समाचार

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

पोखरा, १६ भदौ, कस्केली अधिकृत समाजले भोटेकोशी नदीमा आएको बाढीका कारण पीडितहरूका लागि राहतस्वरुप ५१ हजार १११ रुपैयाँ सहयोगार्थ प्रदान गर्ने निर्णय गरेको छ । समाजको सोमबार सम्पन्न कार्य समितिको बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनका जिल्लाहरूमा भएको अकल्पनीय क्षति प्रति दुःख व्यक्त गर्दै बाढी पीडितहरूका लागि समाजका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग स्वरुप जम्मा गर्ने निर्णय गरेको सचिव महेश पौडेलले जानकारी दिनुभयो । समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा बसेको बैठकले बाढीका कारण ज्यान… पुरा पढौ

बाढी प्रभावितका लागि विश्वकर्मा समाज नेपालद्वारा २५ हजार रुपैयाँ सहयोग

पोखरा, देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भइरहेका बेला विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि गरेको आह्वानलाई आत्मसात् गर्दै समाजले उक्त रकम सहयोग गरेको समाजले जनाएको छ । विश्वकर्मा समाज नेपालका केन्द्रीय अध्यक्ष बेलबहादुर विश्वकर्माले बाढी तथा विपद्का कारण प्रभावित भएका… पुरा पढौ

नेपाल आमा रोइरहेका बेला नागरिक समाज कास्कीको साथः सदस्यहरूबाट ५१ हजार सहयोग

पोखरा, प्राकृतिक विपत्तिले देशका विभिन्न ठाउँमा जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको दुःखमा साथ दिन नागरिक समाज कास्कीका सदस्यहरूले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। विपद्को यस दुःखद् घडीमा राज्य र पीडित नागरिकलाई आफूहरूको तर्फबाट समेत केही साथ होस् भन्ने उद्देश्यले नागरिक समाज कास्कीका सदस्यहरूले आफ्नो हैसियत अनुसार रकम संकलन गरी सहयोग गरेको नागरिक समाज कास्कीका अगुवा तथा सामाजिक अभियन्ता रामबहादुर पौडेलले पोखराक्लिकलाई बताए। विपद्का बेला प्रत्येक नागरिकले आफ्नो क्षमता र हैसियतअनुसार योगदान गर्न सक्छ भन्ने सन्देश दिन रकम सार्वजनिक… पुरा पढौ

पोखराका रेष्टुरेन्ट व्यवसायी, रेवान पोखरा, पदाधिकारी र सदस्यको सहकार्यमा १२ लाख राहत कोषमा

दीननाथ बराल, पोखरा १६, भदौं, रसुवा, भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख २७ हजार ७ सय ७६ रुपैया सहयोग गरेको छ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेल सहितको टोलीले आज (मंगलबार) कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकम बराबरको भौचर हस्तान्तरण गर्नु भएको हो । संस्थाको सामाजिक उत्तरदायित्वको भावना सहित रेबान पोखरासँग आबद्ध रेष्टुरेन्ट तथा क्याफे व्यवसायी, संस्थाका पदाधिकारी र सदस्यहरूको सहकार्यमा रकम… पुरा पढौ

विपदमा पोखराको उदाहरणीय साथ ः नारायण पौडेल नेतृत्वका संस्थाबाट ४१ लाख ११ हजार राहत कोषमा

पोखरा, भोटेकोशी नदीमा आएको आकस्मिक विनाशकारी बाढीले देशभर ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला पोखराका सामाजिक तथा व्यावसायिक संस्थाहरूले विपद्मा परेका नागरिकको पीडामा मलम लगाउने प्रयास गरेका छन्। अग्रज व्यवसायी मनका धनि नारायण पौडेल नेतृत्वका अटोवेज प्रा.लि.परिवार, प्रतिभा माध्यमिक विद्यालय पोखरा र गोविन्द–कलावती फाउन्डेसनले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुल ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । बाढीबाट प्रभावित नागरिकको… पुरा पढौ

बैठक भत्ता सहयोग गर्दै जिल्ला खेलकुद विकास समिति कास्कीबाट राहत कोषमा एक लाख सहयोग

पोखरा, जिल्ला खेलकुद विकास समिति कास्कीले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ । समितिका अध्यक्ष मिलन गुरुङ सहितको टोलीले आव (मंगलबार) कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई राहत रकम जम्मा गरिएको भौचर हस्तान्तरण गरेको हो । समितिका अध्यक्ष गुरुङका अनुसार पदाधिकारी तथा सदस्यहरूबीचको सहमतिअनुसार समितिको एक वर्षको सम्पूर्ण बैठकबाट प्राप्त हुने बैठक भत्ता रकम राहतका लागि सहयोग गर्ने निर्णय गरिएको हो। सोही निर्णयअनुसार बैठक भत्ताबाट प्राप्त रकमलाई बाढी प्रभावितको सहयोगमा… पुरा पढौ

कास्कीलाइ पूर्ण मानव अधिकार प्रत्याभुत जिल्ला निर्माण गरौ जिसस कास्की प्रमुख पौडेल

भाद्र १६ ,पोखरा, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत जिल्ला बनाउन आव्हान गर्नुभएको छ । प्रमुख पौडेलले सो कुरा मानव अधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना (आ.ब.२०८३र८४)२०८७र८८० कार्ययोजना कार्यान्वयन समन्वय बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो। कास्कीमा मानव अधिकार उल्लंघन र हननका कुरा बढिरहेको कुरा तर्फ इङ्गित गर्दै मानव अधिकारको पूर्ण पालनामा स्थानिय तहहरूले विशेष नीति र कार्यान्वयनको योजना बनाउन आग्रह गर्दै सो को लागि बिशेश बजेटको ब्यबस्था गर्न आग्रह गर्नुभयो । एउटै… पुरा पढौ

आदर्श युवा क्लबद्वारा रसुवा बाढी पीडितलाई चार लाख सहयोग

लेखनाथ, १६ भदौ, गत भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले चार लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको छ। क्लबले आफूले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्येबाट उक्त राशि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मंगलबार आयोजित राहत रकम घोषणा कार्यक्रममा क्लबका अध्यक्ष पदम गुरुङले वडा सदस्य निर्मला पौडेलको रोहबरमा सहयोग रकम घोषणा गरेका थिए । क्लबले विगतमा तीजका अवसरमा दर खुवाउने कार्यक्रम गर्दै आए… पुरा पढौ

पोखरा जाभा कफीले ५ दिनको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै

पोखरा, १६ भदौ, पोखरा जाभा कफी हाउसले पाँच दिनको सम्पूर्ण बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दैछ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कफी हाउसले यस्तो अभियान सञ्चालन गरेको हो। पोखरा जाभाले भदौ १४ देखि १८ गतेसम्म सञ्चालन गर्ने अभियानअन्तर्गत पाँच दिनमा बिक्री हुने सबै सामग्रीको बिल बराबरको रकम सिधै सरकारी कोषमा जम्मा हुने व्यवस्था मिलाएको संचालक एवं पर्यटन व्यवसायी ममता न्यौपाने तथा एकराज न्यौपानेले बताउनु भयो । अभियानमा ग्राहकले बिल भुक्तानी… पुरा पढौ

बाढीपीडितका लागि राहत जुटाउँदै सांसद पौडेल, २६ लाख बराबरको सामग्री संकलन

पोखरा, बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री जुटाउने अभियानलाई तीव्रता दिँदै सांसद उत्तम पौडेलले करिब २६ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गर्नुभएको छ। गृहलक्ष्मी ग्यास कम्पनीका अध्यक्ष धर्मराज बतौलाको पहलमा बाढीपीडितका लागि ५०० बोरा चामलसहित लत्ताकपडा, चाउचाउ, बिस्कुट, म्याट्रेसलगायतका अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको छ। उक्त राहत सामग्री सांसद पौडेललाई हस्तान्तरण गरिएको हो। गृहलक्ष्मी ग्यास कम्पनीकी मुख्य डिलर शुभ चेरिस्मा प्रा.लि.का संचालक सीता बराल सहितको टोलीले राहत सामग्री सांसद पौडेललाई हस्तान्तरण गरेको जनाएको छ। राहत सामग्री सहयोग… पुरा पढौ

This will close in 20 seconds