पुम्दी भुम्दी बिकास समाजको प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न अध्यक्षमा तारानाथ पौडेल

-


     पोखरा क्लिक     
     असाेज २५ गते २०८३ मा प्रकाशित


असोज २५ ,पोखरा,

पोखरा महानगर पालिका वडा न २२ स्थित पुम्दी भुम्दी बिकास समाजको प्रथम साधारण सभा तथा अधिबेशन आइतबार सम्पन्न भएको छ। अधिबेशनले तारानाथ पौडेल को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

त्यसैगरी उपाध्यक्षमा राम काजी गुरुङ ,सचिव नरनाथ बराल,सह सचिव धुर्ब बराल,कोषाध्यक्ष लक्ष्मी देबि बराल, चयन हुनुभएको छ । सदस्य हरुमा वीर बहादुर गुरुङ ,अप्सरा बराल,मधु प्रसाद बराल,दिनेश बराल,सुर्य प्रसाद बराल,दुर्गा प्रसाद गुरुङ ,साबित्रा पौडेल ,लोक बहादुर गुरुङ सर्बसम्मत निर्बाचित हुभएको छ भने दुई सदस्य पछि मनोनीत हुनेछन।

सो अधिबेशनको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। प्रमुख पौडेलले पोखरा को महत्त्वपूर्ण केन्द्रको रूपमा बिकसित हुँदै गरेको पोखरा २२ पुम्दिभुम्दी क्षेत्रको बिकास अगुवाईमा समाजले महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरेको भन्दै समग्र वडालाइ समृद्धिको बाटोमा अगाडी बढाउने कार्यमा समाजको भुमिका कोषेढुङ्गा हुने बिश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्रस्टा समाजका अध्यक्ष गोबिन्द बराल , कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल ,सक्रिय महिला बिकासका पूर्ब अध्यक्ष बुद्धिमाया गुरुङ ,यातायात ब्यबसायी महासंघका केन्द्रिय उप( महासचिव भानुभक्त बराल ,समाजसेवी केशब पौडेल , लिलादत्त बराल , डा।भिमराज बराल गोबिन्द बराल सहितले शुभकामना व्यक्त गर्नुभएको थियो। समाजका तदर्थ समितिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष याम बहादुर गुरुङले र संचालन शुक्रराज मा बि का प्रधानाध्यापक नरनाथ बरालले गर्नुभएको थियो।



This will close in 20 seconds