पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं.३ मा भोलि असोज १३ गते हुने अधिवेशनको पूर्वसन्ध्यामा युवा नेता मौसम कार्कीले कुनै समूह वा गुटको उम्मेदवार नभई स्वतन्त्र ढंगले प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। आइतबार आयोजित उद्घाटन तथा उम्मेदवारी दर्ता कार्यक्रमसँगै कार्कीले क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट र संवाद तीव्र बनाएका छन्। मतदातासँगको भेटमा उनले गुटगत समीकरणभन्दा क्षमता, योगदान, विचार र स्वच्छ प्रतिस्पर्धालाई आफ्नो उम्मेदवारीको आधार बनाएको बताएका हुन्। “म पार्टीभित्र छु, तर गुटको उम्मेदवार होइन। मेरो प्रतिबद्धता कांग्रेसको विचार, संगठन र कार्यकर्ताप्रति हो,”…
पुरा पढौ