समाचार

पोखरा–गोरखा–बन्दीपुरलाई जोडेर ग्रामीण पर्यटनको नयाँ सर्किट विकास गर्नुपर्नेमा जोड

दीननाथ बराल,पोखरा २८, जेठ, गण्डकी प्रदेशको राजधानी पोखरा, गोरखा र बन्दीपुर लाई एकीकृत पर्यटकीय सर्किटका रूपमा विकास गर्दै ग्रामीण पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा पर्यटन व्यवसायी तथा सरोकारवालाहरूले जोड दिएका छन् । आज (बिहीबार) पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यी तीन गन्तव्यलाई जोडेर गण्डकी प्रदेशको पर्यटनलाई थप सशक्त बनाउन सकिने धारणा व्यक्त गर्नु भएको हो । ‘नेपाल घुम्न गोरखा जाऔँ’ नारासहित होटल व्यवसायी संघ गोरखा को नेतृत्वमा गोरखाका पर्यटन व्यवसायीहरू पर्यटन प्रवद्र्धन अभियान लिएर पोखरा आउनुभएको छ । पृथ्वी होटल व्यवसायी समितिको… पुरा पढौ

कार दुर्घटनामा गण्डकी विकास बैंकका पूर्व सीईओ थापाको निधन

पोखरा, २९ जेठ पोखराको वित्तीय तथा बैंकिङ क्षेत्रका परिचित व्यक्तित्व, गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेशमबहादुर थापाको सवारी दुर्घटनामा परी निधन भएको छ । बेगनास–भोर्लेटार सडक खण्डअन्तर्गत पोखरा महानगरपालिका–३१ स्थित पचभैया क्षेत्रमा उहाँ आफैले चलाउनुभएको कार दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएको थियो। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेको कास्की प्रहरीले पोखराक्लिकलाई बताउनु भयो । बा १३ च ४२०९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता… पुरा पढौ

करोडौँको धनमाल र नगद बरामद, विदेशी नागरिकदेखि अन्तरजिल्ला लागूऔषध कारोबारीसम्म कास्की प्रहरीको फन्दामा

पोखरा, २९ जेठ, कास्की प्रहरीले आर्थिक अपराध, चोरी–डकैती, लागूऔषध कारोबार र फरार अपराधीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हासिल गरेको छ। जेठ महिनामा मात्रै विभिन्न प्रकृतिका २०६ मुद्दा दर्ता गर्दै प्रहरीले ६५ जना फरार प्रतिवादी पक्राउ गर्नुका साथै करोडौँ रुपैयाँ बराबरको चोरी भएको धनमाल, नगद तथा लागूऔषध बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक नविन कार्कीले जिल्लाको शान्ति सुरक्षा, आर्थिक अपराध नियन्त्रण तथा संगठित आपराधिक गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कारबाहीलाई तीव्र… पुरा पढौ

३ क्याम्पसका विद्यार्थी र प्राध्यापकलाई युआरएलमा छुट

पोखरा, २८ जेठ, पोखरा महानगरका ३ क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी र क्याम्पस परिवारले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का सेवामा छुट पाउने भएका छन् । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलसँग कालिका बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका बहुमुखी क्याम्पसको छुट्टाछुट्टै सम्झौता भएको छ । यी क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा क्याम्पस सञ्चालक समितिका सदस्य र सिनेटरले युआरएलका हरेक रक्त परीक्षणमा ३० प्रतिशत छुट पाउने छन् । सेवा लिन उनीहरुले क्याम्पसले जारी गरेका परिचयपत्रसहित आउनुपर्ने र… पुरा पढौ

असोज ७ देखि फ्लाई दुबईले पोखरा दुबई सिधा उडान गर्ने भएसंगै अग्रिम टिकट समेत खुल्ला गर्यो

दीननाथ बराल,पोखरा, २८ जेठ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि पोखरा–दुबई रुटमा दैनिक उडान सञ्चालन गर्ने घोषणा गरेसँगै गण्डकी प्रदेशको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ। विमानस्थल सञ्चालनमा आएको करिब तीन वर्षपछि पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुनिश्चित भएको हो। फ्लाई दुबईले उक्त रुटका लागि टिकट बुकिङसमेत खुला गरिसकेको छ। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो स्थापनाको मूल… पुरा पढौ

एआई र रोबोटिक्स प्रतिश्पर्धामा मदरल्याण्डलाई तीन स्वर्ण

पोखरा, जेठ २८, पोखराको मासवारस्थित मदरल्याण्ड माविले थाइल्याण्डमा भएको एआई र रोबोटिक्स सम्बन्धि प्रतिश्पर्धामा तीन स्वर्ण, दुई रजत र एक काँश्य हात पारेको छ । जिस्ट इन्टरनेशनल फाउन्डेसनले थाइल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरेको उक्त प्रतिश्पर्धामा नेपाल सहित विभिन्न सातवटा मुलुकका विभिन्न कलेजका विद्यार्थीले भाग लिएका थिए । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (स्टिम) ओलम्पियाड तथा रोबोटिक्स बुटक्याम्पमा पनि विद्यार्थीले सहभागितासँगै प्रतिश्पर्धा गरेका थिए । मदरल्याण्ड माविका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार विद्यालयका एकजना शिक्षक सहित… पुरा पढौ

गण्डकी प्रदेशको एक टोलीद्धारा भारतको कलकतासम्म पर्यटन प्रवद्र्धन गर्न जाने, नाट्टा गण्डकीको बी टु बी सेल्स मिसन

दीननाथ बराल,पोखरा, २७ जेठ, पोखरा तथा गण्डकी प्रदेशको पर्यटनलाई भारतीय बजारमा थप प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित भारतको कोलकाता (कोलकाता) सम्म “पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बी टु बी सेल्स मिसन” सञ्चालन हुने भएको छ । कार्यक्रमका लागि २२ सदस्यीय टोली भोलि (बिहीबार) पोखराबाट भारत प्रस्थान गर्ने भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यही जेठ २८ देखि असार १ गतेसम्म भारतको पश्चिम बंगाल राज्यअन्तर्गत कलकतामा अभियान सञ्चालन गर्न लागिएको नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले… पुरा पढौ

अनुसन्धानमूलक लेख लेखन तालिम सम्पन्न

पोखरा, २७ जेठ, नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको अनुसन्धानमूलक लेख लेखन तालिमको समापन भएको छ । पोखरामा महानगरपालिकाको सहयोगमा आईतबारदेखि सुरु भएको तालिम बुधबार समापन भएको हो । समापन कार्यक्रममा प्रमुख प्रशिक्षक त्रिभुवन विश्व विद्यालय पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्यालले पत्रकारिता क्षेत्रको बौद्धिक विकास र अनुसन्धानमा जोड दिनुपर्ने बताए । उनले पत्रकारितालाई केवल तालिमको विषय मात्र नबनाई यसलाई गम्भीर प्राज्ञिक अध्ययन र अनुसन्धानको क्षेत्रका रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए । आफ्नो डेढ दशक लामो अनुभव स्मरण गर्दै… पुरा पढौ

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवा डुंगा व्यवसायी संगठनलाई

लेखनाथ, २७ जेठ, बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधी कब्जा गरेको हो । महिला तर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० मिनेट १६ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै फेवा डुंगा ब्यवसायि समितिको सन्तमाया जलारीको टिमले प्रथम स्थान हासिल ग¥यो भने फेवाकै उषा गुरुङको समुहले २० मिनेट ४९सेकेण्डमा… पुरा पढौ

पोखराको सार्वजनिक यातायात सुधारका लागि ‘स्मार्ट र दिगो मोबिलिटी’ मा जोड

पोखरा, पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) र आर्थिक आवाजको साझेदारीमा पोखरामा आयोजित ‘स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी’ विषयक सार्वजनिक–निजी संवादका वक्ताहरूले यस्तो धारणा राखेका हुन् । विश्वव्यापी जलवायु परिवर्तन, वायु प्रदूषण र तीव्र सहरीकरणको चुनौती सामना गर्न पोखरामा हरित यातायातको विकास अपरिहार्य भएको निष्कर्ष छलफलले निकालेको छ । संवादमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको यातायात क्षेत्रलाई आमूल… पुरा पढौ