० का रवीन्द्र ढाँट मनोनयनमा परेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत २३औँ संस्करणको पिपल्स च्वाइस अवार्डका पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो। खेलाडीको लोकप्रियता र पछिल्लो समयको प्रदर्शनलाई आधार बनाउँदै विभिन्न खेल विधाबाट पाँच खेलाडी छनोट… पुरा पढौ

समिप वैरागीको ‘साहीमासा’ माथि गहन बौद्धिक परिचर्चा

पोखरा, पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने उद्देश्यले आयोजित ‘र्यान्डम रिर्डस सोसाइटी’को १२९औँ शृङ्खलामा कवि तथा लेखक समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिन आचार्यले ‘साहीमासा’ माथि कार्यपत्र प्रस्तुत गरेका थिए। संस्थाका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिवले गरेका थिए। परिचर्चाका क्रममा ‘साहीमासा’मा अभिव्यक्त प्रेम, सामाजिक यथार्थ, मगर समुदायको मौलिक सांस्कृतिक सौन्दर्य, जीवन–संघर्ष तथा समकालीन समाजका… पुरा पढौ

This will close in 20 seconds