समाचार

पाहुना टोली भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा चारै खेलमा पराजित

दीननाथ बराल, पोखरा, १६ असोज, नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा खेलेका चारवटै अभ्यास खेलमा पराजित भएको छ । नेपाल भ्रमणअन्तर्गत शुक्रबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न अन्तिम अभ्यास खेलमा क्यान–११ ले भुटानलाई १०४ रनले पराजित गरेसँगै भुटानको भ्रमण चार खेलमा पराजित भएसंगै टुंगिएको छ । १७७ रनको लक्ष्य पछ्याएको भुटानको टोली १७.३ ओभरमा ७२ रनमै समेटियो । भुटानका लागि सोनाम चोपेल र आनन्द मोंगरले समान १५ रनको योगदान दिए । क्यान–११ का बिपिन शर्माले उत्कृष्ट बलिङ गर्नुभयो… पुरा पढौ

पोखरा र उत्तरपूर्वी भारतबीच पर्यटक आदान प्रदानका लागि सहकार्य प्रस्ताव

पोखरा, नेपाल र भारतबीच रहँदै आएको पुरानो सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन व्यवसायसँग जोड्दै पोखरा र उत्तरपूर्वी भारतबीच पर्यटक आदानप्रदानका लागि सहकार्य गर्न पोखरेली पर्यटन व्यवसायीले प्रस्ताव गरेका छन्। दुवै क्षेत्रका पर्यटन व्यवसायीबीच सहकार्य र समझदारी कायम गरी एकअर्काको गन्तव्यमा पर्यटक पठाउन सके पर्यटन व्यवसायबाट दुवै पक्षले लाभ लिन सक्ने उनीहरूको भनाइ छ। गण्डकी प्रदेश होटल संघका अध्यक्ष हरि शर्मा गैह्रेको पहलमा पोखरा आएका उत्तरपूर्वी भारतीय पर्यटन महासंघ (ईस्ट इन्डियन टुरिस्ट कन्फडरेसन–एनईआईटीसी) का २४ जना प्रतिनिधिसँग शुक्रबार पोखरामा सामूहिक छलफल… पुरा पढौ

पर्वतीय दौडलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक रूपमा मजबुत बनाउन खेल संघसंस्थाको आग्रह

पोखरा १६, असोज, पोखरामा आयोजना हुने तेस्रो संस्करणको पुम्दी भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक रूपमा थप मजबुत बनाउन खेल संघसंस्थाका प्रतिनिधिहरूले आग्रह गरेका छन् । पोखरामा शुक्रबार आयोजित खेल संघ संस्था सहितका सरोकारवालासंगको छलफल कार्यक्रममा सहभागिहरुले प्रतियोगिता सफल बनाउन आवश्यक प्राविधिक तथा अन्य सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा आगामी असोज २४ गते शनिबार पोखरामा प्रतियोगिता आयोजना हुँदैछ । पोखराको पर्यटनसँगै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले… पुरा पढौ

कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापतिमा सरोज केसी निर्वाचित

पोखरा, १६ असोज, नेपाली कांग्रेसका युवा नेता सरोज केसी कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा केसीले आफ्ना निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले पराजित गर्दै क्षेत्रीय सभापतिको जिम्मेवारी हात पार्नुभएको हो। कुल ९ सय ७० मत खसेको निर्वाचनमा केसीले ४ सय ७२ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी गुरुङले ४ सय ११ मत प्राप्त गर्दा सभापतिका अर्की उम्मेदवार अप्सरा श्रेष्ठले ७० मत प्राप्त गर्नुभएको छ। दुई दिनअघि भएको मतदानको मतगणना… पुरा पढौ

पोखरामा ‘टीभीएस दसैँ मेगा एक्सचेन्ज इभेन्ट’ हुँदै, १० लाखसम्म नगद छुट

पोखरा, नेपालीहरूको महान् पर्व दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै पोखरामा ‘टीभीएस दसैँ मेगा एक्सचेन्ज इभेन्ट’ आयोजना हुने भएको छ। पोखराका ग्राहकलाई लक्षित गरी असोज १८ गतेदेखि २६ गतेसम्म अमरसिंह चौरमा एक्सचेन्ज मेला आयोजना गर्न लागिएको हो। नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको पोखरास्थित आधिकारिक डिलर स्क्वायर मोटर्स प्रा.लि. ले मेला आयोजना गर्न लागेको हो। कम्पनीले आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत मेलाको तयारी तथा ग्राहकका लागि ल्याइएका विभिन्न अफरबारे जानकारी दिएको हो। मेलामा टीभीएसका कुनै पनि… पुरा पढौ

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

लेखनाथ, बेगनास ताल किनारमा आयोजना हुन लागेको छैठौं संस्करणको बेगनास फिस फेस्टिभल सफल बनाउन लेखनाथका विभिन्न संघसंस्था तथा स्थानीय अगुवाहरूले साथ, सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका छन् । तयारीका क्रममा आयोजित भेलामा वक्ताहरूले पर्यटन प्रवद्र्धन, सरसफाइ, जनशक्ति परिचालन, झाँकी ¥याली, मत्स्य प्रवद्र्धन र व्यवस्थापनमा सहकार्य गर्ने बताएका हुन् । होटल एण्ड रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा आगामी कार्तिकको १३ देखि २३ गते सम्म बेगनासताल किनारमा छैठौं संस्करणको बेगनास फिस फेस्टिभलको आयोजना हुँदैछ । शुक्रबार आयोजित भेलामा बोल्दै रामटोल नमुना आमा… पुरा पढौ

गोनेसा नेपालको २४ औं साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न गैर सरकारी संस्थाहरू राष्ट्रको समृद्धिका सहयात्री जिसस प्रमुख पौडेल

पोखरा ,असोज १६, मानवताको लागि मिलेर सेवा गरौंू भन्ने मुलनाराका साथ स्थापित बालबालिकाको क्षेत्रमा कृयाशिल सामाजिक संस्था असल छिमेकी सहयोग संघ ९गोनेसा० नेपाल पोखराको औं साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम २०८३ असोज १६ गते पोखरा सम्पन्न भएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सामाजिक संघ संस्थाहरू राष्ट्रको समृद्धिका सहयात्री रहेको बताउनु भयो । प्रमुख पौडेलले गैरसरकारी संस्थाहरूले नेपालको विकासको निम्ति खेलेको भूमिका अतुलनीय रहेको र गैससहरू पार्दशिता, जवाफदेहीतामा अब्बल हुन आग्रह गर्नु भयो ।… पुरा पढौ

बेगनासमा तिहार पर्वको अवसरमा छैटौँ माछा महोत्सव हुँने तयारी

दीननाथ बराल, पोखरा १५, असोज, तिहार पर्वको अवसरमा पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा आगामी कार्तिक दोश्रो साता छैटौँ बेगनास माछा महोत्सव (फिस फेस्टिबल)–२०८३ हुने भएको छ । होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथको आयोजनामा कार्तिक १३ देखि २३ गतेसम्म उक्त महोत्सव हुने भएको एसोसियसनका अध्यक्ष सुरेश लामिछानेले पोखराक्लिकलाई बताउनु भयो । “बेगनासताल र आसपासका पर्यटकीय गन्तव्यलाई चिनाउँदै यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनाउने हाम्रो मुख्य उद्देश्य हो । पर्यटन व्यवसायलाई यस क्षेत्रको प्रमुख आर्थिक स्रोतका रूपमा विकास गर्दै स्थानीयस्तरमा… पुरा पढौ

भुटानको पोखरामा लगातार तेश्रो हार विपिन खत्रीको अर्धशतकसँगै उत्कृष्ट बलिङ

दीननाथ बराल, पोखरा १५, असोज नेपाल भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली पोखरामा लगातार तेश्रो हार व्यहोरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ११ संग पनि भुटानको टोली विहिबारको खेलमा पराजित भएको छ । आईसीसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि पोखरा आएको भुटानी टोली गण्डकी क्रिकेट संघसंग लगातार दुई खेलमा पराजित भएसंगै आज क्यान ११ संग पनि १३ रनले पराजित भएको हो । पोखरामा बिहीबार सम्पन्न रोमाञ्चक टी–२० अभ्यास खेलमा क्यान–११ ले दिएको १२४ रनको… पुरा पढौ

पत्रकार धौलागिरि, दहाल र शर्माका पाँच पुस्तक सार्वजनिक

काठमाडौँ, १५ असोज । म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँचवटा पुस्तक बिहीबार काठमाडौँमा सार्वजनिक भएका छन्। सेफर्ड कलेजमा आयोजित कार्यक्रममा मुद्रण सञ्चारमाध्यमसँग सम्बन्धित चारवटा तथा मिडिया अनुसन्धानसम्बन्धी एक पुस्तक गरी पाँच पुस्तक सार्वजनिक गरिएको हो। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मिडिया टेक्नोलोजीमा स्नातक र स्नातकोत्तर तहको अध्यापन हुने एकमात्र क्याम्पसका रूपमा रहेको सेफर्ड कलेजले यसअघि विश्वविद्यालयको पाठ्यक्रममा आधारित दुईवटा पुस्तक सार्वजनिक गरिसकेको सहायक क्याम्पस प्रमुख प्रेम पुनथोकीले जानकारी दिनुभयो। विद्यार्थीलाई समयमै गुणस्तरीय पाठ्यपुस्तक उपलब्ध गराउने तथा सहभागितामूलक सिकाइ… पुरा पढौ

This will close in 20 seconds