समाचार

रेडक्रसको कविता प्रतियोगितामा दीपशिखा पहिलो

पोखरा, फागुन १६, नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा सनफ्लावर बोर्डिङ स्कुल, पोखरा–२, अर्चलबोटमा क्रियाशील जुनियर रेडक्रस सर्कलको व्यवस्थापनमा शनिवार पोखरामा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । जम्मा १३ जनाको सहभागिता रहेको प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री प्रथम भएकी छन् । त्यसै गरी ज्ञानसागर एकेडेमीकी रोजिना अधिकारी द्वितीय, सिर्जना आवासीय माविका विवेक सुनार तृतीय तथा छोरेपाटन माविकी श्रवणा दाहाल र होलीमाउन्ड बोर्डिङ स्कुलकी अनुस्का ढकाल सान्त्वना स्थान प्राप्त गर्न सफल भए । प्रतियोगिताका निर्णायकहरूमा कार्यमूलक नेपाली व्याकरण, बोध… पुरा पढौ

लिटल फ्लावरमा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

लेखनाथ, १६ फागुन, लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल, पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीमा आयोजित त्रिदिवसीय शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम शनिबार पुरस्कार वितरणसँगै सम्पन्न भएको छ। विद्यार्थीहरूको बहुआयामिक प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा शैक्षिक उपलब्धि, खेलकुद प्रतिस्पर्धा तथा बाल प्रतिभा पहिचान अन्तर्गत भाषणकला, कविता वाचन, गायन, नृत्य र नाटक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । समापन समारोहमा प्रमुख वक्ताका रूपमा बोल्दै राष्ट्रिय परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश का शिक्षा… पुरा पढौ

पोखरा शेर्पा समाजद्वारा ग्याल्पो ल्होसार मनाइयो

शेर्पा समुदायको महान पर्व २१५३औँ मे फा ता लो ग्याल्पो ल्होसारको अवसरमा पोखरा शेर्पा समाज कास्कीले शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। बुलौदीस्थित हिमचुली पार्टी प्यालेसमा आयोजित कार्यक्रममा समुदायका अग्रज, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो। समाजका अध्यक्ष राजेश शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोपेन गोम्पु शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित। प्रमुख अतिथि शेर्पाले ग्याल्पो ल्होसारले शेर्पा समुदायको ऐतिहासिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक मौलिकतालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले भाषा, भेषभूषा, परम्परा र संस्कारको… पुरा पढौ

सूर्यदर्शनका सहकारी पीडित फेरी सडकमा ः ऋणीलाई रकम फिर्ता गर्न आग्रह, फिर्ता नगरे प्रतिवादी बनाउने चेतावनी (भिडियो सहित)

दीननाथ बराल, पोखरा १६, फागुन निर्वाचनको मिति नजिकै आउदा पोखरामा सहकारी पीडितहरु सडकमा उत्रिनु भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरू शनिबार सहकारी परिसरमा आन्दोलित हुदै सहकारीबाट ऋण लिएकाहरूलाई तत्काल रकम फिर्ता गर्न आग्रह गर्नु भएको छ । https://www.youtube.com/watch?v=kpPvP16b1pI अब ढिलाइ गरे प्रतिवादीको रूपमा मुद्दा अघि बढाइने सहकारी संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले शनिबार पोखरामा आयोजित छलफलमा चेतावनी दिनु भएको हो । “तपाईंहरूले सकेसम्म छिटो ऋण चुक्ता गर्नुहोस्, नत्र हामी कानुनी प्रक्रियामा जान बाध्य… पुरा पढौ

इरानमाथि अमेरिका–इजरायलको संयुक्त आक्रमण, ७० जनाको मृत्यु, नेपालमा पनि असर पर्न सक्ने शंकेत

काठमाडौं, अमेरिका र इजरायलले इरानविरुद्ध व्यापक सैन्य आक्रमण सुरु गरेका छन् । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो विस्फोट भएको बताइएको छ । त्यसपछि इरानका विभिन्न सहरका सैनिक अखाडा र मिसाइल संरचनामा आक्रमण गरिएको विभिन्न समाचार एजेन्सिहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ सुरु गरिएको दाबी गरेका छन् । उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको आरोप लगाए ।… पुरा पढौ

चौथो हिसान फुटसल जारी, बाराही, चिल्ड्रेन, स्टेप बाई स्टेप र डायमण्ड सेकेन्डरी स्कूल अन्तिम चारमा

पोखरा, पोखरामा जारी चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ अन्तर्गत सेमीफाइनल चरणको समिकरण पूरा भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिन शनिबारका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो । सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगलका अनुसार प्लस–२ तर्फ बाराही आवासीय माध्यमिक विद्यालय, चिल्ड्रेन लाइफ बोर्डिङ स्कूल, स्टेप बाई स्टेप सेकेन्डरी स्कूल तथा डायमण्ड सेकेन्डरी स्कूल सेमीफाइनलमा प्रवेश… पुरा पढौ

एमाले र रास्वपा लक्षित कटाक्ष गर्दै काँगेंस सभापति गगन थापा भन्छन अबको चुनावमा दुई अतिवादले स्थान पाउन सक्ने खतरा छ !

दीननाथ बराल, पोखरा, १५ फागुन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एमाले र रास्वपा लक्षित कटाक्ष गर्दै यही फागुन २१ गते हुने निर्वाचनमा दुई अतिवादले स्थान पाउन सक्ने खतरा रहेको बताउनु भयो । पोखरामा आज (शुक्रबार) आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भदौ २३ र २४ का घटनालाई लिएर चरम ध्रुवीकरण हुन सक्ने दाबी गर्दै निर्वाचनमा देशमा दुई प्रकारका अतिवादले स्थान पाउन सक्ने खतरा रहेको दाबी गर्नु भएको हो । “एउटा अतिवाद २३ भदौमा केही भएको हैन, भएन भन्ने खालको… पुरा पढौ

कास्कीमा शुक्रबार राति १२ बजेदेखि अन्तिम मतपरिणाम नआउँदासम्म मदिरा बिक्री–वितरण र ओसारपसारमा रोक, अवज्ञा गरे कारबाही हुने प्रशासनको चेतावनी

दीननाथ बराल,पोखरा, १५ फागुन, यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न कास्की जिल्लाभर शुक्रबार राति १२ बजेदेखि अन्तिम मतपरिणाम सार्वजनिक नहुञ्जेलसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण, ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले आज जारी गरेको जरूरी सूचनाअनुसार निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका–२०७८, निर्वाचन आयोग, नेपालको मिति २०८२÷११÷१३ को प्रेस विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम उक्त निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ । प्रशासनले होटल व्यवसायी, मदिरा… पुरा पढौ

एन.आर.एन जापानले हेमजाका सामुदायिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

१४ फागुन, पोखरा, पोखरा महानगरपालिका–२५ हेमजामा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार बराबरको विभिन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । २५ न. वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समिति पोखरा–२५ हेमजाको व्यवस्थापन तथा एन।आर।एन जापान को विशेष सहयोगमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै एन।आर।एन का पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयको रोहबरमा करिब ३ लाख… पुरा पढौ

चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता पोखरामा सुरु, उद्घाटन खेलमा स्टेप वाई स्टेपको विजयी सुरुवात

पोखरा चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताअन्तर्गत पहिलो दिन प्लस–२ तर्फका ८ खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कूलले गुरुकुल विद्या सदनलाई ३–२ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । निर्धारित ३० मिनेटको खेलमा स्टेप बाई स्टेपले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो… पुरा पढौ