पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघको अध्यक्षमा होमविलास सापकोटा निर्विरोध निर्वाचित

-


     पोखरा क्लिक     
     मंसिर ६ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघको १३औँ अधिवेशन तथा २६औँ वार्षिक साधारण सभाबाट होमविलास सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जनकराज सुवेदी, उपाध्यक्षमा तीर्थराज देवकोटा, महासचिवमा दुर्गानाथ लामिछाने, कोषाध्यक्षमा बुद्धिबहादुर थापा र सचिवमा विदुर बी.सी. निर्विरोध निर्वाचित हुनुभएको हो। त्यसैगरी कार्यसमिति सदस्यहरूमा अर्जुन त्रिपाठी, धनबहादुर झिँडी, नवीन रोक्का, दिलीप श्रेष्ठ, अमिस गौतम र भोजबहादुर नेपाली निर्वाचित हुनुभएको छ।

निर्विरोध निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। नयाँ कार्यसमितिले पोखराका इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन, आपसी एकता र सहकार्यलाई मजबुत बनाउँदै संघलाई थप सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास लिइएको छ।