समाचार

मेयर कप तथा राष्ट्रिय क्रस कन्ट्री साइक्लिङ दौड असार ७ गते पोखरामा हुने

दीननाथ बरालपोखरा, जेठ ३०, पर्यटनको राजधानी पोखरामा आउदो असार ७ गते “मेयर कप तथा राष्ट्रिय क्रस कन्ट्री साइक्लिङ दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका तथा पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा एवं कास्की जिल्ला साइक्लिङ संघको सह–आयोजनामा असार ७ गते महिला तथा पुरुष एवं जुनियर तर्फका विधामा उक्त दौड हुने तयारी गरिएको प्रतियोगिताका संयोजक शंकर भण्डारीले बताउनु भयो । प्रतियोगिता पोखरा महानगरपालिका–२१ फेदिपाटनबाट सुरु हुने भएको छ भने प्रतियोगिताका लागि निर्धारण गरिएको रुट फेदिपाटनदेखि निर्मलपोखरी क्षेत्रसम्म करिब पाँच… पुरा पढौ

निवर्तमान सभापति गौतमलाई पराजित गर्दै महासचिव त्रिपाठी रास्वपा गण्डकीको सभापतिमा निर्वाचित

पोखरा, जेठ ३०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको नेतृत्वमा परिवर्तन आएको छ । प्रदेश समितिका निवर्तमान महासचिव नवीन त्रिपाठीले बहालवाला सभापति राजन गौतमलाई पराजित गर्दै गण्डकी प्रदेश सभापतिको जिम्मेवारी हात पार्न सफल भएका छन्। प्रथम प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार राति सम्पन्न मतदानको मतगणना शनिबार बिहान सकिँदा त्रिपाठीले २ सय ३४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान सभापति गौतमले १ सय ८२ मतमा सीमित हुनुपरेको थियो। यससँगै त्रिपाठीले ५२ मतको स्पष्ट अन्तरसहित पहिलो चरणमै विजय सुनिश्चित गरेका हुन्। उनीहरुको… पुरा पढौ

विश्वकप फुटबलको महाकुम्भ भव्य रूपमा सुरु

दक्षिण कोरियाको विजयी सुरुआत पोखरा । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव तथा महाकुम्भ मानिने फिफा विश्वकप फुटबल–२०२६ भव्य तामझामका साथ सुरु भएको छ। पहिलोपटक तीन राष्ट्र– मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको पहिलो दिन नै रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। समूह ‘ए’ अन्तर्गत शुक्रबार मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। खेलमा सुरुआती अग्रता भने चेक रिपब्लिकले लिएको थियो। ५९औँ मिनेटमा लाडिस्लाभ क्रेज्चीले गोल गर्दै… पुरा पढौ

रास्वपाको प्रथम गण्डकी प्रदेशस्तरीय अधिवेशन सुरु, ४ जना अध्यक्षका आकांक्षी“देशको भविष्य बनाउन हामी आएका हौं, राजनीतिक भविष्य जोड्न होइन” ः महामन्त्री बुर्लाकोटी

पोखरा, २९ जेठ, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गण्डकी प्रदेशको प्रथम ऐतिहासिक प्रदेश अधिवेशन आज ९बिहीबार० देखि पोखरामा सुरु भएको छ । प्रदेश सभापति पदका लागि चार जना नेताबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक रुपमा आकांक्षी देखिनु भएको हो । अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले अधिवेशन नेतृत्व परिवर्तनको प्रक्रिया मात्र नभई नीति, कार्यशैली र व्यक्तित्वको मूल्याङ्कन गर्ने अवसर समेत भएको बताउनु भयो । “अधिवेशन भनेको नेतृत्व परिवर्तन गर्नु मात्र होइन, राम्रो नीति निर्माण र आवश्यक परिवर्तन गर्ने प्रक्रिया… पुरा पढौ

स्याङ्जाको पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यकार असफल गौतमसहित तीन स्रष्टा सम्मानित

स्याङ्जा, जेठ २९, पुतलीबजार प्रज्ञा प्रतिष्ठान, स्याङ्जाले कला, साहित्य तथा संगीत क्षेत्रको श्रीवृद्धिमा योगदान पुर्‍याएका तीन जना स्रष्टालाई सम्मान गरेको छ ।प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रममा साहित्यकार तथा कवि असफल गौतम, साहित्यिक स्रष्टा अनन्त कुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाल लाई जनही नगद २० हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। पुतलीबजार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपािलकाका नगर प्रमुख तुलसीराम रेग्मी, प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, उपकुलपति दुर्गाबहादुर शाह बाबा, तथा सदस्य सचिव… पुरा पढौ

स्टेप वाई स्टेप मा.वि.मा अन्तरसदनात्मक अङ्ग्रेजी हिज्जे प्रतियोगिता

पोखरा, स्टेप वाई स्टेप माध्यमिक विद्यालय ले कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूबीच अन्तरसदनात्मक अङ्ग्रेजी हिज्जे प्रतियोगिता आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित प्रतियोगितामा चारवटा सदनका १२ टिमबाट ६० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको अङ्ग्रेजी भाषामा हिज्जे ज्ञान, शब्दभण्डार तथा भाषिक दक्षताको विकास गर्नु रहेको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल ले मन्तव्य व्यक्त गर्दै कुनै पनि कामको सुरुवात सही ढंगले भएमा त्यसले सफलताको मार्ग प्रशस्त गर्ने बताउनुभयो। उहाँले यस्ता… पुरा पढौ

मदरल्याण्डमा विद्यार्थीलाई स्वागत र अभिमुखिकरण–४ जिपिए ल्याएका २५ जना भर्ना,

पोखरा, जेठ २९, पोखराको मासवारस्थित मदरल्याण्ड माविले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमबीच स्वागत गर्दै अभिमुखिकरण पनि आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भएर कक्षा ११ मा भर्ना भएका विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । मदरल्याण्डमा यो पटक कक्षा ११ मा भर्ना भएका विद्यार्थी मध्ये एसइइमा जिपिए ४ अंक ल्याएका २५ जना विद्यार्थी र उनीहरुका अभिभावकलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो । अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि नबिल… पुरा पढौ

कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि।स।स।लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

जेठ २९ ,पोखरा, कास्की को नवौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । सभाको गण्डकी प्रदेश सभाका सदस्यहरू प्रकाश बराल ,देवका पाहारी, नन्दकला नेपालीले संयुक्त उदघाटन उद्घाटन गर्नु भएको थियो । सो क्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले जिल्ला समन्वय समिति बर्तमान कानुनि ब्यबस्था अनुसार ,प्राप्त अधिकारको उच्चतम सदुपयोग मार्फत प्रभाबकारी कार्य सम्पादनमा तल्लिन रहेको भन्दै यसको थप मजबुतिकरणका सन्दर्भमा कानुन निर्माण र अन्य ब्यबस्थापनका बिषयमा प्रयत्नशील रहने उल्लेख गर्नुभयो । प्रदेश सभा सदस्य देवका पाहारीले सदन मार्फत जिससहरूको भूमिकालाइ… पुरा पढौ

ओझेलमा परेको स्याङ्जाको नवग्रह मन्दिर ः धार्मिक पर्यटनको धेरै सम्भावना, शनिबार दर्शनार्थीको भिड

दीननाथ बराल,पोखरा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित नवग्रह मन्दिर केही समयदेखि धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । एक समय सामान्य धार्मिक वन क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रमा हाल हजारौं भक्तजन र पर्यटकको गन्तव्य बन्न थालेको छ । पर्याप्त प्रचारप्रसारको अभावका कारण अझै ओझेलमा रहेको यो मन्दिर धार्मिक पर्यटन प्रवद्र्धनमा कोसेढुंगा सावित हुन सक्ने सम्भावना बोकेको स्थानियले बताउनु भयो । स्याङ्जा जिल्ला को अर्जुनचौपारी गाउँपालिका–१ स्थित धार्मिक वन क्षेत्रमा निर्माण गरिएको नवग्रह मन्दिर समुद्री सतहबाट करिब १,०२४ मिटर उचाइमा रहेको… पुरा पढौ

पोखरामा साइकलको प्रयोग बढाउन सुझाव

पोखरा, २९, जेठ, विश्व साइकल दिवस तथा विश्व वातावरण दिवसको अवसर पारेर साइकल सिटी पोखराले पोखरामा स्वास्थ्य, वातावरण संरक्षण र दिगो पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम आयोजना गरेको छ । “साइकल चलाऔं, स्वस्थ रहौं, पृथ्वी बचाऔं” भन्ने मूल नारासहित हालै पोखरामा सम्पन्न भएको कार्यक्रम अन्तर्गत शैक्षिक सहयोग, वृक्षारोपण तथा वृहत साइकल र्‍याली आयोजना गरिएको संस्थाले जनाएको छ। संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ का अनुसार डिहिको पाटन क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको थियो। उक्त… पुरा पढौ