समाचार

पृथ्वीराजमार्ग बसपार्क अगाडि अब जथाभावी पार्किङ गर्न नपाइने, सबै बस बसपार्कबाटै सञ्चालन हुने

दीननाथ बराल, पोखरा २६, साउन, पोखराको पृथ्वीचोक क्षेत्रलाई व्यवस्थित बनाउने अभियान सुरु भएको छ । पोखरा बसपार्क निर्माणका लागि बसपार्कभित्र रहेका केही संरचना हटाइएसँगै अब पृथ्बीचोक क्षेत्रका पृथ्वीराजमार्गको सडक तथा फुटपाथमा हुने जथाभावी पार्किङ र यात्रु चढाउने–ओराल्ने कार्यलाई पूर्ण रूपमा रोक्ने अभियान आजबाट सुरु भएको हो । तष्विर शुदर्शन रञ्जित अब पृथ्वीचोक हुँदै पोखरा भित्रिने तथा बाहिरिने सार्वजनिक सवारीसाधनले सडक र फुटपाथबाट यात्रु चढाउने–ओराल्ने पाउने छैनन् । सबै बसले पोखरा बसपार्कभित्रैबाट यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाइने भएको छ ।… पुरा पढौ

कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

पोखरा ,साउन २६, गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले पालिकाहरूलाई सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद मिति २०८३ साउन २६ गतेबाट ७ दिन थप गरिएको छ । समितिले मिति २०८३ साउन ११ गतेको पत्र मार्फत पन्ध्र दिन भित्र अध्ययन समिति समक्ष प्रस्ताब पठाउन आग्रह गरेको थियो। सो अबधिमा अन्नपूर्ण गाउपालिकाको मात्रै प्रस्ताब प्राप्त भएको हुँदा बाँकी पालिकाहरूलाई प्रस्ताब पठाउन सात दिनको म्याद थप… पुरा पढौ

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने

पोखरा, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले बुधबार पोखरामा थिम सेमिनार र साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।‘परिष्कृत युवास् सशक्त नेतृत्व’ बिषयमा आयोजना हुने थिम सेमिनारमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र जेनेरेशन जेडका युवा नेतृत्वकर्ता रक्षा वम वक्ताका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा युवाको नेतृत्व विकास, बदलिँदो परिवेशमा युवाको भूमिका तथा युवालाई नेतृत्वमा स्थापित गर्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ। यस्तै, पोखरा जेसीजले अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा ‘साहित्यिक साझ कार्यक्रम’ समेत… पुरा पढौ

इन्जिनियरिङको प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

पोखरा, साउन २६, इन्जिनियरिङ तर्फ स्नातक तह अध्ययनका लागि विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएका विद्यार्थीलाई यहाँस्थित प्रतिभा माविले मंगलबार सम्मान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउन सफल विद्यार्थीको सम्मानमा विद्यालयले मंगलबार कार्यक्रम राखेको थियो । कार्यक्रममा विद्यार्थी सहित उनीहरुका अभिभावकलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रमको विद्यालय संचालन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयका निर्देशक राकेश जोशीले विद्यार्थीको यो… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण (भिडियो सहित)

जया पौडेल,पोखरा, २६ साउन, सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा आयोजना हुने ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ को पूर्व अवसरमा आज (मंगलबार) पोखरा–९ स्थित फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण गरिएको छ । सहारा क्लब पोखराको आयोजना तथा पोखरा महानगरपालिका–९ को समन्वयमा हुने च्यारिटी हाइकिङको प्रचारप्रसारसँगै पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ तथा पुष्परोपण गरिएको क्लवले जनाएको छ । https://www.youtube.com/watch?v=nzVSF82lr5E&t=1558s कार्यक्रममा विभिन्न जातका एक सय भन्दा बढी फूलका बिरुवा रोप्नुका साथै फलफूल तथा अन्य रुखका बिरुवाको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षका लागि ३ जना बुद्धाचार्य, आचार्य र गौतम आकांक्षी, चुनावी सरगर्मी बढ्दो

दीननाथ बराल,पोखरा २५, साउन, पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औं साधारण सभा तथा ३६ औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा अध्यक्ष पदका लागि हालसम्म तीन जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । हालसम्म संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, वाणिज्य उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, अर्जुन पोखरेलको नाम पनि… पुरा पढौ

गण्डकी खेलकुद पदक विवादमा परे पछि छानबिन समिति गठन, दोषी उपर कार्वाही गर्ने मन्त्री गुरुङको चेतावनी, साउन २९ गते भित्र प्रतिवेदन बुझाउने सचिव पौडेलको तयारी

दीननाथ बराल,पोखरा २५, साउन, ‘गण्डकी प्रदेश खेलकुद पदक’ विवादमा परेपछि अन्ततः गण्डकी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्ले पहिलोपटक वितरण गरेको उक्त पदक वितरण प्रक्रिया, छनोट तथा सिफारिस, कार्यविधिको कार्यान्वयन र सार्वजनिक रूपमा उठेका अनियमितता तथा मिलेमतोका आरोपबारे सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा मन्त्रालयका उपसचिव÷प्रवक्ता घनश्याम पौडेल र अधिकृत आठौ तहका कर्मचारी नारायण बास्तोला… पुरा पढौ

पोखरा २२ पुम्दी भुम्दीमा संयुक्त भदौ २० गते तीज गीत प्रतियोगिता हुने

पोखरा, पोखरा महानगरपालिका वडा नं.२२ अन्तर्गत वडा स्तरीय संयुक्त तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ। वडा नं.२२ स्थित शान्ति स्तुप नजिकैको दहरामा आगामी भदौ २० गते शनिबार प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हो। कालिमाटी शान्ति स्तुप टोल विकास संस्था, सृजनशील क्लब तथा कालिमाटी शान्ति स्तुप मोटर बाटो उपभोक्ता समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा वडा नं.२२ का विभिन्न टोलका आमा समूहहरु , आमा–दिदीबहिनी तथा विभिन्न संघसंस्थाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः… पुरा पढौ

पोउवा संघको सचिवालय अगाडि बन्यो चौतारो,रोपियो नारेश्वर

पोखरा, पोखरा उद्योग वाणिज्य संघले पोखरा ४, गैह्रापाटनमा रहेको सचिवालय अगाडि बिश्राम गर्ने चौतारी निर्माण गरेको छ । चौतारीमा आइतबार पोखरा महानगपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले नारेश्वरको विरुवा रोपे । उनले चौतारोको अनावरणसमेत गरे । यसअघि पनि सो ठाउँमा चौतारौ नै रहेको थियो । तर, चौतारोमा रहेको राजवृक्ष सुकेपछि त्यसको पुननिर्माण र नयाँ विरुवा रोपिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले जानकारी दिए । चौतारो निर्माणको अभियानलाई वडा कार्यालय… पुरा पढौ

पोखरामा सोमबार करिब ४ हजार ग्यास सिलिण्डर वितरण हुने केहीको नाम सहित

दीननाथ बराल, पोखरा, २४ साउन, पोखरा क्षेत्रमा भोलि (सोमबार) करिब ४ हजार एलपी ग्यास सिलिण्डर वितरण हुने भएको छ । भारतबाट आइतबारसम्म नयाँ ग्यास बुलेट नेपाल भित्रिन नसकेपछि शक्ति, गृहलक्ष्मी, साई बाबा र भानु ग्यासका गरी करिब ४ हजार सिलिण्डर बजारमा बिक्रि वितरण हुने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनुभयो । आइतबारको तुलनामा सोमबार ग्यासको आपूर्ति करिब आधा घट्ने भएकाले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न प्रशासनले आग्रह गरेको छ । सोमबार गृहलक्ष्मी ग्यासका करिब… पुरा पढौ

This will close in 20 seconds