
पोखरा, ६ मंसिर,
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पोखरा–२९, भण्डारढिकस्थित आदर्श हार्डवेयरले आर्थिक सहयोग गरेको छ । हार्डवेयरको १५औँ वार्षिकोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अक्षयकोषमा नगद २५ हजार १५ रुपैयाँ सहयोग गरिएको हो ।
हार्डवयरका सञ्चालक अर्जुन गुरुङ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अक्षयकोष सहयोगदाता गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत फोटो पत्रकारको हितका लागि अक्षयकोषमा सहयोग गरेको बताए । एनपिजेए कास्की अध्यक्ष राम गुरुङले फोटो पत्रकार रानालाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरुबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।





