समाचार

भारतका विभिन्न ब्राण्डका कुर्था सुरुवाल पोखरा ट्रेड मलको दोश्रो तलामा रहेको बीपी एथेनिक वेयरले बिक्रि वितरण गर्दै

पोखरा, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा पोखराको ठुलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलमा रहेको बीपी एथेनिक वेयरको आज (आइतबार) एक समारोहका बिच उद्घाटन गरीएको छ । कल्पु कलेक्सन चितवनकी संचालक ‎कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल, समाजसेवी शान्ति गिरी ले संयुक्त रुपमा रिवन काटेर उक्त पसलको शुभारम्भ गर्नु भएको हो । https://www.youtube.com/watch?v=mgbH4MJKV2g&t=25s कल्पु कलेक्सनकी संचालक खड्काले पोखराको ट्रेड मलमा संचालनमा आएको यस पसलमा युवतीहरुको आकर्षण हुने दाबी गर्नुभयो । भारतका ब्राण्डेड तथा फेसेनेवल कपडाको लागि बीपी एथेनिक… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता

पोखरा, ६ भदौपोखरामा विगत लामो समयदेखि क्रियाशील नेपाली भाषा शिक्षक परिषद् नेपाली भाषाको उन्नयनका लागि ू भाषा सभ्यताको संवाहक हो ू भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाली भाषा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। कहिले नेपाली भाषा शिक्षकहरूका लागि त कहिले विभिन्न तहका विद्यार्थीहरूका लागि कार्यक्रम गर्दै आइरहेको छ । त्यस्तै क्रममा शनिवार पोखरा महानगरपालिका वडा नं।४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आधारभूत तहको कक्षा ५ कक्षा सम्मका विद्यार्थीहरू बिच नेपाली श्रुतिलेखन प्रतियोगिता सम्पन्न गरेको छ । परिषद्का… पुरा पढौ

पोखरा ट्रेड मलमा रहेको जिजी पोखरामा तीजलाई लक्षित गर्दै चिनियाँ ब्रान्डका फेसनेबल पहिरनमा २0 प्रतिशत छुट

पोखरा, पोखरामा महिलाहरूका लागि आधुनिक, आकर्षक तथा फरक शैलीका पहिरन उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको जिजी पोखराको उद्घाटन आइतबार हुने भएको छ। पोखरा ट्रेड मलको दोस्रो तलामा रहेको जिजीले विशेषगरी फेमिनिन, एलिगेन्ट तथा टाइमलेस फेसन मन पराउने युवती तथा महिलालाई लक्षित गरी विभिन्न डिजाइनका पहिरन तथा फेसन सामग्री उपलब्ध गराउँदै आएको छ। युरोपेली तथा फ्रेन्च फेसनबाट प्रेरित आधुनिक शैलीलाई नेपाली महिलाको रुचि, आवश्यकता र जीवनशैलीअनुसार प्रस्तुत गर्ने उद्देश्यले जिजी सञ्चालनमा ल्याइएको सञ्चालक जीवन पुरीले बताउनुभयो। पुरीका अनुसार जिजी केही समयदेखि… पुरा पढौ

तेस्रो पर्वतीय खुला दौडको तयारीस्वरूप हाइकिङ सम्पन्न, रानीवनमा व्यवस्थित पैदलमार्ग निर्माण हुने (भिडियो सहित)

पोखरा ६, भदौं, तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको पूर्वतयारी तथा पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको ८ किलोमिटर हाइकिङ पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क ड्यामसाइडबाट सुरु भई रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’मा पुगेर समापन भएको थियो । https://www.youtube.com/watch?v=-uJ47NrIpk4&t=13s कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन विकास तथा… पुरा पढौ

दिगो पर्यटन विकासमा होटल संघको अग्रसरता

पोखरा, ५ भदौ, होटल संघ पोखरा नेपालको आयोजना तथा स्वीस कन्ट्याक्ट र युनाईटेड कम्युनिटी नेपालको प्राविधिक सहयोगमा शुक्रबार पोखरामा दिगो पर्यटन विकास सम्बन्धि एक कार्यक्रम सम्पन्न भएको छ । डेभलपिङ इन्क्लिुसिभ एण्ड ग्रिन अपरच्युनिटी ९डिगो० हस्पिटालिटी एक्स्चेञ्ज २०२६ नाम दिएर यो कार्यक्रम आयोजना गरिएको हो । दिगो पर्यटन विकासका लागि होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । होटल क्षेत्रमा पानीको उचित सदुपयोग, फोहोरको पुनः प्रयोग तथा दिगो व्यवस्थापन र उर्जाको… पुरा पढौ

कास्कीका स्थानीय तहहरूको बार्षिक समिक्षा

पोखरा ,भदौ ५, जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक बर्ष २०८२(८३ को बार्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले उद्घाटन गर्नु भएको थियो । पहारीले नेपालको संविधानले ब्यबस्था गरेका तीन तहका सरकारहरू बिच प्रभाबकारी समन्वय र सहजीकरणमा जिसस कास्कीको भुमिका प्रसम्सनिय भएको उल्लेख गर्दै योजनाको छनोट र कार्यान्वयनका लागि स्पस्ट कानुनी र ब्यबस्थित संरचना निर्माण जरुरी देखिएको उल्लेख गर्नुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले… पुरा पढौ

पोखराको फिस्टेल एकेडेमीमा फिस्टेल मोडल युनाइटेड नेसन्स सुरुवात

पोखरा, पोखरास्थित फिस्टेल एकेडेमी ९आईबी वल्र्ड स्कुल० मा फिस्टेल मोडल युनाइटेड नेसन्स सुरु भएको छ । तीन दिन सम्म फिस्टेल एकेडेमीमा आयोजना हुने उक्त कार्यक्रमको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले उद्घाटन गरे । सो अवसरमा वोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले विद्यालयले आयोजना गरेको फिस्टेल मोडल युनाइटेड नेसन्स कार्यक्रमले विद्यार्थीहरुलाई सिकाईप्रति थप जिम्मेवार बनाउने बताए । वर्तमान समयका विद्यार्थीहरुले एक्काइसौं शताब्दीका चुनौतीबाट बुझेर तिनको समाधानमा अग्रसर हुनुपर्नेमा उनको जोड रहेको थियो । आगामी आइतबार सम्म सञ्चालन हुने उक्त कार्यक्रममा पोखरा… पुरा पढौ

संसदीय खुलापनबारे विद्यार्थीलाई अभिमुखीकरण

पोखरा, ५ भदौ, पोखराका विद्यार्थीले संसदीय खुलापन र अभ्यासका विषयमा जानकारी लिएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार यस विषयमा अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम गरिएको हो । युवा लक्षित संसदीय पहुँच कार्यक्रमअन्तर्गत भएको यो कार्यक्रममा पोखराका विभिन्न विद्यालयका ८० जनाभन्दा बढी विद्यार्थी सहभागी थिए । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर गैह्रापाटन र गण्डकी प्रदेश सभा सचिवालयको सहकार्यमा यो कार्यक्रम भएको हो । प्रदेश सभा सचिवालयका कानुन अधिकृत रामबहादुर थापाले संसदीय खुलापन र अभ्यासका बारेमा विद्यार्थीलाई अभिमुखीकरण गराए ।… पुरा पढौ

चेतक सी ३५०३ र सी २५०१ पोखरामा सार्वजनिक (भिडियो सहित), बजाजले विस्तार गर्यो विद्युतीय स्कुटरको दायरा

दीननाथ बराल,पोखरा ५ भदौं, बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीसाधनको दायरा विस्तार गर्दै चेतकका दुई नयाँ विद्युतीय स्कुटर सी ३५०३ र सी२५०१ पोखरामा सार्वजनिक गरेको छ । नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा नयाँ मोडलहरू पोखराको नयाँबजारस्थित इच्छाशक्ति अटोमोबाइल्स प्रालिमा शुक्रबार आयोजित समारोहबीच सार्वजनिक गरेको हो । https://www.youtube.com/watch?v=a4yBWGU2aTM&t=104s कार्यक्रममा इच्छाशक्ति अटोमोबाइल्सका अध्यक्ष इच्छामान बुद्धाचार्य, प्रबन्ध निर्देशक आघोषमान बुद्धाचार्य, सञ्चालक गङ्गा बुद्धाचार्य, सुभेच्छा गुभाजु र अभिप्शा बुद्धाचार्यले संयुक्त रूपमा नयाँ चेतक स्कुटरको अनावरण गर्नुभयो… पुरा पढौ

पर्यटनको राजधानी पोखरा हुँदै प्रधानमन्त्री गाउँको अन्नपूर्ण इको भिलेजमा बास बस्दै, शनिबार मुस्ताङ जाने

दीननाथ बराल,पोखरा, ५ भदौ, पर्यटनको राजधानी पोखरा निजी भ्रमणमा आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बस्नुभएको छ। प्रधानमन्त्री शाह शुक्रबार दिउँसो श्रीमती सविना काफ्ले र छोरीसहित निजी गाडीमा सडकमार्ग हुँदै पोखरा आउनुभएको हो। पोखरा आइपुगेपछि प्रधानमन्त्री शाह स्थलमार्गबाटै अस्ताम पुग्नुभएको हो। ग्रामीण परिवेशमा रहेको इको भिलेजबाट मौसम खुलेका बेला अन्नपूर्ण हिमशृंखलासँगै पोखराको हेमजा बजार र आसपासका मनोरम दृश्य देख्न सकिन्छ। शान्त र प्राकृतिक वातावरणमा रहेको यो स्थानमा प्रधानमन्त्री शाहले पारिवारिक समय बिताउने बताइएको… पुरा पढौ

This will close in 20 seconds