समाचार

पोखरामा एलपी ग्यास सहज पार्न भोलि (शुक्रबार) देखि खुद्रा पसलबाटै बिक्रि वितरण हुने, स्टोर नगर्न आग्रह

दीननाथ बराल, पोखरा २१, साउन, गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव अब विस्तारै हटाउने रणनीतिमा प्रशासन र व्यावसायीले अधिकृत डिलर र खुद्रा पसलबाट बिक्रि वितरण गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि पोखराका सबै अधिकृत डिलर र खुद्रा बिक्री केन्द्रमार्फत नियमित वितरण गर्ने तयारी गरेसँगै बजारको अवस्था सहज बनाउने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=CXYk9fiHOvg&t=8s उहाँका अनुसार पोखरामा दैनिक ६ हजारदेखि ८ हजार ५… पुरा पढौ

स्टेप वाई स्टेप मा.वि.मा नेपाली भाषा कौशल प्रतियोगिता

पोखरा, साउन २१, स्टेप वाई स्टेप माध्यमिक विद्यालय, मासबार, पोखरामा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूबीच अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूको भाषिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा विद्यालयका चारवटा सदनका चार टिमबाट १६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै आत्मविश्वास वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगितामा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा… पुरा पढौ

कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित

पोखरा, २१ साउन, सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् । फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले नगद २५÷२५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् । स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुमाजूद्वारा स्थापित यो पुरस्कार फोनिजको २७ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले बिहीबार अर्पण गरेको हो… पुरा पढौ

१४ औँ वार्षिकोत्सवमा पोखरा ट्रेड मलको ‘ग्रान्ड फेस्ट २०८३’ यही साउन २२ देखि हुने

पोखरा, साउन २१, पोखरा महानगरपालिका–९, चिप्लेढुङ्गास्थित प्रमुख व्यापारिक केन्द्र पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालि ले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ आयोजना गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत कम्पनीले साउन २२ देखि २४ गतेसम्म विशेष छुट, मनोरञ्जन, सांगीतिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका गतिविधिसहित फेस्टिभल आयोजना गर्न लागेको जनाएको हो। फेस्टिभल अवधिभर मलभित्र रहेका विभिन्न प्रतिष्ठित ब्रान्ड तथा व्यवसायीहरूले ग्राहकका लागि विशेष छुट र आकर्षक सेल अफर उपलब्ध गराउनेछन्। साथै, चर्चित कलाकारहरूको सांगीतिक… पुरा पढौ

मर्दी हिमालमा फसेका ३ युवाको उद्धार हुँदै

दीननाथ बराल,पोखरा, साउन २१, मर्दी हिमाल पदयात्राका क्रममा बाटो बिराएर तीन दिनदेखि अलपत्र परेका पोखराका तीन युवा सकुशल फेला परेका छन्। उनीहरू अहिले मोदी खोलाको किनारमा रहेका छन् भने उद्धार टोली उनीहरूसम्म पुगिसकेको छ। दुवै पक्षबीच प्रत्यक्ष संवाद भइरहेको छ र सुरक्षित स्थानतर्फ ल्याउने अन्तिम तयारी भइरहेको छ । माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीका अनुसार पोखरा महानगरपालिका–१४, खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ साउन १९ गते मर्दी हिमाल पदयात्राका लागि निस्किएका… पुरा पढौ

नेपालमै इजरायली आधुनिक कृषि भित्र्याउने पहल ः पोखराका मेयर धनराज आचार्य र इजरायली राजदूतबीच सहकार्य विस्तारको संकेत

दीननाथ बराल, पोखरा २०, साउन, नेपालमै इजरायलको आधुनिक कृषि प्रविधि भित्र्याउने तथा पर्यटन, प्रविधि, रोजगारी र प्राविधिक ज्ञान आदान–प्रदानलाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित पोखरा महानगरपालिका र इजरायल बीच सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग आज शिष्टाचार भेट गर्दै दुवै पक्षका साझा हितका विविध विषयमा विस्तृत संवाद गर्नु भएको हो । भेटका क्रममा मेयर आचार्यले पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धिका लागि… पुरा पढौ

इजरायलमा नेपालीका लागि थप रोजगारीको अवसर विस्तार गरिने ः राजदूत बास

दीननाथ बराल, पोखरा, साउन २०, नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायलमा नेपाली श्रमिकका लागि थप रोजगारीका अवसर विस्तार गर्न पहल गरिने बताउनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत बासले नेपाली श्रमिकको सीप, दक्षता र श्रमको कदर गर्दै भविष्यमा थप रोजगारीका अवसर सिर्जना गर्न इजरायल सकारात्मक रहेको धारणा राख्नुभएको हो । भेटमा नेपाल–इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । साथै… पुरा पढौ

नवौं स्थापना दिवसमा जिसस कास्कीको निबन्ध प्रतियोगिता

साउन २०,पोखरा, जिल्ला समन्वय समिति कास्कीले आफ्नो नवौं स्थापना दिवसका अबशरमा निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ। कास्की जिल्लाको सन्तुलित बिकासमा जिल्ला समन्वय समितिको भुमिका शिर्षकमा आयोजित निबन्ध प्रतियोगितामा कास्कीका विभिन्न बिद्यालयका कक्षा सातमा अध्ययनरत १२ विद्यार्थीहरूले सहभागीता जनाएका थिए। प्रतियोगितामा मर्निङ स्टार बोर्डिङ स्कुलका सक्षम अधिकारी ले प्रथम स्थान हासिल गरे। त्यसै गरि सृजना मा बि का आयुष पौडेल द्वितीय ,रेन्बो एकेडेमी होम्सका एन्जि भुजेल तृतीय ,र बिन्देश्वरी मा। बि।पोखरा १९ का एलिया अधिकारीले सान्त्वना स्थान प्राप्त गरे। उनीहरुले क्रमश… पुरा पढौ

गण्डकी खेलकुद परिषद्को पदक वितरण विवादमा, सिफारिस समिति र परिषद्को मतभेद

दीननाथ बराल,पोखरा, साउन २०, गण्डकी प्रदेश खेलकुद परिषद्ले गत असार ३० गते वितरण गरेको ‘प्रदेश खेलकुद पदक’ प्रक्रिया विवादमा परेको छ । पदक वितरणमा सिफारिस समितिको निर्णयविना पुरस्कार प्रदान गरिएको, सिफारिस समितिकै सदस्य तथा पदाधिकारीहरूलाई पुरस्कार दिइएको र प्रक्रियागत पारदर्शिता कायम नगरिएको आरोप उठेपछि खेलकुद क्षेत्रका सरोकारवालाबीच प्रश्नहरू उठ्न थालेका छन्। यद्यपि परिषद्ले भने सिफारिस समितिको सिफारिस र बोर्डको निर्णयअनुसार नै पदक वितरण गरिएको दाबी गरेको छ । परिषद्ले खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानमा ‘न्यूरो आर्ट’ कार्यशाला, भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै

पोखरा २० साउन, गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा ‘स्नायू स्वास्थ्य (न्यूरो आर्ट) कार्यशाला’ आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यूरो आर्टमार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा जोड दिइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले न्यूरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने प्रभावकारी माध्यम भएको बताइन्। उनले यस्ता कार्यक्रमले… पुरा पढौ

This will close in 20 seconds